
दीननाथ बराल,
चिन, छाेङसिङ, ११ चैत,
नेपाल पर्यटन बाेर्डले पहिलो पटक चिनकाे छाेङसिङमा सेल्स मिसन ( बी टु बी ) कार्यक्रम गरेकाे छ । गण्डकी प्रदेश सहित नेपालकाे पर्यटन प्रबर्द्धन गर्न चाईनाकाे छाेङसिङमा पहिलाे पटक चिनियाँ पर्यटक पाेखरा सहित नेपालका पर्यटन व्यावसायि बिच सेल्स मिसन कार्यक्रम आयाेजना गरिएकाे नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले बताउनु भयाे ।

चिनकाे छेन्दु र छोङसिङमा हालै आयाेजना भएकाे सेल्स मिसन कार्यक्रममा पाेखरा सहित समग्र नेपालका र चिनियाँ टुर तथा गाईड सहित पर्यटन व्यावसायिक एवं सराेकारवालाहरूकाे उल्लेख्य सहभागिता रहेकाे उहाँले बताउनु भयाे । नेपाल र चिन बिचकाे कुटनीतिक सम्बन्धकाे ७० ओै बर्षगाँठकाे अवसरमा चिन सरकारले सन् २०२५ मा नेपाल भ्रमण बर्ष घाेषणा गर्नु र पोखरा महानगरपालिकाले २०२५ लाई पोखरा भ्रमण वर्ष घोषणा गरेको सन्दर्भमा उक्त कार्यक्रमले दुई देशकाे पर्यटन प्रर्बद्वन हुने प्रमुख लामिछानेले जनाउनु भयाे । पाेखराले २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएकाेमा उक्त अभियानमा यसवर्ष चीनको सिचुआन प्रान्तबाट मात्रै ५ लाख पर्यटक पोखरा आउने मेयर धनराज आचार्यको विश्वास व्यक्त गर्नु भएकाे छ । उहाले भन्नुभयाे यो वर्ष हाम्रो लक्ष्य पूरा गर्न चिनियाँ सरकार सहित विभिन्न सहरहरूले सहयोग गर्नेछन्,’ हामी कहाँ यश बर्ष ‘कम्तिमा ५ लाख पर्यटक यहाँबाट पोखरा घुम्न जाने हामी विश्वास भएका छाै ।’ पोखराबाट छेन्दु सीधा उडान भएपछि पर्यटकलाई आउजाउ गर्न धेरै सहज हुने बताउदै मेयर आचार्यले छेन्दुमा खाजा खाएर पाेखरामा खान खान जान सकिने छाेटाे दुरीकाे हवाई उडान भएकाेले अन्य मुलुकमा जाने ट्रान्जिट प्वाईन्ट भए अझ धेरै हवाई उडान पाेखराबाट गर्न सकिने दाबी गर्नु भयाे ।

नेेपाल र पाेखराकाे बारे धेरै चिनियाँलाई जानकारी नभएकाेले अब तालिम दिने तयारी गरेकाे प्रमुख लामिछानेले बताउनु भयाे । लामो समयदेखि टुरिजम क्षेत्रमा काम गर्दै आएका टूर गाइडहरु पनि पोखराबारे अनविज्ञ रहेकाे उहाँले जनाउनुभयाे ।
नेपाल र पोखराका पर्यटकीय गन्तब्य र भविष्यमा बोर्डले गर्ने कार्यनीतिका बारेमा जानकारी गराएकाे थियोे । पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चाैलागाईंले पाेखरा सबै सिजनमा घुम्न सकिने भएकाे बताउदै पोखरा भ्रमणका लागि छोङसिङका नागरिकसँग आग्रह गर्नुभयाे ।

उहाँले भन्नुभयाे ‘पोखरा प्रकृक्ति, संस्कृति र साहसिक पर्यटनका लागि महत्वपूर्ण गन्तव्य हो, हामी पोखरेली यहाँहरुलाई स्वागत गर्न आतुर छाैं, याे वर्ष सबै चिनियाँ नागरिकहरुलाई नेपालको पर्यटकीय राजधानी पोखरा भ्रमणका लागि हार्दिक आग्रह गर्दछौं ।’
छेन्दुबाट पोखरा उडानले दुई देशको पर्यटन प्रबर्द्धनमा सहयोग पुगेको उनले जनाउनु भयाे ।
छाेङछिङका संस्कृति एवं पर्यटन विकास आयाेगका उपमहानिर्देशक वाङ हाओेले नेपाल चिन बिचकाे पुरानाे सम्बन्ध भएकाेले दुबै देशकाे बिकास पर्यटनबाट गर्न सकिने बताउनु भयाे । सिचुवान बिमानले पाेखरादेखि छेन्दुसम्म सिधा व्यावसाय चार्टर्ड उडान गर्नुले दुबै देशकाे पर्यटन प्रबर्द्धन हुने उहाँले बताउनु भयाे ।

छेन्दु स्थित नेपाली महावाणिज्य दुतावासका महावाणिज्य दुत सुरेश राउतले चीन सरकारले नेपाल भ्रमण वर्ष घोषणा गरेकोमा आफुहरू निकै खुसि भएकाे बताउनु भयाे । अब यो घोषणाको लक्ष्य पूरा गर्न चिनियाँ नागरिकले पनि साथ दिने यहाँले बताउनु भयाे । नेपाल र चीनको पूरानो सम्बन्धलाई स्मरण गराउँदै चिनियाँका लागि नेपाल उत्कृष्ट भ्रमण गन्तब्य भएकाे राउतले जनाउनु भयाे । औपचारिक सम्बन्ध स्थापनाको ७० वर्ष पूरा भएको छ ।

पोखरा पर्यटन परिषद्का महासचिव जीवन सापकोटाले पोखरा छेन्दु उडानले पोखरेली पर्यटनमा नयाँ उत्साहीत बनाएकाे बताउनु भयाे । फेवा डुंगा व्यावसायी संगठनका काेषाध्यक्ष बुद्विनाथ पाण्डेले पाेखरामा चिनियाँ पर्यटकसंगकाे सम्बन्ध बढाउन भाषा सिक्ने बताउनु भयाे । पाेखरामा फाेहाेरकाे समस्यालाई समाधान गर्न चाईनाबाट धेरै कुरा सिक्नु पर्ने पाेखरा ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारीले बताउनु भयाे ।

पोखराका पर्यटन व्यवसायीहरु पोखरा छेन्दु चार्टर व्यवसायिक उडान मार्फत १ सय २६ सदस्य टाेली चीन आउनु भएकाे छ । सिचुआन एयरको जहाज चार्टर गरेर पर्यटकलाई निमन्त्रणा गर्न चीन आएको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताउनु भयाे । ‘यस्ता सेल्स मिसनले हाम्रा पर्यटकीय गन्तब्यको प्रबर्द्धन र पर्यटक बढाउन सहयोग पुग्ने उहाले बताउनु भयाे ।

सिचुआनले छेड्दुबाट पोखरामा लगातार १० हप्तासम्म उडान गर्ने भएकाे छ । प्रत्येक साता एउटा उडानको व्यवस्था मिलाइएको हो। यो अवधीमा १ हजार २ सय ५० पर्यटक पोखरा जाने छन भने उहाँहरूकाे टिकट विक्री भैसकेको छ। पोखराबाट पनि ३ वटा फ्लाईट केही पर्यटक संस्थागत रुपमा चीनका सहरमा घुम्ने तयारी गरेका छन् । पहिलो पटक पर्यटन व्यवसायीको टोली चीन रहनु भएकाे छ । अन्य व्यवसायीहरु उद्योग वाणिज्य संघको नेतृत्वमा चीन आउने तयारी गरेकाे परिषदका महासचिव जीवनराज सापकोटाले बताउनु भयाे ।
चिनियाँ पर्यटकलाई निम्तो गर्न पाेखराका पर्यटन व्यावसायि चिनकाे सिचुवान प्रान्तका शहरहरूमा घुमघाममा रहेकाे परिषदले जनाएकाे छ । टाेली मंगलबार छेन्दुबाट करिब साँढे २ घण्टा पछि सिचुवान बिमानबाट पाेखरा जाने भएकाे छ ।