पोखरा, २१ असोज
गण्डकी प्रदेश संसदीय समितिका ४ वटा सभापतिहरू चयन भएका छन् । दलले भागबन्डा गरेर कांग्रेसले २, एमाले र माओवादीले एक÷एक समिति सभापति बाडफाँड भएको छ । शनिबार मनोनयनमा एक÷एक जनाको मात्र उम्मेदवारी परेपछि उनीहरू निर्विरोध निर्वाचित भएको घोषणीत भएका छन् ।
अर्थ तथा विकास समिति सभापति कांग्रेसका भोजप्रसाद अर्याल, प्रदेश मामिला तथा कानुन समितिको सभापतिमा नेपाली काग्रेस कै चम्पादेवी खड्का, सार्वजनि लेखा समितिको सभापतिमा एमालेका सुधीरकुमार पौडेल र सामाजिक विकास तथा कृषि समितिको सभापति माओवादीले पाएको कोटामा नेपाल समाजवादीका फणिन्द्र देवकोटा चयन भएका छन् । सभापतिहरुलाई आइतबार गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले शपथ खुवाए ।
बाबुराम भट्टराई नेतृत्वको पार्टीबाट उनी माओवादीको चुनाव चिह्न लिएर चुनाव जितेका थिए । खड्का कांग्रेसबाटै पूर्वराज्यमन्त्री तथा प्रतिनिधि सभा हुँदै प्रदेश सांसद बनेकी हुन् । त्यसै गरी लेखा समितिका सभापति पौडेल विद्यार्थी राजनीतिबाट आँधिखोला गाउँपालिका अध्यक्ष हुँदै प्रदेश सांसद बनेका थिए ।
नयाँ सांसदहरु आएको ९ महिनापछि गण्डकी प्रदेश सभाका विषयगत समितिले पुर्णता पाएको छ । गत साउन ३० गते समिति गठन भएका थिए ।