हेमजा, २४ मंसिर
“समृद्धिका लागि संरक्षण” भन्ने मुल नारामा साथ राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण सरक्षण क्षेत्र आयोजना इलाका सरक्षण कार्यालय,ल्वाङ्ग,कास्कीको ३७ औं वार्षिकोत्सव तथा संरक्षण दिवस आइतवार विभिन्न कार्यक्रमका विच सम्पन्न गरेको छ ।
अन्तर मा.वि स्तरीय हजिरी जवाफ प्रतियोगिता तर्फ उदय मा.वि धम्पुस प्रथम, माछापुच्छे« मा.वि भुर्जुङखोला द्धितिय,वराह मा.वि मिडावारी तृतीय र निस्पक्ष मा.वि रिभानले सान्तवना स्थान हांसिल गरेको छ । प्रथमले नगद रु ८ हजार ,द्धितियले नगद रु ६,हजार, तृतीयले नगद रु ४ हजार र सान्तवनाले नगद रु २ हजार साथमा प्रमाणपत्र पाप्त गरे ।
अन्तर अधारभुत विद्मालय कक्षा ६ देखि ८ का विधार्थी विच भएको चित्रकला प्रतियोगितामा निस्पक्ष मा.विका संधर्ष गुरुङ प्रथम, बम बहादुर घलेल आ.विका जविन वि.क द्धितिय, तारे वराह आ.विका सरोज दाहाल तृतीय र सरस्वती आ.विका सुसान्त तामाङले सान्तवना स्थान हासिल गरे। प्रथमले नगद रु २ हजार ५ सय, द्धितियले २ हजार ,तृतीयले १ हजार ५ सय साथै सान्तवनाले नगद १ हजार साथमा प्रमाणपत्र पाप्त गरेका छन् ।
अन्तर वडा स्तरीय महिला समुह सांस्कृतिक नृत्य प्रतियोगिता तर्फ वडा न. २ महिला समुह प्रथम, वडा न.८ महिला समुह द्धितिय ,वडा न.३ महिला समुह तृतिय र वडा न. ७ महिला समुह सान्तवना भयो । प्रथमले नगद रु १२ हजार, द्धितियले नगद रु ९ हजार, तृतियले नगद रु ६ हजार र सान्तवना समुहले नगद रु ३ हजार साथमा प्रमाणपत्र पाप्त गरे ।
अन्तर कृषक फलफूल प्रर्दशनी प्रतियोगितामा रिकेस रानाभाट प्रथम ,द्धितिय चित्रलाल अधिकारी,तृतीय देविलाल शर्मा र सान्तवना मनपति अधिकारीले पाप्त गरे । प्रथमले नगद रु २ हजार, द्धियिले नगद रु १ हजार ५ सय, तृतीयले १ हजार र सान्तवनाले नगद रु ५ सय साथमा प्रमाणपत्र पाप्त गरेका छन् । कृषक तरकारी वाली प्रर्दशनी प्रतियोगितामा पुर्णलाल अधिकारी प्रथम,मनपति अधिकारी द्धितिय, विर बहादुर नेपाली तृतीय र अमृत कुमारले सान्तवना स्थन हासिल गरे । प्रथमले नगद रु २ हजार,द्धितियले रु १ हजार ५ सय, तृतीयले रु १ हजार र सान्तवनाले रु ५ सय साथमा प्रमाणपत्र पाप्प गरेका छन् । सोहि अवसरमा आयोजक र माछापुच्छ्रे गाउँपालिकाका जनप्रतिनिधिहरु बिच भएको मैत्रीपुर्ण भलिबल खेलमा गाउँपालिकाले आयोजलाई पराजित गरेको थियो ।
कार्यक्रमलाइ सम्वोधन गर्दै माछापुच्छ्रे गाउँपालिका अध्यक्ष मिन व. गुरुङले सम्बृद्ध माछापुच्छ्रेको सपनालाई पुर्णता दिन संरक्षण क्षेत्र र स्थानीय सरकार सञ्चाल एन विच बाजिएका केहि कानुन, निर्देशीका ,नियावालीलाई सच्चाउन अवस्यक रहेको मा जोड दिनु भयो ।
कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष,अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय पोखराका डा.रविन कडरिया,माछापुच्छ्रे गाउँपालिका उपाध्यक्ष सिता अधिकारी,अनुगमन तथा मूलयांकन संयुक्त समितिका अध्यक्ष दल वहादुर गुरुङ, सरक्षण क्षेत्र आयोजना इलाका सरक्षण कार्यालय ल्वाङ्गका प्रमुख लेखनाथ गौतम ,संरक्षण क्षेत्र व्यवस्थापन समिति घाचोकका अध्यक्ष रविलाल पोखरेल ,वडा न.१ का अध्यक्ष इन्द्र गुरुङ लगाएतले धारण राख्नु भएको थियो ।
संरक्षण क्षेत्र व्यवस्थापन समिति लाहाचोकका अध्यक्ष पूर्ण वहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संरक्षण क्षेत्र व्यास्थापन समिति सदस्य कृष्ण प्रसाद अधिकारीले र संचालन संरक्षण क्षेत्र व्यवस्थापन समिति लाहाचोकका सचिव अनिष बस्यालले गर्नुभएको थियो ।