रेडक्रसको २४ औं संरक्षक गोष्ठी

-


     पोखरा क्लिक     
     फागुन ७ गते २०७८ मा प्रकाशित


कास्की जिल्लाका जुनियर तथा युवा रेडक्रसका संरक्षक अर्थात प्रधानाध्यापकहको २४ औं गोष्ठि शुक्रवार भएको छ ।

कास्की जिल्लाका ७३ बिद्यालका प्रधानाध्यापकहरुको सहभागिता रहेको उक्त गोष्ठिको शिक्षा विकास तथा समन्वय ईकाइ समितिका प्रमुख नारायणप्रसाद सुवेदि र कास्की रेडक्रसका सभापति डोलराज पाण्डेयले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

कार्यक्रममा शिक्षा विकास समन्वय ईकाइका प्रमुख नारायणप्रसाद सुवेदिले बिद्यमान समाजमा मानवता हराउदै गएकाले बिद्यालय तहमै कक्षा शिक्षणका साथैे रेडक्रसका सिद्धान्तहरुको अध्ययन तथा अभ्यास गराउन सके बिद्यार्थीहरुमा सामाजिक भावनाको विकासहुने भन्दै सम्पुर्ण बिद्यालमा जुनियर तथा युवा रेडक्रस सर्कल गठन गरि बिद्यार्थीहरुलाई सकृयता गराउन प्रधानाध्यापकहरुलाई निदेशन दिए ।

कास्की रेडक्रसका सभापति डोलराज पाण्डेले संगठनको उद्देश्यप्राप्तीका लागि जुनियर तथा युवाहरुको नेतृत्व तथा सीप विकासका गरि दक्ष स्वयंसेवक मार्फत मानविय कार्य गर्न युवा तथा जुनियर रेडक्रस सर्कल उपयोगि हुने बताए ।

गोष्ठिमा रेडक्रस अभियान संवन्धि सहजीकरण कास्की रेडक्रसका उपसभापति कृष्ण तिमिल्सीनाले गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी कास्कीशाखा अन्तर्गत शैक्षीक सत्र २०७९ का लागि प्रतियोगिता तर्फ कविता, बक्तृत्वकला, चित्रकला, हाँजिरी जवाफ, लोकगित, निवन्ध तथा अल्वम प्रतियोगिता र गोष्ठि तथा प्रशिक्षण तर्फ ३९ औं जुनियर युवा तथा शिक्षक नायक गोष्ठि, २५ औं संरक्षक गोष्ठि, आधारभुत प्राथमिक उपचार, विपद् ब्यवस्थापन, सरुवा रोग संक्रमण सचेतना, जलवायु परिवर्तन र चेतनामुलक कार्यक्रम संचालन हुने नेपाल रेडक्रस सोसाइटी कास्कीका सदस्य एवं जुरयू समितिका संयोजक बिष्णुप्रसाद भण्डारीले जानकारी दिए ।

कार्यक्रम जुनियर युवा समिति कास्कीका संयोजक बिष्णुप्रसाद भण्डारीको अध्यक्षतामा भएको थियो । समारोहमा
शिवशक्ति यु।रे।स।का अध्यक्ष धनविर नाल्वो, जुरयू समितिका सदस्य सुर्यप्रसाद तिमिल्सीना, शिव शक्ति मा।बिका प्रधानाध्यापक शम्भुराज बास्तोला र जुनियर यूवा समिति कास्कीका सचिव मित्रलाल सुवेदीले बोलेका थिए ।



This will close in 20 seconds