डि.एन.बी.
पोखरा १५, असोज
पोखराको रामघाट क्षेत्रमा व्यवसायिक रुपमा ड्रागन फ्रुट खेती गर्न सुरु गरिएको छ । पुन समाज पोखराको व्यवस्थापनमा पोखराको रामघाट क्षेत्रमा २०७७ साल देखि ड्रागन फ्रुट खेती गर्न सुरु गरिएको पुन समाज नेपालका संस्थापक तथा उक्त ड्रागन फ्रुट खेतीका संयोजक राजकुमारी पुनले बताउनु भयो ।
विगत साँढे दुई बर्ष अघि देखि सुरु भएको उक्त ड्रागन फ्रुट खेती १६ महिना देखि उत्पादन हुन थालेको हो । आफ्नो फार्ममा उत्पादन भएको ड्रागन फ्रुट लट लटमा टिप्ने गरेको बताउदै उहाँले यस बर्ष सोमबार पाँचौ पटक टिपिएको जनाउनु भयो । अघिल्लो बर्षमा करिब ३ लाख मुल्य बराबरको ड्रागन फ्रुट बिक्रि गरेको समाजले यस बर्ष करिब १० लाखसम्मको ड्रागन फ्रुट बिक्रि गर्ने लक्ष्य राखेको छ । गाई भैसीको मल सहित नितान्त अर्गानीक रुपमा उत्पादन भएको रातो जातको ड्रागन फ्रुट हालसम्म आफुहरुलाई बजारको भने कुनै समस्या नै नभएको संयोजक पुनले बताउनु भयो । फोहोर फाल्ने डम्पीङ साइड जस्तो झाडीले ढाकिएको क्षेत्रमा आफुहरुले धेरै मेहनत गरी सो क्षेत्रमा हाल ड्रागन फ्रुट खेत गरिएको समाजका कोषाध्यक्ष शेरबहादुर पहरे पुनले बताउनु भयो । उहाँको अवधारणामा समाजका अध्यक्ष पुन, सदस्य गमबहादुर गर्बुजा लगायतको सक्रियतामा उक्त अभियानमा हाल ४३ जना आबद्ध हुनु भएको छ ।
चौथो पटक समाजले ३ सय ३४ केजी ड्रागन फ्रुट उत्पादन गरेको थियो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिम पट्टि सेतीनदी नजिक रामघाट क्षेत्रमा समाजमा ६ रोपनी क्षेत्रफलको जमिनमा उक्त ड्रागन फ्रुटको व्यवसायिक रुपमा खेती भएको हो । ४३ जनाको प्रति व्यक्ति एक लाखको दरबाट ४३ लाखकै विउ पूजिबाट सुरु भएको उक्त अभियानमा हालसम्म करिब ३७ लाख खर्च भएको समाजे जनाएको छ । हाल ६ रोपनी क्षेत्रफलमा सम्माउदा बढी खर्च भएको समाजले जनाएको छ । उक्त फार्ममा हाल ५ सय वटा पिल्लरमा २ हजार ड्रागन फ्रुटका बिरुवा रोपिएको छ । प्रति पिल्लर नजिक पारी ४ वटा बिरुवा रोपीएको छ । भेतनामबाट आयात गरिएको तर चितवनको गंगा श्री बहुउद्देश्यीय फार्म भरतपुरबाट (पदम बहादुर गुरूङ) बाट उक्त विरुवाहरु खरिद गरी व्यवसाय सुरु भएको अध्यक्ष पुनले जनाउनु भयो । उक्त ड्रागन फ्रुड राती फुल्ने हुदा यसलाई रातको रानी समेत भन्ने गरिन्छ ।
धेरै जना बृटिस र भारतीय आर्मीका रिटायर्डहरू आबद्व रहेको समाजको उक्त अभियानले पोखरामा सर्वसुलभ मुल्यमा ड्रागन फ्रुट उत्पादन गर्न समाजले निःशुल्क प्रशिक्षण कार्यक्रम समेत गर्ने योजनामा रहेको छ । समाजका कोषाध्यक्ष शेरबहादुर पहरे पुन, सदस्य गमबहादुर गर्बुजा अवधारणामा सुरू भएको अभियानमा क्याप्टेन बलबहादुर पुनको डिजाईनमा एक पोल देखि अर्को पोलसम्म २ मिटर चौडाई र लम्वाई ३ मिटर रहेको छ । हलसम्म उक्त फलको बजारको समस्या नभएको बताउदै पूर्व आर्मी खमबहादुर पूर्जा पुनले वेलायतसम्म आफुहरुले उत्पादन गरेको ड्रागन फ्रुट पुग्न थालेको बताउनु भयो । हाल समाजले फार्मबाटै प्रतिकेजी ७ सयमा ड्रागन फ्रुट बिक्री गर्दै आएको छ । यो बजार मुल्य भन्दा केही सहुलियतमा छ भने यहाँको बढी गुणस्तरको भएको समाजले दाबी गरेको छ । स्वास्थ्यका दृष्टिले निकै लाभदायि वालवालिका देखि जेष्ठ नागरिकहरुलाईसम्म खान सहज हुने जसमा औषधीय गुण समेत भएको शेरबहादुरले दाबी गर्नु भयो ।
समाजले हाल एक जना कर्मचारीलाई रोजगार दिएको छ भने केही पर्दा समाजका पदाधिकारी सहितको टिम जुट्ने गरेको छ । पोखरा महानगरपालिकाका आर्थिक बिकास महाशाखा प्रमुख मनोहर कडरियाले पोखरा क्षेत्रको नमुना ड्रागन फ्रुट फार्म भएको दाबी गर्नु भयो । चार प्रकारको ड्रागन फ्रुड मध्य पोखरा क्षेत्रमा रातो र सेतोको खेति सुरु भएको उहाँले जनाउनु भयो । उक्त फार्म समेत अवलोकन गर्दै प्रमुख कडरियाले उक्त ड्रागन फ्रुडको बिरुवा तथा केही फलमा केही किराहरु लाग्न लागेकोले बिषेश ख्याल गर्न सुझाव दिनु भयो ।
७२ बर्षकी अध्यक्ष पुनः शारीरिक रुपमा पनि मोटो शरीर भए पनि उहाँको सोच र विचार युवा तन्नेरीको भन्दा कम छैन, खाली जमिनलाई प्रयोग गरी त्यतबाट आर्थिक उपार्जन गर्न समाजलाई प्रेरणा दिदै आउनु भएको छ । उक्त फार्ममा फंकश रोग लाग्न लागेको समस्या रहेको र जुरेली तथा कागले खाने समस्या भएको समाजले गुनासो गरेको छ । वादरबाट खासै समस्या नभएको उक्त खेतीको असिनाको भने समस्या रहेको अध्यक्ष पुनले जनाउनु भयो । मल र घाँस व्यवस्थापन गर्न समाजले वाडापाडी समेत पालन गर्न सुरू गरेको छ । पोखराका केही घरको कौसीमा यस खेतिको सुरू गरेको पाइन्छ ।