
पोखरा २, फागुन
पोखराको ड्याम साइड क्लवको आयोजनामा पोखरामा जारी अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता २०८० अन्र्तगत आज (बुधबार) प्रि—क्वाटरफाइनलका ४ वटा खेल सम्पन्न भएका छन् । पोखरा ड्याम साइड स्थित गण्डकी प्रदेश प्रहरी गणको खेल मैदानमा बुधबारको खेलमा पार्दी मावि, शान्ति निकुन्ज, शिशु कल्याण र फिस्टेल एकेडेमीले जित हासिल गर्दै क्वाटरफाइनलमा यात्रा बनाएका छन्।

बुधबार भएको पहिलो खेलमा पार्दी माविले जानकी माविलाई १—० को अन्तरले पराजित गरेको हो । पार्दीको जितमा लोक बहादुर गुरुङले एक गोलको योगदान दिए । खेलमा पार्दीका संजोग परियार म्यान अफ दी म्याच घोषित भए । दोश्रो खेलमा शान्ति निकुञ्ज स्कुलले हिमालयन वोर्डिङ स्कुललाई ३—० को अन्तरले पराजित गर्यो । शान्ति निकुन्जको जितमा म्याद अफ दी म्याच घोषित इन्द्र बहादुर बि.के., गोलरक्षक आसिक गुरुङ र विश्वास गुरुङले एक÷एक गोलको योगदान दिए ।
प्रतियोगितामा ढुंगेसाँघु बोर्डिङ स्कुलले सहज जित दर्ता गर्यो । एस.ओ.एस. हर्मन माइनर स्कुल प्रतियोगितामा सहभागि नभए पछि वाक ओभरमा ढुंगेसाँघुले सहज जित हात पार्न सफल भएको हो ।

अर्को खेलमा शिशु कल्याण बोर्डिङ स्कुलले ओम एकेडेमीलाई ५—० को फराकिलो गोल अन्तरले पराजित गरेको हो । शिशु कल्याणको जितमा म्यान अफ दी म्याच घोषित सोहन आले मगर र प्रमोद सुनारले समान २÷२ गोल गर्दा क्रिशल थापाले एक गोल गरे । बुधबारको अन्तिम खेलमा सिजन भट्टराईको निर्णायक एक गोलको मद्धतले फिस्टेल एकेडेमीले वेष्ट प्वाइट माथि १—० को जित हालिस गर्दै क्वाटरफाइनलमा यात्रा बनाएको हो । भोलि (विहिबार) प्रि—क्वाटरकै ४ वटा खेलहरु हुने भएको क्लवका पूर्व अध्यक्ष पदम ढकालले बताए । यसैबिच, यही फागुन ६ गतेसम्म प्रतियोगिता संचालन हुने भएको क्लवका अध्यक्ष प्रताप गुरुङले बताए ।

पोखरा महानगरपालिका वडा नम्बर १७ को प्रबद्र्धनमा भएको प्रतियोगितामा पोखरा १७ स्थित वडामा रहेका सामुदायिक तथा निजी गरी १९ वटा बिद्यालयहरुको सहभागिता रहेकोे छ । प्रतियोगिताको विजेता टिमले ३० हजार, उपविजेताले २० हजार, तेश्रो हुनेले १० हजार र शान्त्वना हुने टिमले भने ५ हजारको साथमा ट्रफी, मेडल र प्रमाण—पत्र प्राप्त गर्ने भएको महासचिव राकेश श्रेष्ठले बताए । प्रतियोगिताको गत बर्षको विजेता छोरेपाटन मावि हो । फुटवल खेलको तल्लो स्तरबाटै विकास गर्ने उद्धेश्यले उक्त प्रतियोगिता आयोजना गरिएको क्लवका बरिष्ठ उपाध्यक्ष रमेश प्रसाद बरालले बताए ।