पर्यटन

पोखराको बाराही घाटमा तीन थरी पिङः

पोखरा २५, असोज, पोखराको पर्यटकीय स्थल बाराही घाट क्षेत्र(बाराहीघाट खेल मैदान) मा पिङ खेल्दै स्थानिय एवं पर्यटकहरु ।स्थानियको सक्रियतामा तीन थरीका( चम्राले, रोटै र लिङ्गे) पिङ हालिएको छ । नेपाली कला संस्कृतिको संरक्षण गर्ने उद्धेश्यले आफुहरुले समेत उक्त अयिभानमा सहयोग गरेको पोखरा ६ का वडा अध्यक्ष बिष्णु बहादुर भट्टराईले पोखराक्लिकलाई बताउनु भयो । स्थानियको सक्रियतामा केही बर्ष देखि विभिन्न थरिका पिङ सो क्षेत्रमा हाल्दै आएको उहाँले जनाउनु भयो । पछिल्लो समयमा नेपाली परम्परागत कला संस्कृति लोप हुन थालेकोले त्यसको संरक्षण… पुरा पढौ

फुलपाती देखि दशमीसम्म होटल बाराही काठमाण्डौं र पोखरामा दशैँ भोज

काठमाडौँ २४, असोज, नेपालको चेन हस्पिटालिटीमा स्थापित ब्रान्ड बाराही ग्रुपका दुई होटल, होटल बाराही पोखरा र होटेल बाराही काठमाडौँमा दशैँ भोज सुरु भएको छ । दशैँका खानेकुरा पस्कने उद्देश्यले असोज २४ देखि २६ सम्म भोज आयोजना गरिएको वाराही ग्रुपका कर्पोरेट डाइरेक्टर योगेन्द्र थापाले जानकारी दिए । भोजमा भुटुवा, सेकुवा लगायतका मासुका परिकार, सेल रोटी, अचार, बाराका साथै दशैँका विशेष परिकार रहनेछन् । होटल बाराही काठमाडौँमा साँझ साढेँ ५ बाट सुरु हुने डिनर सेट मेनुको रूपमा उपलब्ध हुनेछ । होटेल बाराही… पुरा पढौ

दशैं र तिहार पर्व लक्षित गरी पाोखराका होटल आवासमा ३० प्रतिशत छुटको घोषणा

दीननाथ बराल, पोखरा २३, असोज, नेपालीहरुको महान पर्व बिजया दशमी तथा शुभदिपावलीको अवसरमा पोखरामा आउने पर्यटकहरुलाई होटल आवासमा ३० प्रतिशत छुट दिने भएको छ । होटल संघ पोखरा नेपालले आफ्ना सदस्य अन्तर्गतका होटल प्रतिष्ठानहरुमा बडा दशै देखी तिहार सम्म प्रकाशित दररेट (आवासमा) पाहुनालाई ३० प्रतिशत सम्म छुट भएको मंगलबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । यस प्रकारको छुटबाट लाभान्वित हुन आन्तरिक पर्यटकलाई अनुरोध गरिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनु भयो । पृथ्वी राजमार्गको पोखरा–मुग्लिन खण्डको स्तरोन्नती कार्य… पुरा पढौ

पोखरामा भेंडा–च्यांग्रा खरिद बिक्रि सुरु, अघिल्लो बर्षको तुलनामा १५ प्रतिशत सहुलियतमा

दीननाथ बराल , पोखरा १९ असोज। वडा दशैं पर्वको अवसरमा पोखरामा हिमाल पारीको जिल्ला मुस्ताङबाट ल्याएका भेडा च्याङग्रा खरिद तथा बिक्रि गर्न सुरु भएको छ । अघिल्लो बर्षको तुलनामा यस बर्ष भेडा च्याङग्रा बढी आएकोले गर्दा करिब १५ देखि २० प्रतिशत सहुलियतमा उपलब्ध भएको व्यवसायीहरुले बताउनु हुुन्छ । हालसम्म ७ हजार ९ सय वटा भेंडा च्यांग्रा निकासि भएका छन्। नेपालीहरुको महान पर्व वडा दशैंको अवसरमा बिक्रि गर्ने उद्धेश्यले मुस्ताङमा आइतबारसम्म ७ हजार ९ सय वटा भेंडा च्यांग्रा निकासि भएको भेटेरिनरी… पुरा पढौ

दशैं पर्वको अवसरमा होटल बाराहीले ल्यायो बाराही दशैं भोज कार्यक्रम

पोखरा १८, असोज, नेपालीहरुको महान पर्व बडा दशैं पर्वको अवसरमा होटल बाराहीले नयाँ प्याकेज ल्याउने भएको छ । बाराही दशैं भोज यही अक्टुवर १० देखि १२ तारिख (असोज २४ देखि २६ गते अर्थात दशैं टिकाको दिन) सम्म होटल बाराहीले नेपाली खानाको प्रबद्र्धन गर्न उक्त कार्यक्रम ल्याएको होटलका फूड एण्ड बेभरेज म्यानेजर रामजी घतानीले बताउनु भयो । आन्तरिक तथा बाह्यि पर्यटकहरुलाई नेपाली परम्परागत खानाको बारेमा राम्रोसंग बुझाउदै उक्त खानाको परिकार पस्कने गरी आफुहरुले नयाँ स्किम ल्याएको उहाँले दाबी गर्नु भयो ।… पुरा पढौ

पोखरामा अन्तर्राष्ट्रिय योगा महोत्सव हुने

पोखरा, १८ अओज पोखरामा यही असोज ३० गतेदेखी आगामी कात्तिक ३ गतेसम्म नेपाल योगा महोत्सव २०२४ आयोजना गरिने भएको छ ।होटल संघ नेपाल र पोखरा स्थित पूर्ण योगा रिट्रिटको संयुक्त आयोजनामा यो कार्यक्रम हुन लागेको हो । पूर्ण योगामा हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको हालै आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नेपाल प्रवर्द्धन गर्ने उद्धेश्य कार्यक्रमले लिएको छ । महोत्सवमा ५० विदेशी सहित कूल १ सय ७० जना सहभागी हुने अपेक्षा आयोजकको छ । महोत्सवमा… पुरा पढौ

पोखरा जगदम्बा ट्राभल्सले पोखरा काठमाण्डौं रुटमा पुनः २ वटा बस थप गर्यो, पोखरा देखि विराटनगरसम्म स्तरीय बस सेवा सुरु (भिडियो)

दीननाथ बराल,पोखरा १८, असोज, यातयात क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको पोखरा जगदम्बा ट्राभल्सले पोखरा काठमाण्डौंमा थप दुई र पोखरा देखि काकडभिट्टासम्म दुई वटा अत्याधुनिक सेवा सुविधा भएका बस सेवा संचालनमा ल्याएको छ । नेपालीहरुको महान पर्व वडा दशैंको अवसरमा काठमाण्डौं सहित पोखरा देखि पुर्व तर्फ धरान, बिराटनगर हुदै काकडभिट्टासम्मको लागि अत्याधुनिक सेवा सुविधा भएका बस सेवा संचालनमा ल्याएको पोखरा जगदम्बा ट्राभल्स प्रा.लि.का प्रोपाइटर युवा व्यवसायी केशव प्रसाद अधिकारीले बताउनु भयो । विगत २५ बर्ष अगाडीदेखि सेवा प्रदान गर्दै आएको कम्पनीले… पुरा पढौ

मनसुनमा रोकिएको हट एअर बेलुन उडान फेरि सुरू

पोखरा १८, असोज, मनसुनका कारण कही महिना स्थगित भएको पोखराको हट एअर बेलुन यसै सातादेखि पुनः सञ्चालनमा आएको छ। हट एअर बेलुन साहसिक पर्यटकीय खेल हो । पछिल्लो समय साहसिक पर्यटनका पारखीहरूको रोजाइमा यो खेल परेको बेलुन नेपालका अध्यक्ष विक्रम बाडेले जानकारी दिए । कम्पनीले करिब ९ हजार फिटमाथिसम्म हट एअर बेलुनमा उडान गर्दै आएको छ । बेलुनबाट माछापुच्छ्रे, अन्नपूर्णलगायतका हिमालहरू, पूर्ण आकारको फेवाताल, पुम्दिकोट महादेव, सराङ्कोट मान्द्रेढुङ्गाबाट उड्ने प्याराग्लाइडिङ तथा पोखरा उपत्यका आसपासको सुन्दर दृश्यावलोकन गर्न सकिनेछ । कम्पनीले… पुरा पढौ

पोखरामा भोलि विहान ४ः३० देखि नै हवाई उडान हुने

पोखरा १६, असोज पोखरामा भोलि विहान (विहिबार ) देखि ४ः३० देखि नै हवाई उडान हुने भएको छ । नेपालीहरुको महान चार्ड बडा दशैं पर्व नजिकीदै गर्दा हवाई यात्रामा यात्रुको माग र चाप बढेकोले भोलि देखि पोखरा देखि काठमाण्डौंको हवाई उठान विहान ४ः३० बजे देखि गर्न सकिने भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । चाडपर्वसँगै गत शुक्रबार र शनिबार परेको अविरल वर्षाले बाढी र पहिरोको जोखिम बढेपछि हवाइ चाप बढेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यो नियम भोलि घटस्थापना… पुरा पढौ

गण्डकीका स्वास्थ्यमन्त्री पाठकले सार्वजनिक गरे कार्ययोजना

पोखरा १४, असोज. गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले स्वास्थ्य क्षेत्रको समस्यालाई भुईं तहबाट नै समाधान गर्ने उद्देश्यसहित तीन कालीन योजना सार्वजनिक गरेका छन् । आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले अल्पकालीन, मध्यकालीन र दीर्गकालीन योजना सार्वजनिक गरेका हुन् । ६ पृष्ठमा समेटिएको तीन कालीन योनजामा नीतिगत तथा कानुन सुधार, सुशासन, आपूर्ति, मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरण, संस्थागत क्षमता विकास, सेवा प्रवाह र गुणस्तरको सुनिश्चितता, आपतकालीन तयारी तथा प्रतिकार्य, सर्ने तथा नसर्ने रोगहरुको व्यवस्थापन, भौतिक पूर्वाधार निर्माण, जनशक्ति व्यवस्थापन… पुरा पढौ