२ हजार ५ सय मिटर माथि जाने पदयात्री र उच्च भेगमा जाने पर्यटकका लागि कोरियन अक्सिजन मास्क नेपाली बजारमा

-


     पोखरा क्लिक     
     मंसिर ३ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,

पोखरा ३, मंसिर,

२ हजार ५ सय मिटर भन्दा माथिको भेगमा जाने पर्यटन तथा पदयात्रीहरुको लागि अक्सिजन उतपादन गर्ने मास्क मानव जीवन रक्षाको लागि अति आवश्यक भएको बताइएको छ । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) गण्डकीले आज (सोमबार) पोखराको वरपिपल रिसोर्टमा आयोजना गरेको उक्त मास्क प्रर्दशनी तथा महत्वको बारेमा जानकारी गराउन आयोजित छलफल कार्यक्रममा सहभागिहरुले उक्त मास्क नेपालको पदयात्रामा जाने पदयात्री सहित धेरै उचाईमा जाने पर्यटकहरुको लागि आति नै आवश्यक भएको जोड दिनु भएको हो ।

दक्षिण कोरियाको सेभिङ स्टोरी कम्पनी लिमिटेडले उत्पादन गरेको यो अभिनव मास्क धेरै उचाइमा पर्वतारोहण र ट्रेकिङ गर्नेहरूका लागि निकै नै फलदायी हुने पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले बताउनु भयो । नेपालको भूगोल सुहाउदो उक्त मास्कले प्रमोशन गर्न सके पदयात्रामा जाने भारतिय सहितका अन्य पर्यटकहरुलाई थप आकर्षण गर्न सकिने उहाँले दाबी गर्नु भयो । पोखरादेखि ८ सय मिटरको उचाई देखि बसमा एकै दिनमा ४ हजार मिटरको उचाईमा जादा केही व्यक्तिहरुलाई लेक लाग्ने समस्या हुने पहारीले उल्लेख गर्नुभयो ।

टान गण्डकीका सल्लाहकार डम्बर बहादुर केसीले उक्त मास्क पदयात्रीहरुको लागि अनि नै आवश्यक भएकोले तत्काल खरिद गर्ने बताउनु भयो । अब पदयात्रामा जानेहरुको लागि उक्त मास्कको जोहो गर्न सके मानवको ज्यान बचाउन सकिने उहाँको तर्क थियो । होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले हाल उक्त मास्क महङगो लागे पनि मानवको ज्यान भन्दा पैसा ठुलो नभएको बताउनु भयो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका निमिक्त कार्यालय प्रमुख नविल पोखरेलले नेपालको पदयात्रामा प्रायः भारतीय पर्यटकहरुलाई लेक लाक्ने समस्या बढी भएकोले केहीको ज्यान समेत गएकोले यसको राम्रोसंग बजारीकरण सहितको पर्यटकको सहज पहुच पुर्याउनु पर्नेमा जोड दिनु भयो ।

उच्च उचाइ क्षेत्रका लागि अक्सिजन उत्पादन गर्ने मास्क (इहथनभल–नभलभचबतष्लन ःबकप ायच ज्ष्नज ब्तिष्तगमभ ब्चभब) को विषयमा उक्त मास्क उत्पादन गर्ने कोरियन कम्पनी अल्ट डट ओएक्सका संचालक हा ग्वाङ हो र उक्त मास्कका ब्राण्ड एम्बसडर ८ हजार भन्दा माथिका १४ वटा हिमाल आरोहि किम मिकोनले मास्कको महत्व र कसरी लगाउने लगायतका बिषयमा बताउनु भएको थियो । उक्त मास्क ५ पत्रे हुने, जहाँ दुई वटा अक्सिजन ट्युव राखिएको हुन्छ भने अक्सिजन उत्पादनले दुई घण्टासम्म प्रयोग गर्न सकिन्छ सकिन्छ । मास्कको ४२ ग्राम तौल रहेको हुन्छ ।

यो मास्क लेक लागिसकेपछि पनि आराम गरेर लगाउदा मास्क काम गर्छ । यो मास्कले अक्सिजनको लेवल आफै मिलाउने हुनाले यो मास्क प्रयोग गर्न सुरक्षित हुने उनको भनाई छ । उक्त मास्कको नेपाली मुल्य ७ हजार पर्ने हाल २ बर्षको म्याद भएको नेपालको आधिकारीक बिक्रेता ट्रेकिङ क्याम्प नेपालका संचालक वाङ्गचु शेर्पाले बताउनु भयो । कोरियन सरकारबाट अन्तराष्ट्रिय बजारसम्म मान्यता प्राप्त उक्त मास्क नेपालमा समेत आफुहरुले उपलब्ध गराएको उहाँले जनाउनु भयो ।

टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्यले उच्च भेगमा जाने ट्रेकिङ र पर्वतारोहण गर्नेहरूको लागि अत्यावश्यक सुरक्षा उपकरण अक्सिजन उत्पन्न गर्ने उक्त मास्क नेपालमा अति नै उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । भारतीय पर्यटकहरु लेक लागेर बर्षेनी धेरै पर्यटकहरुको ज्यान गएको सन्दर्भमा यसको महत्व र प्रभावकारीताको बिषयमा बुझाउन सके नेपालको पर्यटन समेत प्रबद्र्धन हुने उहाँले दाबी गर्नुभयो । टान गण्डकीका प्रथम उपाध्यक्ष तीर्थराज सुवेदी, सचिव गोपाल कृष्ण संग्रहौला, सहसचिव भुपेन्द्र कुमार लामा लगायले वोल्नु भएको थियो । उक्त मास्क हाल अमेरीका, युरोपमा समेत जान थालेको छ भने आगोलागी हुदा समेत लगाउन मिल्ने मास्क भेतनाममा पठाउन थालेको ग्वाम होले जनाउनु भयो ।