पर्यटन

पोखरामा पर्यटकले पनि संप्त रंगि टिका लगाए

पोखरा, १८ कात्तिक, तिहारका अवसरमा होटल संघ पोखरा नेपालले आइतबार पोखराको लेकसाइडमा आयोजना गरेको १७ औं भाइटिका महोत्सवमा विभिन्न १२ देशका ५६ पर्यटकले सहभागिता जनाएका छन् । पर्यटकको उल्लेख्य उपस्थितिका कारण तीन चरण गरेर उनीहरुलाई टिका लगाइएको थियो । नेपाली संस्कृति संरक्षण गर्दै पर्यटनको प्रबद्र्धन गर्ने उद्धेश्यले महोत्सव आयोजना गरिएको आयोजक संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए । होटल ल्याण्डमार्कमा भएको महोत्सवका सहभागी पर्यटकलाई रेन्वो चिल्ड्रन होम नेपालका छात्राहरुले टिका लगाइदिएका थिए । सप्तरंगी टिका ग्रहण गरेका… पुरा पढौ

देउसी भैलोले पोखरा गुन्जियो, पर्यटक पनि देउसी भैलोमा मस्त

दीननाथ बराल,पोखरा १६, कार्तिक, पर्यटनको राजधानि पोखरा यतिवेला गुन्जायमान भएको छ । नेपालीहरुको चार्ड तिहार पर्वको अवसरमा पोखरामा विभिन्न उद्धेश्यले खेलिएको देउसी भैलो कार्यक्रमले गर्दा हिजोआज पोखरा गुन्जायमान भएको हो । पोखराको पर्यटकीय स्थल लेकसाइड क्षेत्रमा भने देउसी भैलो खेलको विदेशी पर्यटकहरुले निकै मस्त हुनु भएको छ । राति अबेरसम्म पोखराको सडकमा उहाँहरुको उल्लेखनिय उपस्थिती रहेको छ । पोखरामा चहल पहल ह्वात्तै बढेको पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले बताउनु भयो । उहाँका अनुसार पोखरामा हाल पर्यटकको अकुपेन्सि करिब ६०… पुरा पढौ

चार स्वयमसेवी संस्थाको अन्तरक्रियात्मक भेटघाट

पोखरामा क्रियाशील चार स्वयम्सेवी संस्थाको अन्तरक्रियात्मक भेटघाट तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । संयुक्त कार्यक्रम आयोजना गर्ने संस्थामा हाइकर्स क्लब नेपाल, स्वतन्त्र पत्रकार संघ कास्की शाखा, सङ्घर्षमा कलम पोखरा र छोरेपाटन भू.पू. विद्यार्थी मञ्च रहेका छन् । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश नीति तथा योजना आयोगका सदस्य दीपक भण्डारीले संघसंस्थाले तयार गरेका नीति तथा कार्ययोजनाको प्रभावकारी कार्यान्वयनमा सरकारको दिगोपना वर्तमानका पहिलो चुनौती रहेको धारणा राखे । भण्डारीले विकास तथा निर्माण सन्दर्भमा थपे, “आगोको धर्म पोल्नु, पानीको धर्म प्यास मेट्नु… पुरा पढौ

विश्वमा रहेका ८ हजार मिटर अग्ला १४ वटा हिमालहरूको सफल आरोहण गरेका तेजन गुरुङलाई पोखरामा सम्मान

पोखरा ७, कार्तिक, विश्वमा रहेका ८ हजार मिटर अग्ला १४ वटा हिमालहरूको सफल आरोहण गरेका पोखराका तेजन गुरुङलाई पोखरामा विभिन्न संघ संस्थाहरुले सम्मान गरेका छन्। पोखरामा क्रियाशील पर्यटन तथा उद्योगका क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाहरुको आयोजना तथा पोखरा महानगरपालिकासँगको समन्वयमा एक कार्यक्रम गरी आरोही गुरुङलाई सम्मान गरिएको हो । उनलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सम्मान पत्रले सम्मान गर्नुभएको हो । गुरुङले २९ वर्षको उमेरमा विश्वका ८ हजार मिटर अग्ला १४ वटा हिमालहरूको सफल आरोहण गरिसकेका छन् । यसैबिच, उनलाई द्योग… पुरा पढौ

पोखराको पूर्ण योगा रिट्रिटमा शनिबार भक्ति कन्सर्ट हुने

पोखरा २, कार्तिक पोखराको भकुण्डेमा रहेको पूर्ण योगा रिट्रिट र भक्ति ब्याण्डको आयोजनामा भोलि (शनिबार) पोखरामा भक्ति कन्सर्ट हुने भएको छ । पूर्ण योग रिट्रीटको खुल्ला चौरमा हुने उक्त कन्र्सट साँझ ६ बजे देखि बेलुका ९ बजेसम्म हुने गरी तयारी गरिएको पूर्ण योगा रिट्रिटका संचालक मनोहर श्रेष्ठले पोखराक्लिकलाई बताउनु भयो । लोक, रक र नेपाली संगीतमा कन्सर्ट हुने भएको छ । उहाँका अनुसार विदेशी कलाकार (जर्मनी नागरिक) ब्याटा सहित नेपाली कलाकार योगेस कार्की, सागर सहितका कलाकारको बिषेश प्रस्तुती रहने भएको… पुरा पढौ

कोजाग्रतपूर्णिमा पर्वमा तालवराही मन्दिरमा दर्शनार्थी एवं पर्यटकको भिड (भिडियो सहित), नगर प्रहरीले मेला बिथल्यो

दीननाथ बराल, पोखरा १, कार्तिक, पोखरा फेवातालको बिच भागमा रहेको तालवाराही मन्दिर अवलोकन तथा दर्शन गर्नेहरुको बिहिबार अत्याधिक भिड भएको छ । दशैं पर्वको अन्तिम दिन विहिबार (कोजाग्रतपूर्णिमा) पर्वको अवसरमा तालवराही मन्दिरमा दर्शन गर्ने दर्शनार्थी एवं पर्यटकहरुको बर्षकै अत्याधिक भिड भएको फेवा डुंगा व्यवसायी संगठनका निवर्तमान अध्यक्ष बुद्धिबहादुर नेपालीले बताउनु भयो । पोखराको धार्मिक एवं पर्यटकीय गन्तव्य तालवराही मन्दिरमा बर्षको ३ सय ६५ दिन मध्य कोजाग्रतपूर्णिमा पर्वको दिनमा सबै भन्दा बढी भिड भएको उहाँले दाबी गर्नु भयोे । तालवराही मन्दिरको… पुरा पढौ

पोखरामा योगा महोत्सव सम्पन्न

पोखरा १, कार्तिक, पर्यटकीय नगरी पोखरामा नेपाल योगा महोत्सव २०२४ सम्पन्न भएको छ । होटल संघ नेपाल र पोखराको भकुण्डेमा रहेको पूर्ण योगा रिट्रिटको संयुक्त आयोजनामा कार्तिक ३० गते उक्त महोत्सव आयोजना भएको हो । यही कात्तिक ३ गतेसम्म उक्त महोत्सव संचालन हुने भने पनि प्राविधिक कारण वश केही देशका योग साधकहरुले पछिल्ले समयमा नआउने जनाएसगै केही विदेशी सहित आन्तरिक पर्यटक एवं पोखराका पर्यटन व्यावसायीहरुको सहभागितामा उक्त महोत्सव सम्पन्न गरिएको होटल संघ पोखरा , नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले पोखराक्लिकलाई बताउनु… पुरा पढौ

पोखरामा छुट दिने घोषणाले पर्यटक बढे, होटल अकुपेन्सि ५० प्रतिशत

दीननाथ बराल, पोखरा १, कार्तिक, पर्यटनको राजधानि पोखरामा वडा दशैं तथा शुभदिपावलीको अवसरमा पोखरामा आउने पर्यटकहरुलाई होटल आवासमा ३० प्रतिशत छुट दिने पूर्व घोषणाले दशैं लगतै पोखरामा पर्यटक आगमनमा उल्लेखनिय बृद्धि भएको छ । दशै टिकाको केही दिन अघि उक्त घोषणा भए पनि दशैं टिकाको भोलि पल्ट देखि केही दिन पोखराको होटल अकुपेन्सि ७० प्रतिशतसम्म पुगेको व्यवसायीहरुले बताउन भएको छ । नेपालीहरुको महान पर्व बिजया दशमी टिकाको दिन पछि केही दिन ७० प्रतिशतम्म होटल अकुपेन्सि पुगेको पोखरामा हाल ५० प्रतिशतमा… पुरा पढौ

फेवातालमा अलपत्र परेका दुई जनालाई सशस्त्र प्रहरीले गर्यो कुशल उद्धार

पोखरा १, कार्तिक, फेवातालको बिच भागमा काठको डुङ्गामा अड्किएका दुई जनालाई सशस्त्र प्रहरी बल नं. २४ कालिका गणबाट फेवाताल रेस्क्यू टावरमा खटिएको विषेश उद्धार टोलीले सकुशल उद्धार गरेको छ । विहिबार अपरान्ह अचानक आएको हावाहुरीका कारण तालको बिच भागमा खड्किएका रुपन्देही देवदह न.पा.११ घर भई काठमाण्डौ तोखार न.पा. बस्ने २२ वर्षका मनिष विश्वकर्मा र रूपन्देहीको देवीनगर न.पा.११ बुटवल बस्ने २२ वर्षकी प्रिति सुनारलाई उक्त टोलीले उद्धार टोली ले सकुशल उद्धार गरेको कालिका गणका गणपति एवं एसपी अरुण कुमार शर्माले बताउनु… पुरा पढौ

पोखरामा भेडा–च्याङग्राको बिक्रि भएसंगै मासुमा मुल्य बृद्धि, खसि पनि थोरै सङख्यामा मात्र

दीननाथ बराल,पोखरा २५, असोज, दशैं पर्वको अवसरमा पोखरामा बिक्रिको लागि ल्याइएको भेडा–च्याङग्रा सप्तमी (विहिबार) मै बिक्रि भएकोले खसिको मासुको मुल्यमा बृद्धि भएको छ । यस बर्ष सप्तमी मै भेडा–च्याङग्रा बिक्रि भएकोले त्यसको प्रभावले खसि वोकाको माग गढेकोले आफुहरुलाई खसि वोकाको व्यबस्थापन गर्न कठिन भएको पोखरा खसि बोका व्यवसायी समितिका अध्यक्ष ज्ञानबहादुर श्रेष्ठले पोखरा क्लिकलाई बताउनु भयो । लेखनाथ भण्डारढिकबाट च्याङग्रा खरिद गर्न आएको एक टोली । तष्विर पोखरा क्लिक । शुक्रबार बिहान ११ः०० बजे सम्म खसि तथा वोकाको प्रतिकेजी ६… पुरा पढौ