
दीननाथ बराल,
पोखरा १२, फागुन,
प्यासिफिक एसिया ट्राभल एसोसिएसन नेपाल च्याप्टर(पाटा)को आयोजनामा पर्यटनको राजधानि पोखरामा आज (सोमबार) देखि नेपाल, भारत, चाइना एक्सपो २०२५ सुरु भएको छ । पोखरा सहित नेपालको पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यले पोखरामा उक्त कार्यक्रम आजबाट सुरु भएकोे कार्यक्रम संयोजक सुनिल भट्टराईले बताउनु भयो ।
उक्त कार्यक्रममा मित्र राष्ट्र भारत र चाइना सहित नेपालका गरी करिब ५ सय जनाको सहभागिता भएको आयोजकले दाबी गरेको छ । भारतबाट करिब ४० जना र चिनबाट करिब ५० जनाको सहभागिता भएको छ भने बाँकी नेपालीहरुको सहभागिता भएको छ । मंगलबार र बुधबार भने बी टु बी कार्यक्रम हुने भएको संयोजक भट्टराईले जनाउनु भयो । उक्त कार्यक्रममा सहभागि हुन नेपाल सहित भारत र चाइनाबाट क्रेताहरु, बिक्रेताहरु, सञ्चारकर्मी र विज्ञ वक्ताहरु लगायत पर्यटनसँग सम्बद्ध सरोकारवालाहरु बिचको छलफल तथा गोष्ठी एवं अन्तरकृया कार्यक्रम सुरु भएकोे एसोसिएसनका सदस्य एवं कार्यक्रम संयोजक भट्टराईले पोखराक्लिकलाई बताउनु भयो ।
विश्व पर्यटन इतिहासमै पहिलो पटक तीन वटा मुलुक समावेश भई आयोजना गरिने “नाईस” सम्भवतःपहिलो पर्यटन मेला भएको उहाँको दाबी छ । व्यवसायी र निजी तथा सरकारी निकायका सरोकारवालाहरु एवम् संघ संस्थाहरुलाई एकै थलोमा आमन्त्रण गरी आपसी व्यापार प्रवद्र्धन, सम्पर्क सञ्जाल विस्तार तथा त्रिदेशीय पर्यटनको नयाँ आयामहरु उजागर गराउन प्रेरणा प्रदान गर्ने महत्वपूर्ण मञ्च बन्ने आफुहरुले विश्वास लिएको संयोजक भट्टराईले बताउनु भयो ।
‘नाईस फर माईस एण्ड मोर’ भन्ने नाराका साथ आयोजना हुने उक्त पर्यटन मेलाले पोखरालाई पदयात्रा र साहसिक पर्यटनको केन्द्रको रुपमा मात्र नभई बैठक, सभा सम्मेलन, प्रोत्साहान, विवाह तथा अन्य उत्सव, महोत्सव, समारोह, मेला र प्रदर्शनीहरुका लागि आकर्षक गन्तव्यको रुपमा प्रवद्र्धन गर्ने अपेक्षा गरिएको पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले बताउनु भयो । एक्स्पोको आयोजना गर्नका लागि करिब ४ करोड खर्च लाग्ने आयोजकले जनाएको छ ।
यस्ता कार्यक्रमले पोखरा सहित नेपालको पर्यटन प्रबद्र्धनमा धेरै मद्धत पुग्ने परिषदका महासचिव जीवनराम सापकोटाले जनाउनु भयो । नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय, पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद र अन्य प्रमुख पर्यटन संघसंस्था र सरकारी एवं निजी क्षेत्रका विभिन्न साझेदार संस्थाहरुको सहकार्यमा कार्यक्रम भएको हो । नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पोखरा भ्रमण बर्ष २०२५ मनाएको अवसरमा यस क्षेत्रको पर्यटन प्रबद्र्धन गर्न मद्धत पुग्ने विश्वास व्यक्त