पर्यटन

स्ट्याण्डर्ड चार्टर्ड बैंकको सहयोगमा डिजिटाइजेसन र महिला उद्यमशीलता सम्बन्धि प्रशिक्षण, पर्यटकको बसाई अवधि लम्बाउने गरी होमस्टे संचालन गर्न सुझाव

दीननाथ बराल, पोखरा, ३१ साउन, घरवास कार्यक्रम (होमस्टे) मा पर्यटकहरुको बसाई अवधि लम्बाउने गरी होमस्टे संचालन गर्न विहिबार पोखरामा आयोजित एक कार्यक्रममा वक्ताहरुले सुझाव दिनु भएको छ । महिला उद्यमी महासंघको आयोजनामा ‘महिला उद्यमीहरुले नेतृत्व गरेका वा स्वामित्वमा रहेका व्यवसायहरुको डिजिटाइजेसन र उद्यमशीलता विकासद्वारा महिलाहरुको आर्थिक सशक्तिकरण’ परियोजना अन्तर्गत बागलुङका दुई होमस्टे सञ्चालक महिलाहरुलाई दिइएको १५ दिने सिकाई तथा अनुभव आदानप्रदान कार्यक्रमको विहिबार पोखरामा समापन तथा प्रमाण पत्र वितरण कार्यक्रममा सहभागि वक्ताहरुले उक्त सुझाव दिनु भएको हो । स्ट्याण्डर्ड चार्टर्ड… पुरा पढौ

‘डुलुवा’ टोली भारतको कन्याकुमारीमा, पोखराको पर्यटन प्रवद्धनमा टेवा

पोखरा, २९ साउन. पोखराको पर्यटन प्रवद्र्धनका लागि भारत भ्रमणमा रहेको ‘डुलुवा’ टोली कन्याकुमारी पुगेको छ । पोखराको ‘डुलुवा’ टोली पर्यटन प्रवद्र्धन गर्न एक महिने भारत भ्रमणका लागि साउन १७ मा पोखराबाट प्रस्तान गरेको थियो । उनीहरु कास्कीकोटको कालिका मन्दिरमा पुजा गरेर हिडेको टोली कन्याकुमारीमा पुगेको छ । उनीहरुले विहार प्रदेश, पश्चिमा बंगाल, भारखण्ड, उडीसा, तामील नाडु प्रदेशको यात्रा गर्दै कन्याकुमारी पुगको टोलीका सदस्य ठाकुर बरालले जानकारी दिए । उनीहरुल अहिले सम्म ४५ सय किलोमिटरका यात्रा पुरा गरीसकेका छन् । उनीहरु… पुरा पढौ

हाइकिङको ५० औं श्रृङ्खलामा पर्यटन विकासमा हाइकिङको योगदानको चर्चा

पोखरा २९, साउन, हाइकर्स क्लब नेपालको आयोजना तथा पोखरा महानगरपालिका वडा नं. २३ को सहकार्यमा पर्यटन विकासमा हाइकिङको योगदानको चर्चा परिचर्चा कार्यक्रम तथा हाइकिङ भाग ५० शनिबार पोखरा २३ बाम्दी देखि तारेभिर हुँदै घाँटीछिनासम्म पदयात्रा गरी सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि पोखरा २३ का वडा अध्यक्ष रामकाजी गुरुङले कार्यक्रमको उद्घाटन गर्दै पर्यटन र स्वास्थ्यको लागि हाइकिङ भन्ने मूलनाराका साथ हरेक महिनाको अन्तिम शनिबार हाइकिङ कार्यक्रमले आन्तरिक पर्यटनमा ठुलो योगदान गरेको वताउँदै पोखरा २३ वडामा हाइकिङ समुह आउँदा यहाँका वासिन्दामा… पुरा पढौ

पशुपतिनाथमा दर्शनार्थीको भिड्ः

काठमाण्डौं २८, साउन, धार्मिक तिर्थ स्थल पशुपतिनाथ मन्दिरमा दर्शनार्थीहरुको सोमबार अत्याधिक भिडभाड भएको छ । यस बर्ष २०८१ को साउन महिनाको अन्तिम सोमबारमा बोलबमका भक्त सहित पशुपती मन्दिरको दर्शन गर्न बिहानै देखि दर्शनार्थीको अत्याधिक भिड भएको हो । साथै पशुपतिनाथ मन्दिर परिसरमा महायज्ञ समेत आयोजना भएको छ । तष्विर डि.एन.बी. https://www.youtube.com/watch?v=KsCBmm_9QMQ पशुपतिनाथ मन्दिरमा आयोजित महायज्ञमा महिला समुहद्धारा नौमती बाजाको प्रस्तुतीले आकर्षण गर्यो । भिडियो सामाग्रि । https://www.youtube.com/watch?v=U-FsxjobJKg पुरा पढौ

एमएडब्ल्यू वृद्धि कमर्शियल भेइकल्सको शाखा पोखरामा

साउन २८ पोखरा एमएडब्ल्यू वृद्धि कमर्शियल भेइकल्स प्रा. लि.ले आफ्नो नयाँ शाखा पोखरामा विस्तार गरेको छ । विस्तारित शाखाको आइतबार एक कार्यक्रमका विच गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातयात मन्त्री राजीव गुरुङ र कम्पनी प्रवन्ध निर्देशक तुषार गुप्ताले रिवन काटेर संयूक्तरुपमा उद्घाटन गरेका हुन् । पोखराको बुद्धचोकस्थित शोरुमको उद्घाटन गर्दै मन्त्री गुरुङले अबको भविष्य भनेकै इलेक्ट्रिक सवारी साधनको भएको बताए । उनले भने, ‘देशमा जलविद्युतको द्रुत विकासको कारण विद्युतिय सवारी साधनको भविष्य छ । यसको प्रयोगले सवारी साधन मालिकलाई मात्रै… पुरा पढौ

पोखरा र भुटानको पर्यटन प्रबद्र्धन गर्न सहकार्य हुने

पोखरा २५, साउन, ट्रेकिङ्ग एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान) गण्डकीको अनुरोधमा भुटान स्थित एमिन भुटान टुर्स एण्ड ट्रेक प्रा.लि.ले टान गण्डकीमा आवद्ध भुटान टुर बिक्री गर्ने कम्पनीका प्रतिनिधीहरुलाई सहभागी गराई ५ दिने कार्यक्रम हालै सफलताका साथ सम्पन्न भएको छ । टान गण्डकीको आयोजना ,पोखरा महानगरपालिका सहयोग र नेपाल पर्यटन बोर्डको प्रबर्धनमा गरिएको उक्त कार्यक्रमको संयोजन ंसस्थाका प्रथम उपाध्यक्ष कृष्ण प्रसाद आचार्यले गर्नु भएको थियो । उक्त परिचयात्मक भ्रमणमा पोखरा पर्यटन परिषदका अध्यक्ष पोम नारायण श्रेष्ठ , टान गण्डकीका कार्यसमिति सदस्यहरु… पुरा पढौ

पर्यटन क्षेत्रका समस्या लगायतमा संघीय मन्त्रीलाई स्मरणपत्र

पोखरा, २२ साउन, नेपाल लोकतान्त्रिक पर्यटन ब्यावसायी संघ, गण्डकी प्रदेश सहित पोखराका पर्यटन व्यवसायीले पोखरा सहित गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा विद्यमान समस्या लगायतका विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेलाई स्मरणपत्र प्रस्तुत गरेका छन् । संघका गण्डकी प्रदेश संयोजक सोमबहादुर थापामगर सहित पोखराका पर्यटनसम्बद्ध क्षेत्रका प्रतिनिधिले विभिन्न विषयमा मन्त्री पाण्डेलाई स्मरणपत्र प्रस्तुत गर्दै समसामयिक विषय बारे जानकारी गराएका हुन् । संयोजक थापाले प्रस्तुत गर्नुुभएको स्मरणपत्रमा पर्यटनका लागी आवश्यक गुणस्तरीय विकासका लागि पूर्वाधार नभएको भन्दै सडक सञ्जाल कमजोर, विमानस्थल… पुरा पढौ

शनिबार पनि पोखरामा माइक्रो बसहरुको प्रदुषण परिक्षण ( भिडियो सहित)

दीननाथ बराल, पोखरा १९, साउन, पर्यटकीय नगरी पोखरामा शनिबार पनि पोखरामा संंचालन हुने माईक्रो बसहरुको यात्रीक परिक्षण तथा प्रदुषण जाचपास गरिएको छ । अन्य दिनमा सवारी साधनहरुको जाच गर्ने ठाँउको अभावले गर्दा शनिबार बिदाको दिनमा यातायात व्यवस्था कार्यालय सवारी कार्यालय परिसरमा उक्त परिक्षण गर्न लागिएको कार्यालयका निमित्त प्रमुख गौतम अशोकले पोखराक्लिकलाई बताउनु भयो । भिडियो सामाग्रि । https://www.youtube.com/watch?v=Ke0lth921B8 पोखरा यातायात प्रा.लि. अन्र्तगत पोखरामा संचालन हुने माइक्रो बसहरुले बजारमा बढी धुलो फाल्ने गरेको जनगुनासो आएकोले पहिलो चरणमा माईक्रोबसबाट उक्त परिक्षण गर्न… पुरा पढौ

फलोअपः पोखरामा स्कुल बस दुर्घटनामा परी मृत्यु हुनु भएका आमा र छोराको शव ५ दिन पछि आफन्तले बुझे

दीननाथ बराल,पोखरा १८, साउन, पोखरामा स्कुल बस दुर्घटना परी मृत्यु हुनु भएको आमा र छोराको शव ५ दिन पछि मात्र आफन्तले बुझ्नु भएको छ । पोखरा पार्दीविरौटाको एलपी देवकोटा मेमोरियल स्कुलकी कर्मचारी ३३ बर्षकी आरती बि.क.(आमा) र उहाँका छोरा ६ बर्षका प्रिन्स बि.क.को पोखरा २१ को मट्टिखान नजिक गिङ्कुको भिरबाट बस पल्टदा मृत्यु भएकोमा आज ५ दिन पछि सहमती भए पश्चात उहाँका आफन्तले शव बुझ्न्ु भएको हो । आमा र छोराको पोखराको तुल्सीघाटमा शुक्रबार अन्तिम दाहसंस्कार समेत गरिएको छ ।… पुरा पढौ

पोखरा आउँदै गरेको बुद्ध एयरको विमान पुनः काठमाडौँ फर्कियो

काठमाण्डौं १८, साउन, पोखरा आउँदै गरेको बुद्ध एयरको विमान पुनः काठमाडौँ फर्किएको छ । उक्त विमानमा प्राविधिक समस्या देखिएको भन्दै शुक्रबार ‘नाइन एन एएमडी’ कलसाइन भएको उडान नं. ६५५ को विमान काठमाडौँको त्रिभुवन अन्तराषर््िट्रय विमानस्थलम नै अवतरण गराइएको गराइएको छ । काठमाडौंबाट पार हुने क्रममा उक्त विमानको इन्डिकेटरमा समस्या देखिए पछि विमानका पाइलटले जोखिम सामना नगरी काठमाण्डौंमै सुरक्षित अवतरण गराइएको हो । उक्त विमानमा सवार यात्रुहरूलाई पुनः अर्को विमानबाट पोखरा लैजाने तयारी गरिएको बुद्ध एयरले जनाएको छ । अवतरण गरिसकेपछि… पुरा पढौ