पोखरा १७, असोज
अमेरिकी ईडीभीको आवेदन आज देखि खुल्ला हदै छ । सन् २०२५ को लागि आवेदन दिन सकिने भएको हो । नेपाली समयानुसार आज बेलुका १० बजे देखि आवेदन दिन सकिने भएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।
आउदो कात्तिक २१ गतेसम्म आवेदकहरूले अनलाइन मार्फत आवेदन दिन सक्ने भएका हुन्। फारम भर्दा दुवै कान देखिने खिचिएको पासपोर्ट साइजको फोटो समेत आवश्यक पर्नेछ भने आवेदन दिँदा कुनै शुल्क नलाग्ने भएको छ । यद्यपी कुनै संस्थामा भर्दा फोटो सहित फारम भरेको केही शुल्क लिने गरेको पाइन्छ । इडिभि भर्नाको लागि यहाँ https://dvprogram.state.gov/ क्लिक गर्न सक्नु हुन्छ ।