पर्यटन

फेवा महोत्सवमा दर्शक उपस्थिति भव्य रहने

पोखरा, २७ चैत, होटल संघ पोखरा नेपालले लेकसाइडमा आयोजना गर्न लागेको फेवा नववर्ष महोत्सवलाई सफल पार्न गठित विभिन्न उपसमितिका संयोजकहरुले महोत्सवमा दर्शकको उत्साहजनक सहभागिता जुटाई कार्यक्रमलाई भव्य बनाइने बताएका छन् । यही चैत ३० गतेदेखि आगामी वैशाख १ गतेसम्म पोखराको ड्यामसाइड र खहरे विचको सडकमा महोत्सव आयोजना हुने छ । महोत्सव उपसमितिका संयोजकहरु संलग्न संघको हालै सम्पन्न बैठकमा संघ अन्तर्गतका सदस्य, प्रतिष्ठानका कर्मचारीहरु र आमा समूह तथा पर्यटकीय संघसंस्थाका व्यक्तित्वहरु संलग्न विशाल र्याली निकाली महोत्सवको उद्घाटन गरिने विषयमा चर्चा गरिएको… पुरा पढौ

छेन्दु पोखरा अन्तराष्ट्रिय उडान गर्न केही समय व्यवसयाीहरुले लगानी गर्न मेयर आचार्यको सुझाव

दीननाथ बराल, पोखरा २६, चैत, पोखरा देखि चिनको छेन्दु सिधा हवाई उडानको हाल व्यवसायिक चार्टर्ड उडाई जारी रहेकोले यसलाई दिगो रुपमा संचालन गर्न धेरै नेपालीहरु रहेका देशहरुको ट्रान्जिट प्वाइट समेत छेन्दु अन्तराष्ट्रिय विमानस्थललाई बनाउन पोखरेलीहरुले माग गर्नु भएको छ । पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट चीनको छेन्दुमा गरिएको पहिलो व्यावसायिक चार्टर्ड उडानका सहभागीलाई सहभागिताको प्रमाणपत्र वितरण गर्ने कार्यक्रममा सहभागि पर्यटन व्यवसायीहरुले पोखरा देखि चिनको छेन्दुमा अन्तराष्ट्रिय ट्रान्जिट प्वाइट बनाउन सके दिगो रुपमा उक्त रुटमा पर्यटक ओहोर दोहोर हुने दाबी गर्नु भएको हो… पुरा पढौ

चिल्ली ग्रुपको लगानी २ अर्ब पुग्यो, टेम्पल बेल वुटिक होटलमै अर्ब बढी लगानी (भिडियो सहित)

दीननाथ बराल,पोखरा २५, चैत, आज भन्दा करिब २० बर्ष अघि करिब २० करोडबाट सुरु भएको चिल्ली ग्रुपको लगानी हाल २ अर्ब भन्दा बढी पुगेको छ । व्यवसायीक क्षेत्रमा नमुना भयर उदायका विश्वराज पौडेल र भिष्मराज पौडेलको संयुक्त लगानीमा हाल पोखराको पर्यटकीय आकर्षणको रुपमा ‘टेम्पल बेल बुटिक होटल एण्ड स्पा’ संचालनमा ल्याउनु भएको हो । यसै सम्बन्धि भिडियो सामाग्रि । https://www.youtube.com/watch?v=aEK25oSKbQg पोखराका पर्यटन व्यवसायी एवं सामाजिक एवं खेलकुदकर्मी विश्वराज र भिष्मराजले करिब १ अर्ब २५ करोडको लागतमा उक्त टेम्पल बेल बुटिक… पुरा पढौ

फेवा नव बर्ष महोत्सवको तयारी तिव्र, महोत्सवका अवसरमा ८० प्रतिशत होटल अकुपेन्सि हुन्छः अध्यक्ष सुवेदी

दीननाथ बरालपोखरा २४, चैत, नेपाली नयाँ बर्ष २०८२ को तयारी तिव्र पारिएको छ । यही चैत ३० गते देखि वैशाख १ गतेसम्म पोखरामा आयोजना हुने उक्त महोत्सवको तयारी तिव्र पारिएको होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनु भयो । उक्त महोत्सवका अवसरमा पोखरामा आयोजना हुने २० औं संस्करणको फेवा नव वर्ष महोत्सवमा होटल अकुपेन्सि करिब ८० देखि ९० प्रतिशत पुग्ने अपेक्षा गरिएको संघले पोखराक्लिकलाई जनाएको छ । आन्तरिक तथा बाह्यि पर्यटकको आगमनले यस क्षेत्रका पर्यटकीय स्तरका होटलको अकुपेन्सि करिब… पुरा पढौ

हेमजामा आलु महोत्सव सुरु

आजदेखि १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरु भएको छ ।‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ विष्णुपादुका क्लवको आयोजनामा महोत्सव सुरु गरिएको हो ।महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटविरुवा परीक्षण तथा रोगको निदान रहेका छन्।त्यस्तै कृषक तथा कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरुका प्रस्तुति, कृषक सम्मान साथै विभिन्न कृषि उपज, वीउविजन तथा… पुरा पढौ

श्री गण्डकी कोटिहोम महायज्ञको संकल्प सभा सम्पन्न

पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ संकल्प सभा आज गरिएको छ । आगामी बैशाख १७ गते देखी सुरु भई जेठ २६ गते सम्म सञ्चालन हुने उक्त महायज्ञको संकल्प सभा एक कार्यक्रमको विचमा गरिएको हो । संकल्पसभामा महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजय श्री कृष्ण मूर्ती जी महाराजले महायज्ञ अवधिभर हुने विविध कार्यक्रमको बारेमा जानकारी दिदै ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञले गण्डकी क्षेत्र र धार्मिक दृष्टिकोणमा यसकने महत्व,यज्ञको महिमा,हवनको महिमा,कोटिहोम… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्डमा उदियमान खेलाडीको प्रायोजनमा सहारा क्लब पोखराको निरन्तरता

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने नवौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८१’ को उदियमान खेलाडी पुरस्कार सहारा क्लब पोखराले प्रायोजन गर्ने भएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर आगामी २० वैशाख २०८२ मा हुने नवौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डको वर्ष उदीयमान खेलाडीको पुरस्कार प्रायोजन सहारा क्लब पोखराले गर्ने भएको हो ।क्लबले उक्त विदामा विगत ८ बर्ष देखी निरन्तर रुपमा प्रायोजन गर्दै आएको छ । आइतबार एक कार्यक्रमका बिचमा सहारा क्लबले यस वर्ष समेत उदियमान खेलाडी पुरस्कार प्रायोजन… पुरा पढौ

पोखरामा पर्यटक डुंगा सयर गर्दै

पोखरा, पर्यटनको राजधानी पोखरामा पर्यटकले डुंगा सयर गर्दै । नेपाली नयाँ बर्ष २०८२ को पुर्व अवसरमा पोखरामा पर्यटकहरुको चहल पहल बढेको छ । तष्विर दीननाथ बराल पुरा पढौ

फेवातालको किनारामा मापदण्ड विपरितका भौतिक संरचना निर्माण कार्य तिव्र गतिमा हुदै, सरोकार पक्ष मौन

दीननाथ बराल, पोखरा २१, चैत, पोखरा फेवातालको किनारमा मापदण्ड विपरितका भौतिक संरचना निर्माण कार्य तिव्र गतिमा अघि बढेको छ । रामसारमा सुचिकृत भएको विश्वकै ऐतिहासिक तथा पर्यटकीय स्थल फेवातालमा हाल अनुमति विना संरचनाहरु बन्ने क्रम हाल तिव्र गतिमा अघि बढेको स्थानियले गुनासो गर्नु भएको छ । विभिन्न व्यवसाय तथा घर एवं भवन बनाउने उद्धेश्यले केही व्यक्तिहरुले फेवातालको किनार छेउमा २ मिटर देखि ३० मिटिर भित्रै भौतिक संरचना निर्माण गर्न लागेको स्थानिय धुर्व थापाले बताउनु भयो । पोखराको सेदीमा २ वटा… पुरा पढौ

पोखराबाट एकै दिन दुई वटा अन्तराष्ट्रिय फ्लाइट

दीननाथ बराल,पोखरा १९, चैत, पर्यटनको राजधानि पोखराबाट आज(मंगलबार) एकै दिनमा दुई वटा अन्तराष्ट्रिय हवाई उडान भएको छ । पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट एउटा व्यवसायीक चार्टर्ड उडान भयो भने अर्को व्यवसायीक उडान भएको पोखरा अन्तराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । चिनको सिचुवान एयरलाइन्सले व्यवसायीक चार्टर्ड फ्लाइट गर्यो भने हिमालयन एअराइन्सले पोखरा देखि ल्हासा व्यवसायीक उडान गरेको हो । चिनको छेन्दुबाट पोखरा आएको सिचुवान एयरलाइन्सको जहाजमा ६० जना यात्रु पोखरा आएसंगै पोखराबाट १ सय २० जना यात्रु छेन्दु प्रस्थान गर्नु भएको पोखराका मेयर… पुरा पढौ