विदेशी पर्यटकसंगै मनाए पोखरेलीले होली पर्व (भिडियो सहित)

-


     पोखरा क्लिक     
     फागुन २९ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
पोखरा २९, फागुन,

विदेशी पर्यटकसंगै पोखरेलीले पनि होली पर्व मनाउनु भएको छ । पर्यटनको राजधानि पोखरामा विदेशी पर्यटकसंगै रमाउदै होली पर्व हर्स उल्लाहासका साथ मनाइएको रेष्टुरेण्ट एण्ड वार एशोसियसन नेपाल (रेवान) पोखराका अध्यक्ष विश्वराज पौडेलले पोखराक्लिकलाई बताउनु भयो ।

नेपालीहरुको चार्ड होली पर्वको बारेमा विदेशी पाहुनाहरुलाई जानकारी गराउदै पोखराको अम्वोटदेखि गौरीघाट, बाराहीघाट, सेन्टर प्वाइट, हल्लनचोक हुदै खहरेचोकसम्म स्वदेशी तथा विदेशीहरु बिच सामुहिक रुपमा होली पर्व मनाइएको अध्यक्ष पौडेलले बताउनु भयो । यसै सम्बन्धि एक भिडियो सामाग्रि ।

पोखराको डिहिकोपाटनमा आयोजना भएको सांगितिक कार्यक्रममा रमाउदै गरेका स्वदेशी तथा विदेशी पर्यटकहरु । यसै सम्बन्धि भिडियो ।

यसैबिच, नेपाल पत्रकार महासंघ कास्की शाखाले पनि पोखरामा पत्रकारहरु बिच एक आपसमा सदभाव कायम हुने गरी होली पर्व मनाएको अध्यक्ष माधव बरालले बताउनु भयो । त्यस्तै मदन भण्डारी स्पोट्स एकेडेमीले खेलकुदकर्मी बिच होली पर्व मनाएको छ । उक्त अवसरमा महिला भलिवलका कप्तान अरूणा शाहीलाई सम्मान गरिएको एकेडेमीका उपाध्यक्ष राजेश कुमार गुरूङले बताउनु भयो ।

राखेपका पूर्व सदस्य समेत रहेका गुरुङले खेलाडीको हौसला स्वरुप ११ हजार नगद सहित सम्मान गरिएको उहाँले जनाउनु भयो । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम सहित खेलाडीहरुले डेमो समेत प्रर्दशन गर्नु भएको थियो ।

त्यस्तै पोखराका केही होटल तथा रिसार्टहरुले आगन्तुक पाहुनालाई विभिन्न प्रकारका रंगहरु लगाउदै विदेशी तथा स्वदेशी पर्यटकहरुसंग होली पर्व मनाएका छन् ।



This will close in 20 seconds