मुस्ताङका उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न अनुरोध

-


     पोखरा क्लिक     
     कार्तिक १० गते २०८२ मा प्रकाशित


मुस्ताङका उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न अनुरोध गरिएको छ । मुस्ताङ प्रशासनले यहाँस्थित पर्यटकीय पदमार्गमा यात्रा नगर्न पदयात्रीलाई सूचना जारी गर्दै आग्रह गरेको हो ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङले जल तथा मौसम विभागले बुधबारसम्म मौसम प्रतिकूल रहने उल्लेख गरेसंगै मुस्ताङका उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न पर्यटक सहित स्थानियलाई आग्रह गरेको हो ।

अहिलेको अबस्थामा मौसम परिवर्तन हुन लागेकोले यो अबस्थामा पदयात्रा नगर्नु÷नगराउनुहुन अनुरोध गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जनाए । बुधबारसम्म हिमपात र वर्षाको सम्भावना रहेकाले पर्यटक तथा तीर्थयात्रीहरूले मौसम पूर्वानुमानसम्बन्धी जानकारी लिएर उच्च सतर्कताका साथ यात्रा गर्न समेत अनुरोध गरिएको उनले बताए ।

मुस्ताङका उच्च हिमाली क्षेत्रको मुस्ताङ(डोल्पा, पाँच हजार ८०० मिटर उचाइको याकखर्क क्षेत्र, पाँच हजार ४०० मिटर उचाइको मनाङ(मुस्ताङ थोरङ्लापास, छ हजार मिटर उचाइको मुस्ताङ(मनाङ सरिबुङ पास र मुस्ताङ(म्याग्दीको धौलागिरि पदमार्गको धम्पुस पिकलगायतका क्षेत्रहरूमा भारीदेखि हल्का हिमपात हुने विभागको प्रक्षेपण गरेको छ ।