
पोखरा २, मंसिर,
कर दिवसको अवसरमा पोखरामा जारी कर सप्ताह कार्यक्रम अन्र्तगत दोश्रो दिन आइतबार पोखरामा पहिलो सेवाग्राहीलाई सम्मान गरिएको छ ।
कर प्रणालीको सार, लगानीको आधारू भन्ने मुल नारा सहित आयोजित कर सप्ताह कार्यक्रम अन्र्तगत पहिलो सेवा ग्राही यम बहादुर हमाललाई सम्मान गरिएको आन्तरिक राजश्व कार्यालय पोखराले जनाएको छ । उहाँलाई फुलमालाले सम्मान गरिएको कार्यालयका प्रमुख कर अधिकृत शिव शर्माले बताउनु भयो ।




