सरस्वतीको पूजा आरधाना गर्दै पोखरा क्षेत्रमा पनि मनाइयो बसन्त पञ्चमी पर्व

-


     पोखरा क्लिक     
     फागुन २ गते २०८० मा प्रकाशित



पोखरा २, माघ

वसन्त पञ्चमी९श्रीपञ्चमी० पर्वको अवसरमा बिद्या खानी सरस्वती माताको पूजा आरधाना गर्दै पोखरा क्षेत्रमा पनि बसन्त पञ्चमी पर्व मनाइएको छ । सरस्वती मन्दिरहरुमा पुजा आज गनृको लागि बुधबार बिहानै देखि बिद्यार्थीहरुको भिडभाड भएको थियो ।

पोखरा क्षेत्रका सरस्वती मन्दिरहरुमा पूजा गर्न प्राय गरी बिद्यार्थीहरुको बढी भिडभाड भएको थियो ।
यसैबिच विभिन्न बिद्यालयहरुले यस पर्वलाई बिद्यालयमै मनाएका छन्। यसैबिच, माउन्ट अन्नपूर्ण मा।वि। भि सि मार्ग नदीपुरमा सरस्वतीको विधिवत पूजा अर्चना गरी बाल बालिकाहरुलाई अक्षरारम्भ गराइएको छ।

उक्त कार्यक्रममा आजको शिक्षा प्रणाली बालमनोविज्ञानमा आधारित हुनुपर्ने विषयमा दुई मत नभएको भन्दै विद्यालयले बालमनोविज्ञानमा आधारित आधुनिक शिक्षा प्रणालीमा विशेष जोड दिइरहेको बिचार विद्यालयका प्राचार्य सइन्द्र श्रेष्ठले राख्नुभयो।विधालय सञ्चालक समितिका अध्यक्ष एस। पि। प्रधानाङ्ग,पूर्व अध्यक्ष चिजकाजी गुरुङ, शैक्षिक निर्देशक अशोक श्रेष्ठ, प्रशासक चित्र गुरुङ आदिले पनि कार्यक्रममा सहभागिता जनाउनुभएको थियो।

विद्यालयका शिक्षक, कर्मचारी,अभिभावक साथै स्थानीय व्यक्तित्वको पनि बाक्लो उपस्थितिमा पूजा आरधना सम्पन्न गरिएको थियो। पूजामा विद्यालयका प्रमुख लेखापाल नवराज पौडेलले कर्ताको रूपमा बसी पूजा अर्चना पछि विद्यार्थी भाइबहिनीलाई टीका, प्रसाद प्रदान गर्नुभएको थियो।