पोखरामा साँढे दुई तलाको घर भाडामा लियर अवैध सुन तथा चाँदीको कारोवार गर्ने ६ किलो सुन सहित भारतीय नागरिक पक्राउ

-


     पोखरा क्लिक     
     फागुन २ गते २०८० मा प्रकाशित



दीननाथ बराल
पोखरा २, फागुन

पोखरामा साँढे दुई तलाको घर भाडामा लियर अवैध सुन तथा चाँदीको कारोवार गर्ने एक जना भारतीय नागरिक पक्राउ पर्नु भएको छ । गोप्य सूचनाको आधारमा कास्की प्रहरीले मंगलबार पक्राउ गरेको भारत पश्चिम बंगाल मेदिनिपुर दासपुर–११ घर भई हाल पोखरा २ मोहोरिया टोल बस्ने ४० बर्षका सुरजित भौमिकलाई मंगलबारकै बेलुका पत्रकार सम्मेलना मार्फत सार्वजनिक गरेको हो ।

श्रोत नखुलेको(अवैध) ६२ लाख ८१ हजार नगद सहित ६ किलो सुन र ६ किलो चाँदी सहित भौमिकलाई पक्राउ गरी राजस्व अनुसन्धान विभाग, पुल्चोक, ललितपुर पठाइएको एसपी थापाले बताउनु भयो । भौमिकबाट प्रहरीले विभिन्न किसिमका सुनका गरगहनाहरू–५ केजी २०० ग्राम, काँचो सुन ९९९.९० ग्रामको एक ढिका, चाँदी ६ केजी, नगद ६२ लाख ८१ हजार, मोवाइल १ थान, विभिन्न बैंकका चेकहरू १३ थान, डायरी २ थान, रजिष्ट्ररहरू ७ थान सामान बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले मंगलबार दिउसो सुनचाँदी व्यवसायीको सहयोगमा सुनको मापन तथा परीक्षण गरिएको प्रहरीले पोखराक्लिकलाई जनाएको छ ।

गत माघ २९ गते देखि उहाँको खोजिमा आफुहरु लागे पनि अन्ततः भोलि पल्ट बिहान ४ः३० बजे नै मोहोरिया टोलमा रहेको कविन्द्र प्रसाद श्रेष्ठको साँढे दुई तलाको घर भाडामा बस्नु भएको भौमिकले कोठामा लुकाई छिपाई राखेको अवस्थामा आफुहरुले भेटाएसंगै त्यसको श्रोत खुलाउन नसके पछि उहाँलाई नियन्त्रणमा लिएको एसपी थापाले जनाउनु भयो ।



This will close in 20 seconds