डाक्टर माथि हातपात गर्नेलाई कार्वाही गर्नुपर्र्छःमुख्यमन्त्री पाण्डे, स्वास्थ्य क्षेत्रमा जनशक्ति अभाव

-


     पोखरा क्लिक     
     असाेज १४ गते २०८० मा प्रकाशित


डि.एन.बी.
पोखरा १४ , असोज

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले डाक्टर माथि हातपात गर्ने माथि कडा कार्वाही गर्नुपर्ने बताउनु भयो । आइतबार पोखरामा आयोजना भएको गण्डकी प्रदेश स्तरीय स्वास्थ्यको बार्षिक समिक्षा कार्यक्रममा वोल्दै मुख्खमन्त्री पाण्डेले डाक्टर माथि नै हातपात गरी अपराधि गतिविधि गर्नेहरु माथि कार्वाही गर्नुपर्नेमा जोड दिनु भएको हो ।

अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा होहल्ला गरि अस्पताल माथि तोडफोड गर्ने अनि अस्पताल प्रशासनसंग रकम अशुल्न खोज्ने नराम्रो संस्कारको विकास भएको उहाँको भनाई थियो । पछिल्लो समयमा स्वास्थ्य क्षेत्रमा केही उच्छृंखल हुन थालेको बताउदै मुख्यमन्त्री पाण्डेले डाक्टर कुटपिट गर्ने बिषयमा प्रदेश सरकारले कुनै क्षमा दिन नसक्ने कानूनी कार्वाही नै गराउनुपर्नेमा जोड दिनु भयो । उहाँले भन्नुभयो “मेरो डाक्टरहरुलाई के अनुरोध छ भने केही उत्तेजित युवा समुहले गरेका घटनाले गर्दा अब नेपालमा डाक्टर बस्नै सक्दैनन, नेपालमा बस्नुको औचित्य छैन, त्यसैले सबै जना विदेशीनु पर्छ भन्नु गलत मनसायले यहाँ सडेन्त्र सुरु भएको छ ।” नेपालमा केही हुदैन भन्दै नेपालमा केही गर्न नचाहनेहरुको लागि यस्ता अभिव्यक्तिले थप बल पुगेको उहाँको भनाई थियो । मानविय सेवामाको भावले लागेका डाक्टरलाई अहिलेको छुटपुट घटनाले गर्दा नबहकिन मुख्यमन्त्री पाण्डेले आग्रह समेत गर्नु भएको छ ।

मुख्यमन्त्री पाण्डेले भन्नु भयो “सबैको सुरक्षाको जिम्मा सरकारको हो, हामीेले लिन्छौ, आफ्ना बिरामीको मृत्यु भए पछि अस्पतालमा होहल्ला गर्ने, क्षतिपुर्ति माग गर्ने जस्ता कृयाकलापबाट अब हामी सचेत हुनुपर्छ । ” करको दायरा बढाउन लागेको बताउदै उहाँले ढलेका रूख र दाउरा संकलन गर्न खोज्दा समस्या भएको बताउनु भयो । उक्त क्षेत्रबाट करिब ४० देखि ५० लाख राजश्व संकलन हुने उहाँले दाबी गर्नु भयो । केन्द्र सरकारसंग १५ वटा डायलसिस मेसिन माग गरेको हालसम्म नआएको उहाँले गुनासो गर्नु भयो । प्रदेशसंग भएको सिमित श्रोतसाधनलाई अधिक रूपमा परिचालन गर्न कर्मचारीलाई मुख्यमन्त्री पाण्डेले निर्देश दिनु भयो ।

प्रदेशकी सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री शुसिला सिंखडाले स्वास्थ्य क्षेत्रमा जनशक्ति अभाव भएकोले त्यसको पदपूर्ति गर्न सरकार लाग्ने बताउनु भयो । प्रदेशमा हाल डेंगु रोग शक्रमण बढ्दो रूपमा रहेको उल्लेख गर्दै उहाँले यसको तनहुँमा केन्द्रीत बढी संक्रमण बढेको दाबी गर्नु भयो । हाल बागलुङबाट जनरल बेडमा निशुल्क सेवा सुरू भएको बताउदै उहाँले प्रदेशका ११ जिल्ला अस्पतालमा निशुल्क जनरल वेडको व्याबस्था गर्ने बताउनु भयो ।

गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले प्रदेशमा दैनिक २ जनाको आत्महत्या हुने गरेकोले यसमा सचेतना आवश्यक भएको बताउनु भयो । सुत्केरी, गम्भीर बिरामीहरूको लागि हेलिकोप्टर अत्यावश्यक सेवालाई समेत प्रभावकारी बनाउनु पर्ने उहाँले बताउनु भयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य प्रशासक डा.एदुचन्द्र घिमिरेले नेपालमा स्वास्थ्य क्षेत्रमा धेरै सुधार गर्नुपर्ने बताउनु भयो ।

प्रदेशका स्वास्थ्य निर्देशनालयका महानिर्देशक डा.खिमबहादुर खड्काले स्वास्थ्य कार्यालयका भवन निर्माण सुरू हुँदै गरेको बताउनु भयो । केही भवन अधुरा भएको उल्लेख्य गर्दै बिशेषज्ञ जनशक्ति आवश्यक भएको उहाँले बताउनु भयो । प्रदेशमा मातृशिशु मृत्युुदर उच्च रहेकोले यसलाई न्यूनिकरण गर्न एयर एम्बुलेन्स आवश्यक भएको उहाँको भनाई थियो ।
सामाजिक तथा स्वास्थ्य मन्त्रालयका सचिव डा. बिनोदविन्दु शर्माले जनस्वास्थ्यको क्षेत्रमा बिशेष ध्यान दिनु पर्ने उहाँले बताउनु भयो । अझै २६ प्रतिशत कर्मचारी पदपूर्ति नभएको उहाँले बताउनु भयो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले अस्पतालको काम र जिम्मेवार वाडफाँड हुनुपर्ने बताउनु भयो । अझै ४० प्रतिशत आधारभूत सेवामा लाग्नु परेको उहाँले बताउनु भयो । नर्सिङ क्याम्पस पोखराका प्रमुख गिता ताम्राकारले क्याम्पसले हरेक बर्ष स्नातक र स्नातकोत्तरमा एक सय जना उत्पादन गर्ने बताउनु भयो ।

कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालयका बरिस्ठ स्वास्थ्य शिक्षा प्रशाशक हेमन्त शर्मा पौडेल, प्रदेश स्वास्थ्य आपूर्ति व्यावस्थापन केन्द्रका महानिर्देशक डा. राजेन्द्रप्रसाद रिजाल, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक मनमोहन मिश्र, प्रदेश स्वास्थ्य तालिम केन्द्रका निमित्त महानिर्देशक रमेशप्रसाद अधिकारी, क्षयरोग उपचार केन्द्र पोखराका निमित्त निर्देशक अरूणकुमार झा लगायतले आ–आफ्नो कार्यालयको प्रगती विवरण पेश गर्नु भएको थियो ।



This will close in 20 seconds