पोखरा १७, असोज
पोखराका पत्रकार सन्देश श्रेष्ठ सम्मानित भएका छन्। पोखरा लेकसाइडस्थित रेन्बो चिल्ड्रेन होम नेपालको वार्षिक साधरणसभाको अवसरमा सामाजिक लेखाजोखा तथा सम्मान कार्यक्रमका अवसरमा श्रेष्ठलाई सम्मान गरिएको हो ।
कार्यक्रममा श्रेष्ठ सहित एसइई उत्तीर्ण गर्ने तथा उच्च शिक्षा पास भएका सदस्यका छोराछोरीलाई समेत सम्मान गरिएको पर्यटन व्यवसायी कृष्ण प्रसाद आचार्यले बताए । उक्त कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले सम्मानपत्रको साथमा दोसल्ला ओढाएर सम्मान गरेकी हुन् । घेरै बालबालिकाहरु हुर्किएपछि नागरिकता लगायतका कागज नभएको कारण उनी धेरै सुविधाबाट बञ्चित हुनुपरेको दाबी गरिन् ।
मन्त्री सिम्खडाले बाल गृहमा बसेका तर पहिचान नखुलेका बालबालिकालाई समय पुगेपछि नागरिकता दिन सहज गराउनुपर्ने बताइन्। आफूले नागरिकता सहज दिलाउने व्यवस्थाका लागि सरकारसँग पहल गर्ने उनले बताइन् । मन्त्री सिम्खडाले संस्था चलाउन धेरै चुनौती रहेको स्पष्ट पार्दै चिल्ड्रेन होमले समाजमा उत्कृष्ट कार्य गर्दै आएको जनाइन्।
पोखरा ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले स्थानीय तहको तर्फबाट संस्थाका गतिविधिमा सहकार्य गर्ने जनाए । उक्त बालगृहबाट असल नागरिक उत्पादन भएको जनाउँदै उनीहरुलाई समाजमा स्थापित गर्न राज्यले ठोस पहल लिनुपर्ने उनको भनाई थियो । त्यस अवसरमा नमूना आमा समूह अध्यक्ष जुना अधिकारी, नमुना आमा समूहको पूर्व अध्यक्ष मिठुदेवी अधिकारी, बालगृहकी दिपा खत्री संस्थाका संस्थापक अध्यक्ष गोमा ढकाल, अध्यक्ष कमला ढकाल लगायतले वोलेका थिए ।