पोखरा सहित गण्डकी प्रदेशको विकासको लागि पहल गर्छुः एनआरएनएका उपाध्यक्ष शेरचन, पोखरामा शेरचनलाई स्वागत तथा बधाई ज्ञापन

-


     पोखरा क्लिक     
     कार्तिक ८ गते २०८० मा प्रकाशित


दीननाथ बराल
पोखरा ८, कार्तिक

गैर आवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित उपाध्यक्ष रविन शेरचनले पोखरा सहित गण्डकी प्रदेशको विकासको लागि बिषेश पहल गर्ने बताउनु भएको छ । मुस्ताङमा जन्मिएर पोखरामा प्रबेसीका परिक्षासम्मको अध्ययन गर्नु भएको उपाध्यक्ष शेरचन निर्वाचित भयर पहिलो पटक पोखरा आएसंगै उहाँलाई पोखरा अन्तराष्ट्रि विमानस्थल देखि बिद्यालयसम्म स्वागत गर्न आयोजित कार्यक्रममा उक्त कुरा बताउनु भएको हो ।     

स्वागत कार्यक्रममा वोल्दै उपाध्यक्ष शेरचनले आफु अध्ययन गरेको गण्डकी बोर्डिङ स्कुलको भौतिक पूर्वाधार निर्माण देखि गुणस्तरिय शिक्षाको विकासको लागि समेत बिषेश पहल गर्ने बताउनु भएको हो । आफु जन्मेको ठाँउ मुस्ताङ, अध्ययन गरेको पोखरा देखि गण्डकी प्रदेशको समग्र विकासको लागि योजना बनायर आवश्यक सहयोग गर्न उपाध्यक्ष शेरचनले जनाउनु भयो । जापानमा रहेको शेरचनको कम्पनीमा करिब २ सय नेपाली एवं एक सय जापानी नागरिकले प्रत्यक्ष रोजगारी पाएको बताइएको छ । नेपालमा पनि थप रोजगारी सिर्जना हुने क्षेत्रमा लगानी भित्र्याउने शेरचनले प्रतिबद्धता जनाउनु भएको छ । 

गण्डकी प्रदेशका सांसद सरस्वती गुरुङको नेतृत्वमा संस्कृतिकर्मी कृष्णकुमार गुरुङ, लोकतान्त्रिक खेलकुद महासंघका अध्यक्ष देवेन्द्र शेरचन, होटल व्यवसायी किसम गुरुङ, पोखराका निर्माण व्यवसायी टंक बराल, अनुप जोन, डडुवा दुर्छ आमा समुह, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी लगायतले उपाध्यक्ष शेरचनलाई पोखरामा स्वागत गर्नु भएको थियो । सांसद गुरुङले आफ्नो क्षेत्रको व्यक्ति एनआरएनएको उपाध्यक्ष जस्तो पदमा निर्वाचित भएकोमा खुसि व्यक्त गर्दै खादा सहित फेटा लगायर उपाध्यक्ष शेयरचनलाई स्वागत गर्नु भएको हो । देशमा युवा शक्ति विदेश पलायन हुदै गरेको अबस्थामा अब एनआरएनएको नवनिर्वाचित टिमले नेपालमा विदेशी लगानी भित्राउदै लाखौं युवालाई रोजगार सृजना गर्ने गरी काम गर्न सांसद गुरुङले आग्रह गर्नु भयो ।

यसैबिच, उपाध्यक्ष शेरचनले नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थसंग भेटघाट गर्नु भएको छ । कायस्थकी आमा मधु कायस्थको निधन भएको १० औं दिनको तिथीमा बुधबार उपाध्यक्ष शेरचन सहित प्रदेश सांसद गुरुङ, चर्चीत पप गायक (नेपथ्य) अमृत गुरुङ, नमस्ते व्याण्डका इश्वर गुरुङ, डा.रविन्द्र श्रेष्ठ, होम गुरुङ, फोटो पत्रकार सुर्दशन रञ्जित,नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल लगायतको सहभागिता रहेको नेपाल पत्रकार महासंघ जापानका निवर्तमान अध्यक्ष एवं मञ्च पूर्व अध्यक्ष मोहन घलेले एटुजेडलाई बताउनु भयो ।

उच्च शिक्षा अध्ययन गर्न काठमाडौँ जानु भएका उपाध्यक्ष शेरचन विगत ३५ बर्ष देखि जापानमा विभिन्न व्यवसाय गर्दै आउनु भएको छ । शेरचनलाई पोखरा स्थित गण्डकी बोर्डिङ स्कुलका पूर्व बिद्यार्थी(इगोवोसा) ले समेत संयुक्त रुपमा स्वागत गर्नु भएको कार्यक्रम संयोजक मोहन घलेले बताउनु भयो । इगोवोसाका अध्यक्ष प्रधुन्न केसी, सचिव रविचन्द्र गुरुङ सहितको टिमले उपाध्यक्ष शेरचन सहित प्रदेश सांसद सरस्वती गुरुङलाई खादा तथा मालाले बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको कामना गर्नु भएको थियो ।