पर्यटन

होटल संचालक र कर्मचारीलाई एआई सम्वन्धि अभिमुखिकरण

पोखरा, १० असार होटल संघ पोखरा नेपालले होटलकर्मी तथा उनीहरुका कर्मचारीका लागि मंगलबार एक दिने अभिमुखिकरण प्रदान गरेको छ । एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग र अनलाइनबाट हुने बुकिङको व्यवस्थापन सम्वन्धमा संघले यो कार्यक्रम आयोजना गरेको हो । कृत्रिम बुद्धिमता पनि भनिने एआई र अनलाईन ट्राभल एजेन्सीको प्रायोगबाट २०२५ मा होटलहरुले कसरी बढी भन्दा बढी आम्दानी बढाउन सक्छन् भन्ने विषयमा केन्द्रित भएर यो कार्यक्रम संचालन गरिएको आयोजक संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । कार्यक्रममा एक सय जना भन्दा बढी… पुरा पढौ

ट्रेकिङ गाइड प्रशिक्षार्थीलाई मेथलाङ्को भिरमा रक क्लाइम्बिङ तालिम

पोखरा, ९ असार, पर्यटक पथ प्रदर्शक र ट्रेकिङ गाइड प्रशिक्षार्थीहरुलाई पोखरामा रक क्लाइम्बिङ तालिम दिइएको छ । साहसिक गन्तब्यको रुपमा विकास भइरहेको गण्डकी प्रदेशमा दक्ष जनशक्ति उत्पादन गर्ने उदेश्यले पर्यटक पथ प्रदर्शक, ट्रेकिङ गाइडलाई रक क्लाइम्बिङ तालिम दिइएको हो । ट्रेकिङ एजेन्सीज् एशोसिएसन आफ नेपाल (टान) गण्डकीको आयोजनामा नेपाल पर्यटन बोर्ड र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको सहकार्यमा पोखरामा पर्यटक पथ प्रदर्शक, ट्रेकिङ गाइड र पोटर गाइड तालिम संचालन भइरहेको छ । सोही तालिममा सहभागिलाई भिरमा रक क्लाइम्बिङको तालिम… पुरा पढौ

रूपा गाउँपालिकाले ४८ करोड ५५ लाखको बजेट सार्वजनिक गर्‍यो

पोखरा, असार ९ कास्कीको रूपा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि ४८ करोड ५५ लाख ३७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङले आइतबार गाउँसभामा बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभयो। उपाध्यक्ष गुरुङका अनुसार बजेटमध्ये ३३ करोड ३४ लाख ४८ हजार रुपैयाँ चालु खर्चका लागि र १५ करोड २० लाख ५७ हजार रुपैयाँ पूँजीगत तर्फ विनियोजन गरिएको छ। बजेटको मुख्य स्रोतमा संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँड, ससर्त तथा समपुरक अनुदान गरी करिब ४० करोड… पुरा पढौ

पोखराको बजेट ८ अर्ब ३५ करोड

दीननाथ बराल,पोखरा ८, असार, पोखरा महानगरपालिकाले आर्थिक बर्ष २०८२÷०८३ को लागि ८ अर्व ३५ करोड १२ लाख रुपैयाको बजेट प्रस्तुतः गरेको छ । पोखरा महानगरपालिकाको १७ औं नगरसभामा आर्थिक बर्ष २०८२÷०८३ बजेट तथा कार्यक्रम आइतबार प्रस्तुतः गर्दै पोखराका उपमेयर मन्जुदेवि गुरुङले उक्त बजेट सार्वजनिक गर्नु भएको हो । उक्त बजेटको खर्च केन्द्रगत रुपमा नगर कार्यपालिकाको कार्यालय तर्फ ५५ करोड अर्थात १८.१५ प्रतिशत, सामाजिक विकास तर्फ ३८ करोड अर्थात ७.२८ प्रतिशत, आर्थिक विकास तर्फ १८ करोड अर्थात ३.४५ प्रतिशत, वडा कार्यालय… पुरा पढौ

पोखरा ३१ पचभैयामा खुल्यो ११ करोडको लगानीमा हिमालयन फरेष्ट रिसोर्ट,जलबिद्युतको लगानी रिसोर्टमा

दीननाथ बराल, पोखरा ४, असार, पोखरा महानगरपालिका ३१ बेगनासताल र रुपाताल नजिक पचभैयाको डाँडामा हिमालयन फरेष्ट रिसोर्ट हालै संचालनमा आएको छ । पोखराको मुख्य बजार देखि केही शान्त र तालतलैयाको क्षेत्रमा हरियाली वातावरणमा प्रकृति प्रेमी पर्यटकहरुलाई लक्षित गरी उक्त रिसोर्ट हालै संचालनमा ल्याईएको पोखराका एक युवा व्यवसायी प्रमोद भण्डारीले पोखराक्लिकलाई बताए । पोखराको दोस्रो ठूलो ताल बेगनास, रुपाताल सहितका अन्य ताल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि सुविधा दिने उद्धेश्यले आफुले सो क्षेत्रमा उक्त रिसोर्ट सञ्चालन गरेको उनले जनाए… पुरा पढौ

कनेक्टिभिटीमा जोड दिंदै सकियो जाउँ है पोखरा अभियान

पोखरा, ३ असार, स्तरीय बस सेवा र हवाई सेवा मार्फत् पोखरा र पश्चिम नेपाललाई जोड्दै आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सकिनेमा व्यवसायीहरु एकमत भएका छन् । होटल संघ पोखरा नेपालले गत जेठ २९ गतेबाट यही असार २ गतेसम्म पश्चिम नेपालका केही महत्वपूर्ण शहरहरुमा संचालन गरेको जाउँ है पोखरा अभियानको क्रममा उल्लेखित विषय उठेको थियो । व्यवसायीहरु आपसी सहकार्य गर्दै स्तरीय बस सेवा संचालन गर्न सकिने र हवाई सेवा कम्पनी र स्थानीय निकायसँग समन्वय गरी पश्चिम नेपालका मुख्य शहर र पोखरा जोड्ने… पुरा पढौ

गण्डकी प्रदेशको आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ९७ करोडको बजेट

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ३१ अर्ब ९७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आइतबार प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री डा. टकराज गुरुङले आगामी वर्षको लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको हो। यो बजेटमध्ये १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार रुपैयाँ चालू खर्चका लागि विनियोजन गरिएको छ, जुन कुल बजेटको ३९.५ प्रतिशत हो। १९ अर्ब ९ करोड ३३ लाख २४ हजार रुपैयाँ पूँजीगत खर्चतर्फ छुट्याइएको छ, जसको हिस्सा ५९.७… पुरा पढौ

बुटबल र पोखराका व्यवसायीविच आपसी सहकार्यमा जोड

बुटवल, ३० जेठ, जाउँ है पोखरा अभियान अन्तर्गत शुक्रबार रुपन्देहीको बुटवलमा आयोजित कार्यक्रममा दुई क्षेत्रका ब्यबसायी साझा मुद्दामा एक भएर अगाडि बढ्नुपर्ने विषयमा जोड दिइएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उचित संचालनका लागि सरकारलाई संयुक्त दवाव दिनुपर्ने विषयमा जोड दिइयो । पोखरा र बुटबलका ब्यबसायी पर्यटनका विषयमा सहकार्य गरेर अगाडि बढ्नु पर्ने विषयमा पनि कार्यक्रममा जोड दिईएको थियो । होटल संघ पोखरा नेपालले पश्चिम नेपालका मुख्य शहरहरुलाई लक्षित गर्दै संचालन गरेको जाउँ है पोखरा अभियान… पुरा पढौ

पोखराको फेवातालमा प्याराग्लाइडिङ दुर्घटनाः दुई पर्यटक सहित ४ जनाको उद्धार

दीननाथ बराल,पोखरा २८, जेठ, पोखराको फेवातालमा आज(बुधबार) दिउँसो प्याराग्लाइडिङ दुर्घटना हुँदा दुई जना भारतीय पर्यटक सहित ४ जनाको सकुसल उद्धार गरिएको छ । बुधबार दिउँसो करिब ३ः२० बजेको समयमा हावाको गति तिव्र भएको कारण दुई वटा प्याराग्लाईडिङले तालमा फोर्स ल्याण्डिङ गर्दा दुई जना पर्यटक सहित ४ जनाको सकुशल उद्धार गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हे.क्वा. कालिका अन्तर्गतको फेवा रेस्क्यु टावरमा खटिएको टोलीले पोखराक्लिकलाई जनाएको छ । फेवा रेस्क्यु सहित महावीर गण (रेन्जर) र नं. १ विपद् व्यवस्थापन… पुरा पढौ

फेवा संरक्षणको कदमप्रति होटल संघद्वारा स्वागत

पोखरा, २७ जेठ, सर्वोच्च अदालतको फैसला र आदेशपछि फेवा ताल संरक्षणका लागि पछिल्लोपटक चालिएका कदमप्रति होटल संघले स्वागत व्यक्त गरेको छ । होटल संघ नेपाल गण्डकी र होटल संघ पोखरा नेपालका तर्फबाट हालै एक संयुक्त विज्ञप्ति जारी गर्दै फेवातालको संरक्षणका लागि चालिएका हरेक कदमप्रति संघको साथ रहने जनाइएको छ । संघको गण्डकी शाखाका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रे र संघको पोखरा शाखाका अध्यक्ष लक्ष्मण सुवेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ– निकै ढिला गरेर भए पनि फेवातालको सिमांकन गरेर संरक्षण गर्न थालिएको… पुरा पढौ