दीननाथ बराल
पोखरा १८ असोज
नेपालीहरुको महान चार्ड पर्वहरु नजिकीदै गर्दा पोखरा क्षेत्रमा यस बर्ष भने खासै चहल पहल हुन सकेको छैन्। अघिल्ला बर्षको तुलनामा बजारमा प्रायः शुन्य जस्तो भएको व्यवसायिहरु बताउनु हुन्छ । बजारमा किनमेल गर्नेहरुको भिडघाट हुने गरेको पोखरा क्षेत्रको मुख्य बजार क्षेत्रमा हाल मन्द व्यापार भएको छ भने केही ठाँउहरुमा व्यवसायीक सटरहरु नै हटाए पछि घरनिहरुले सटर भाडामा भनी वोर्ड टाँस्न थालेका छन् ।
पोखरामा अझै भाडामा कोठा पाउने केही कठिन भए पनि व्यवसायीक प्रयोजनको लागि सटरहरु भने सहज ढंगले पाउन सकिन्छ । केही व्यवसायीहरु मुख्यचार्ड पर्वको व्ययापारलाई मध्यनज गर्दै आफ्नो व्यवसायलाई असरी अघि बढाउने भन्ने बिषयमा सोच्न बाध्य भएका छन्।
कोरोना त्यसबाट उत्पन्त भएको आर्थिक मन्दिर र सरकारको व्यवसायीक मैत्रि निती अभावका कारण अहिले पोखरा क्षेत्रका व्यवसायहरु निकै ठुलो मारमा परेको पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष पवन प्रजापतिले एटुजेडलाई बताउनु भयो । उहाँले भन्नु भयो बजार चलायमान नै छैन, कसरी यहाँको आर्थिक कृयाकलाप हुन पाएको छ, मानिसहरुसंग पैसा छैन जस पैसा एकबाट अर्कोमा चक्रिय रुपमा हिड्दैन तवसम्म बजारमा आर्थिक संकट कायमै रहन्छ । ” नेपाल सरकारको अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक बिचको द्धन्दको कारण आम मध्यम र साना व्ययापारीहरु यति वेला ठुलो मारमा पर्नु भएको अध्यक्ष प्रजापतीले जनाउनु भयो ।
कर्जामा असहज वातावरण सृजना गरी व्याजदर बृद्धि गर्नुले आम जनतासंगै व्यवसायीहरु यसको प्रत्यक्ष मारमा परेको उहाँको भनाई छ । मानिसहरुको आय श्रोत घटदै जादा पहिलाको तुलनामा खर्च गर्ने सामर्थे पनि घटेको बताउदै अध्यक्ष प्रजापतिले अहिले घर, जग्गा र गाडी समेत बिक्रिको लागि आव्हान गरिएको सूचना संगै सटरहरु समेत खाली हुदै आएको दाबी गर्नु भयो । ४ करोड मुल्य पर्ने घर जग्गा हाल बजारमा ३ करोडमा पनि बिक्रि हुन नसक्ने अबस्था रहेको उहाँको भनाई छ ।
पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा क्षेत्रमा अघिल्ला बर्षको तुलनामा यस बर्षको दशैंको सुरुवातमा खासै आन्तरिक पर्यटकको चहल पहल नभएको बताउनु भयो । उहाँले भन्नु भयो, “आशा गरौं दशैं नजिकीदै छ, यस बर्ष आन्तरिक पर्यटकहरु हामीले अपेक्षा गरे अनुसारका आउनु हुनेछ, पोखरामा हाल भारतीय र केही चाइनिज पर्यटकको आगमन ठिकै छ ।” पोखरा मुग्लिङ सडक खण्डको कारण हाल आन्तरिक पर्यटक आगमनमा गिरावट आएको दाबी गर्दैै अध्यक्ष श्रेष्ठले पोखरा क्षेत्रमा आउने पर्यटकहरुको लागि उक्त सडक स्तरउन्नतीको कामलाई थप प्रभावकारी र व्यबस्थीत बनाउन आग्रह गर्नु भएको छ । पोखराको लेकसाइड बाहेक अन्य क्षेत्रमा व्यपारीक सटरहरु खाली हुने क्रम बढेकोमा चिन्क्ता व्यक्त गर्दै उहाँले घर भेटिहरुले पनि व्यवसायलाई टिकाउने वातावरण सृजना गर्न केही महिना भाडा छुट तथा शुल्कको दर समेत घटाउन सुझाव दिनु भएको छ ।
पोखरा च्याम्बर अफ कमर्सका अध्यक्ष यामनाथ पौडेलले पोखरा क्षेत्रमा हाल करिब ३० प्रतिशत जसो व्यवसायिक सटरहरु खाली भएको बताउदै आउनु भएको छ । घर भाडामा केही सहुलियत दियर व्यवसाय गर्ने वातावरण गर्न मिलाउन उहाँले आग्रह गर्दै आउनु भएको छ । पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपु, चिप्लेढुङगा, न्यूरोड, नयाँबजार, पृथ्बीचोक, लेकसाइड, पालिखेचोक, बगर, पार्दी अम्मरसिंहचोक लगायतका क्षेत्रमा हाल व्यवसायीक सटरहरु खाली हुने क्रम जारी रहेको छ । उत्पादन भन्दा आयात मुखि व्यपार भएकोले गर्दा पनि यसरी व्यवसायीहरु विस्थापित हुनु पर्ने अबस्था आएको एक युवा व्यवसायी दीपक कार्कीले बताउनु भयो । सिटिजस फर्निचर ट्रेड लिंकका संचालक समेत रहनु भएका युवा व्यवसायी कार्कीले अघिल्ला बर्षको तुलनामा यस बर्ष बजारमा चहलपहल ह्वात्तै घटेको दाबी गर्नु भयो ।