इजरायलमा १० नेपालीको मृत्यु, अलपत्र परेका नेपालीले सम्पर्क गर्न परराष्ट्र मन्त्रालयको आग्रह

-


     पोखरा क्लिक     
     असाेज २२ गते २०८० मा प्रकाशित


पोखरा २२, असोज

इजरायलमा १० जना नेपालीको मृत्यु भएको छ । इजरायलमाथि प्यालेस्टिनी विद्रोही हमासले गरेको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको एजेन्सिहरुले जनाएका छन्। इजरायलमा अध्ययनका लागि गएका विद्यार्थीहरू आक्रमणमा परेका बताइएको छ भने आक्रमणमा परेका विद्यार्थीहरूले टिपाएको नामावलीमा १० जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, सपही–६, धनुषाका आनन्द साह र मधुवान–१, सुनसरीका राजेशकुमार स्वर्णकार छन् । त्यसै गरी लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी, पाँचनली–डोटीका राजन फुलारा र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामीको पनि मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । एक जना सम्पर्कवीहिन भएका छन्।

यसैबिच उक्त घटनामा परी अलपत्र परेका नेपालीहरुले निम्न केही व्यक्तिहरुलाई सम्पर्क गर्न परराष्ट्रपरराष्ट्ट मन्त्रालयले सूचना जारी गरेको छ ।