पौडी महासंघका अध्यक्ष हुसेन मंगलबार नेपाल आउँदै

-


     पोखरा क्लिक     
     कार्तिक २० गते २०८० मा प्रकाशित


काठमाण्डौं २०, कार्तिक

नेपाल पौडी संघको निमन्त्रणामा अन्तर्राष्ट्रिय पौडी महासंघ ९वल्र्ड एक्वाटिक्स०का अध्यक्ष क्याप्टेन हुसेन अल मुसलम नेपाल भ्रमणमा आउँदै छन् ।
पौडी खेलको विकास र विस्तार गर्ने क्रममा विभिन्न देशको भ्रमणमा रहेका अध्यक्ष हुसेनले नेपालमा पौडी तथा एक्वाटिक्स खेलको विकासका बारेमा जानकारी लिने र पौडी तथा एक्वेटिक्स खेलको विकासलाई कसरी अझै अगाडी बढाउन सकिन्छ भन्ने बारेमा पौडी संघका पदाधिकारीहरु र सम्वन्धित संग छलफल गर्ने कार्यक्रम रहेको छ ।

अध्यक्ष हुसेन यहि कार्तिक २१ गते मंगलबार विहान ८ बजे काठमाण्डौ अवतरण गर्ने कार्यक्रम रहेको नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी गराएका छन् । अध्यक्ष हुसेनको भ्रमणले नेपालका पौडी खेल तथा त्यस संग सम्वन्धित अन्य खेलको विकासमा सहयोग पुग्ने अध्यक्ष बज्राचार्यले बताए ।
यसै क्रममा नेपालमा पौडी खेल लगायत एक्वाटिक्स खेलको विकासका लागि महासंघका कोचिङ्ग एडभाईजर जेम्स गिब्सन र मिस पर्निल ब्लुम ९ओलम्पिक तथा वल्र्ड च्याम्पियन० पनि भोली सोमबार नेपाल आउँदैछन् । उनीहरु सोमबार विहान ८ बजे नेपाल आउने कार्यतालिका रहेको छ ।

उनीहरुले सोमबार र मंगलबार दुई दिन नेपालका पौडी प्रशिक्षकहरुलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ । उक्त अवसरमा नेपाली प्रशिक्षकहरुलाई कोचिङ्ग स्किल डेभलपमेन्ट सम्वन्धि सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण प्रदान गर्ने छन् । सो कार्यक्रममा नेपालका प्रमुख पौडीवाजहरुले पनि सहभागिता जनाउने पौडी संघका अध्यक्ष बज्राचार्यले जानकारी गराए ।