पुष १२ देखि पोखरा सडक महोत्सव हुने तयारी

-


     पोखरा क्लिक     
     मंसिर १० गते २०८० मा प्रकाशित


दीननाथ बराल
पोखरा १०, असार

२५ औं पोखरा सडक महोत्सव २०८० यस बर्ष आउदो पुष १२ गते देखि हुने भएको छ । रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेवान) पोखराको आयोजनामा अंग्रेजी नयाँ वर्षको अवसरमा पुष १२ गते देखि १६ गतेसम्म उक्त महोत्सव हुने भएको आइतबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराएको हो ।
‘सडकमै खाउँ, सडकमै नाचौं, सडकमै रमाऔं’ भन्ने मुल नारा सहित उक्त महोत्सव लेकसाइडको करिब ३ किलोमिटर क्षेत्रमा सञ्चानल गर्ने तयारीमा जुटेको रेवान पोखराका प्रथम उपाध्यक्ष एवं महोत्सव संयोजक विश्वराज पौडेलले बताए । महोत्सव यस बर्ष सडक केन्द्रित बढी खाना र विभिन्न क्षेत्रका सांस्कृतिक कार्यक्रमहरु प्रर्दशनी गरिने तयारी गरेको उनले जनाए ।

यस बर्ष रजत महोत्सव समेत भएकाले पहिलाको भन्दा केहि पृथक हुने बताउदै उनले नयाँ पन के कसरी दिन सकिन्छ त्यसको खोजी अभियानमा रहेको संयोजक पौडेलले बताए । यसपटक गण्डकी प्रदेशका जिल्लाहरुलाई प्राथमिकतामा राख्दै ११ जिल्लाकै साँस्कृतीक समुह सडकमा उतार्ने योजना भएको उनले सुनाए ।

पोखराको पर्यटकीय गतिविधि चलायमान बनाउन, धेरै भन्दा धेरै स्वदेशी तथा विदेशी पाहुना पोखरा भित्र्याउन यो महोत्सव सफल रहेको पूर्व अध्यक्ष सूर्य भुजेलले बताए । विगतका वर्षहरुमा झै यस वर्ष पनि साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रर्दशनसँगै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गित प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रीकालिन कन्सर्ट, बोट रेस, राष्ट्रिय भलिवल प्रतियोगिता, वेटर रेस, टग अफ वार तथा पोखराका प्रमुख गन्तब्य सहितको डकुमेन्टी प्रदर्शन गरिने पूर्व अध्यक्ष चौ बहादुर गुरुङ्खले उल्लेख गरे । उनले यदि कुनै नयाँ कला संस्कृति पोखराको लागि भने नयाँ हुने छ भने त्यसलाई उच्च प्रथामिकता दिने बताए ।

सडक महोत्सव देशकै ठुलो महोत्सव भएको दाबी गर्दै पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले यस बर्ष ५ लाख पर्यटक महोत्सवमा भित्राउने दाबी गरे । यस अघिका महोत्सवमा ३ देखि ४ लाख पर्यटक भित्रिएको दाबी गर्दै उनले यस बर्ष केही भव्य र केही बृहत रुपमा गर्न लागेकोले बढी पर्यटक भित्रिने उनले दाबी गरेका हुन् । उक्त महोत्सवले पोखराको सहासिक खेल गतिविधिलाई थप प्रबद्र्धन गर्न मद्धत पुग्ने उनले जनाए । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले उक्त महोत्सवले पोखराको पहिचान र पर्यटन प्रबद्र्धनमा टेवा पुगेको बताइन् ।

यसपालीको महोत्सवमा हस्तकला, चित्रकला, स्थानिय उत्पादनका बस्तु तथा सेवाको बिक्रि वितरण एवं प्रर्दशनी समेत गरिने भएको बताइएको छ । महोत्सवबाट बचत भएको २० प्रतिशत रकम पोखराको सौन्दर्यकरामा लगानी गर्ने भएको रेवान पोखराले जनाएको छ । उक्त महोत्सवको अवसरमा होटलहरुले बढी शुल्क लिएको गुनासो आए पनि यस बर्ष त्यसलाई न्यूनिकरण गर्न आफुहरु लाग्ने संयोजक पौडेलले बताए । रेवान पोखराले प्रशासनले अनुमति दिएको खण्डमा आतासवाजी समेत गर्ने भएको छ । उक्त महोत्सवलाई नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार, पोखरा पर्यटन परिषद प्रबद्र्धकमा रहेको रेवान पोखराले जनाएको छ । गोर्खा ब्रुअरी प्रा.लि.को मुख्य प्रायोजनामा उक्त महोत्सव हुने भएको हो ।



This will close in 20 seconds