पोखराका विभिन्न स्थानमा बालाचतुर्दशी पर्व मनाइयो

-


     पोखरा क्लिक     
     मंसिर २५ गते २०८० मा प्रकाशित


दीननाथ बराल
पोखरा २५, मंसिर

पोखराका विभिन्न स्थानमा यस बर्षको बालाचतुर्दशी पर्व मनाइएको छ । मुख्य गरी पोखरा २० भलाममा रहेको हरिहर गुफा सन्यास आश्रम, पोखरा १३ मा रहेको महाप्रभुधाम, पोखरा २४ को कश्यप तपोधाम, पोखरा १९ को घार्मी मणिमा रहेको ओमकारेश्वर महादेव मन्दिर, पोखराको भद्रकालि मन्दिर परिसर लगायतका क्षेत्रमा सदविज छर्दै बालाचतुर्दशी पर्व मनाइएको हो ।

बिषेश गरी पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउने गरिन्छ यस पर्वको अवसरमा निराह व्रतवसी आफ्ना पितृको स्मृतिमा विभिन्न प्रकारका अन्नवाली सहित फलफुल छर्ने तथा चढाउने गरिन्छ । आश्रमका स्वामि पुर्यानन्द गिरीले यस बर्ष आश्रममा अघिल्ला बर्षको तुलनामा उत्साहजनक रुपमा सहभागि भएको बताए । बिहान ४ बजे देखि सतविज छर्नेहरुको निकै भिड भएको उहाँले दाबी गर्नु भयो । आश्रममा पन्चे बाजाले आगन्तुक भक्तजनहरुलाई स्वागत तथा मनोरन्जन प्रदान गरिएको थियो ।

त्यसै गरी पोखरा १३ को आर्वाविजय डाँडामा रहेको महाप्रभुधाममा सोमबार विहानै देखि सतविज छर्नेहरुको भिड लागेको थियो । महाप्रभुधाम रतनपाण्डे पर्यटकीय क्षेत्र विकास समितिका बुद्धि प्रकाश बरालले एटुजेडलाई बताए । समितिले उक्त महाप्रभुधामसम्म जानको लागि काहुँखोलाबाट सहज यातायातको लागि पोखरा यातायात प्रा.लि.को समन्वयमा बसको प्रबन्ध गरेको थियो । महाप्रभुधाममा विधि पूर्वक सोमबार पूजाआज रुद्रीपाठ सहित भजन कृतन गरिएको पोखरा १३ का वडा अध्यक्ष किरण बरालले बताए । पोखरा महानगरले यसै बर्ष उक्त क्षेत्रमा हाईमाक्ट लाइट समेत राखेको उनले एटुजेडलाई जनाए ।

घरमा भएका सय प्रजातिका खाद्य तथा फलफुल पितृको स्मृतिमा छर्नाे प्रचलन रहेको स्वामि गिरीले बताए । सतर्कम गर भन्ने मान्यता समेत रहेको दाबी गर्दै स्वामि गिरीले मंसिरमा घर घरमा हुने अन्नवाली अन्य क्षेत्रमा दिदा त्यसबाट पुण्य लाभ हुने विश्वास व्यक्त गरे । भगवान शिव र पार्वतीको मृगस्थलीको रुपमा रहेको उक्त तिर्थ स्थलमा रुद्राश्र र लप्सीका ५ सय भन्दा बढी रुख विरुवा रहेको उनको दाबी छ ।

भेटि सहित विभिन्न दाताबाट बाला चतुर्दशीको अवसरमा ७ लाख भन्दा बढी संकलन भएको आश्रमका महेन्द्रराज पौडेलले बताए । विं सं. २०४० देखि बाला चतुर्दशीको अवसरमा सतबिज छर्ने मेलाको आयोजना गरिदै आएको मेला प्रचार संयोजक रेशम खत्रीले जनाए । धार्मिक पर्यटन संगै हरेक वर्ष सतबिज छर्न १० हजार जना भन्दा वढी दर्शनार्थी आउने गरेको आश्रमले जनाएको छ ।

विं सं १९०६ सालमा तत्कालिन प्रधानमन्त्री श्री ३ जंग बहादुर राणाले हरिहर गुफा क्षेत्रमा रहेको करिव ४० रोपनी जग्गालाई संरक्षण गरी आश्रम बनाउन निर्देश भएदेखि उक्त ठाउ संरक्षण गरेको आश्रमका रामजी प्रसाद पौडेलले बताए ।

त्यस्तै गरी पोखरा २४ को कश्यप तपोधाममा बालाचर्तुदशी पर्व मनाइएको गुप्तकाली काश्यप धार्मीक क्षेत्र विकास समितिका सचिव ठाकुर प्रसाद त्रिपाठीले बताए । पर्वको अवसरमा कश्यप ऋिषिले तपस्या गरेको धामको गरामा शिव ताण्डव नृत्य भजन नौमती वाजा समेत प्रर्दशन गरीएको उनले जनाए । विभिन्न ध्वजापताका र रंगरोगनले सजिएको मन्दिरमा विहानै देखि भक्तजनको भिड लागेको थियो । सद्धविज छर्न बिहादै देखि भिड लागेको थियो ।

पोखरा महानगरपालिका वडा नं. १९ स्थित घार्मी मणिमा रहेको ओमकारेश्वर महादेव मन्दिर परिसरमा समेत द्विज छरि बालाचर्तुदशी पर्व मनाईएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ढुण्डिराज पौडेलले एटुजेडलाई बताए । विभिन्न ध्वजापताका र रंगरोगनले सजिएको मन्दिरमा विहानै देखि भक्तजनको भिड लागेको थियो । रुद्री पुजा सकेपछि मात्रै सद्विज छर्ने धार्मिक परम्परा भएपनि विहानै भक्तजनको भिड लागेको थियो ।

यसैबिच, पोखरा महानगरपालिका वडा नं. १२ ले बालाचतुर्दशीको अवसरमा वडाभित्रका वृद्धवृद्धाहरुलाई लमजुङ जिल्लाको कर्पुटारमा सतविज छर्न लगेको छ । विशेषगरि वृद्धवृद्धाहरु धार्मिक स्थलको भ्रमण र धार्मिक कार्यहरु गर्न रुचाउने भएकोले पनि विशेष दिन पारेर निशुल्क रुपमा वडाले कर्पुटार लैजाने व्यवस्था मिलाएको पोखरा १२ का वडाध्यक्ष सन्तोष बाँस्तोलाले बताउनु भयो । वडाध्यक्ष वास्तोलाका अनुसार वडाले यसअघि ज्येष्ठ नागरिकको घरघरमा पुगेर रगत परीक्षण, मृगौला, सुगर, हेमोग्लोबिन र पिसाब लगायतका परीक्षण गरेको छ ।



This will close in 20 seconds