पर्यटन

विहिबारदेखि पोखरा २७ मा हुने लेखनाथ महोत्सवको तयारी पूरा (भिडियो सहित), जलपरी प्रर्दशनी हुने

दीननाथ बराल, पोखरा, १ पौष, पोखरा २७ डाँडाकोनाक तालचोकमा विहिबारदेखि सुरु हुने लेखनाथ महोत्सवको तयारी पूरा भएको छ । यही पुष १४ गतेसम्म संचालन हुने महोत्सवमा उधोग, व्यापार, व्यवसाय, सेवामुलक एवं सुचना मुलक सहितका ३ सय ३५ वटा स्टलहरु रहने भएको आज (मंगलबार) महोत्सव स्थलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । https://www.youtube.com/watch?v=GPE0rMnQcqM ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नाराका साथ विहिबार देखि सुरु हुने महोत्सवमा मुख्य आकर्षणको रुपमा जलपरी प्रदर्शनी देखि टिकटक प्रतियोगिता लगायतका मुख्य… पुरा पढौ

सेकेन्ड इन्डिया–नेपाल टुरिज्म मार्ट अन्तर्गत गन्तव्य प्रवद्र्धन आजदेखि

पोखरा, २९ मङ्सिर, सेकेन्ड इन्डिया–नेपाल टुरिज्म मार्ट अन्तर्गत भारतीय टुर अपरेटर र सोसल मिडियाकर्मीको सहभागितामा आजदेखि गन्तव्य प्रवद्र्धनका कार्यक्रम सुरु भएका छन् । पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउँदै भारतीय र बाह्य पर्यटकको संख्यामा बृद्धि गर्न पोखरा भ्रमण वर्ष २०२५, पोखरा पर्यटन परिषद्, उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको सहकार्यमा गन्तव्य प्रवद्र्धन सुरु गरिएको हो । भारतीय टुर अपरेटर र मिडियाकर्मीको टोलीललाई पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटा नेतृत्वको टोलीले आज सुनौली नाकामा… पुरा पढौ

मिथिला संस्कृति सडक महोत्सवमा झल्कने ः सडकमा नाच्न, खान रमाउन पोखरा आउनुहोस्

मंसिर २९, जनकपुर, पोखरा भ्रमण वर्ष २०२५ र आउँदै गरेको २७ औं पोखरा सडक महोत्सवको प्रचार प्रसार एवं प्रवद्र्धन गर्ने उद्देश्यका साथ पुर्वी नेपाल आएको पोखरेली पर्यटन व्यवासयीको टोलीले मिथिला नगरी जनकपुरमा पत्रकार सम्मेलन गरि मिथिलावासीलाई पोखरा घुम्न निमन्त्रणा गरेको छ । पोखरा भ्रमण वर्ष २०२५ कार्य सम्पादन समिति र रेवान पोखराले संयुक्त रुपमा नेपालका पूर्वेली शहरहरुमा पत्रकार सम्मेलन गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराईले प्रवर्धनात्मक कार्यक्रमले आन्तरिक पर्यटनलाई चलयमान बनाउने र प्रत्यक्ष… पुरा पढौ

बिराटनगर र इटहरीबाट पूर्वेलीलाई पोखरेलीको निम्तो ः घुम्न आउनुस, स्वागत गर्न हामी तत्पर छौं

मंसिर २८ बिराटनगर, पोखरा भ्रमण वर्ष २०२५ र आउँदै गरेको २७ औं पोखरा सडक महोत्सवको प्रचार प्रसार एवं प्रवद्र्धन गर्ने उद्येश्यका साथ पुर्वी नेपाल आएको पोखरेली पर्यटन व्यवासयीको टोलीले नेपालको पूर्वी शहर बिराटनगर र इटहरीमा पत्रकार सम्मेलन गर्दै पूर्वेलीलाई पोखरा घुम्न निमन्त्रणा गरेको छ । पोखरा भ्रमण वर्ष २०२५ कार्य सम्पादन समिति र रेवान पोखराले संयुक्त रुपमा यि शहरहरुमा पत्रकार सम्मेलनमा गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराईले पोखरा घुम्नका लागि यतिबेला उपयुक्त मौसम… पुरा पढौ

२७ औं पोखरा सडक महोत्सव ः सुरक्षा निकायका प्रमुखहरुको साझा भनाई–‘सुरक्षा हामी सबैको जिम्मेवारी’

मंसिर २६,पोखरा, रेवान पोखराको आयोजनामा आगामी पुष १३ देखि हुन लागेको २७ औं पोखरा सडक महोत्सवमा सुरक्षा व्यवस्थापन चुस्त पार्न आयोजकले कास्की स्थित विभिन्न सुरक्षा निकायका प्रमुखहरुसंग अन्र्तक्रियात्मक छलफल कार्यक्रम गरेको छ । अन्र्तक्रियाका सहभागिहरुले पोखरा सडक महोत्सवको गरिमा पोखरासंग जोडिएकाले यसलाई सफल पार्न सम्पूर्ण पक्ष लाग्नुपर्नेमा जोड दिनुभयो । महोत्सवका विभिन्न पक्षहरुमध्य सुरक्षा महत्वपूर्ण पाटो भएको बताउँदै महोत्सवका सुरक्षाको जिम्मेवारी आफुहरुले सक्दो रुपमा बहन गर्ने उहाँहरुले प्रतिवद्धजा जनाउनुभयो । अन्र्तक्रियामा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले २७ औं… पुरा पढौ

फिस्टेल रेस (म्याराथन) को उपाधि नेपालका कुलुङ र महिला तर्फ अमेरिकाकी मार्टिनलाई २७ देशका व्लर्ड र्याङकीङ खेलाडी पोखरामा

पोखरा, २१ मंसिर, साहसिक खेलकुदको गन्तव्य पोखरामा शनिबार सम्पन्न भएको प्रतिष्ठित फिस्टेल गोरेटो दौड ‘फिस्टेल रेस’ २०२५ को (म्याराथन ÷४२ किलोमिटर दौड) मा पुरुष तर्फ नेपाल र महिला तर्फ अमेरिकी नागरिकले उपाधि जित्नु भएको छ । छैटौँ संस्करणको उक्त म्याराथनमा पुरुष तर्फ नेपाली धावक सुमन कुलुङले ३ घण्टा ४७ मिनेट १८ सेकेण्डमा ४२ किलोमिटरको दुरी पार गदै विजेता जित्दा महिला तर्फ अमेरिकी नागरिक सोन्या मार्टिनले ५ घण्टा २८ मिनेट ५८ सेकेण्डमा उक्त दुरी पार गदै विजेता हात पार्न सफल हुनु… पुरा पढौ

अख्तियारद्वारा पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा ५५ विरुद्ध मुद्दा दायर

काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार) ले पोखरा विमानस्थल निर्माणको क्रममा व्यापक भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै ५५ जना व्यक्ति र एक विदेशी निर्माण कम्पनी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले भ्रष्टाचारद्वारा खपत भएको रकम लगभग आठ अर्ब ३६ करोड ७३ लाख ५५ हजार रुपैयाँभन्दा बढी रहेको उल्ल्ेख गरेको छ । सो मुद्दामा समावेश व्यक्तिहरूमा तत्कालीन मन्त्रीहरु स्व. पोष्टबहादुर बोगटी रामकुमार श्रेष्ठ, भीमप्रसाद आचार्य र दीपक चन्द्र अमात्य — साथै तत्कालीन अर्थमन्त्री रामशरण महत, सचिवहरु र नागरिक उड्डयन प्राधिकरण… पुरा पढौ

पाँच दिने व्यापार मेला तथा क्यान इन्फोटेक सम्पन्न

पोखरा,२१ मंसिर, पोखराको नयाँबजारमा मंसिर १७ गतेदेखि सुरु भएको ‘नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक २०८२,पोखरा’ सकिएको छ । पाँचदिने मेलाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले समापन गरेका हुन् । समापनको अवसरमा बोल्दै मेयर आचार्यले रोजगारी सिर्जना गर्नका लागि महानगरले सक्दो प्रयास गरेको बताए । व्यवसाय प्रवद्र्धन केन्द्रमार्फत् महानगरले उद्यमशीलता चाहनेहरुको लागि तालिम र परामर्श सेवा प्रदान गरिरहेको उनले बताए । रोजगारी सिर्जना र भौतिक विकासका निम्ति महानगर निजी क्षेत्रसँग हातेमालो गर्दै… पुरा पढौ

कोरी डाँडामा अस्थायी संरचना निरीक्षण, तत्काल भौतिक संरचना निर्माणमा रोक

दीननाथ बराल पोखरा २१, मंसिर, कास्कीको मादी गाउँपालिका–१ स्थित कोरी पद मार्गमा पर्ने सार्वजनिक जग्गामा निर्माण भएका अस्थायी संरचनाहरूको स्थलगत निरीक्षण गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप, जनप्रतिनिधि तथा स्थानीय प्रतिनिधिहरूको संयुक्त टोलीले हालै कोरी पद मार्ग क्षेत्रको निरिक्षण गरेको हो । निरीक्षण टोलीमा एक्याप कार्यालयका आयोजना प्रमुख डा. रविन कडरिया, मादी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष देबीजंग गुरुङ, एक्याप सिक्लेस प्रमुख संग्राम कार्की, एक्यापका प्राविधिक रामजी आचार्य तथा स्थानीय पर्यटन व्यवसायीहरू सहभागी हुनु भएको थियो ।… पुरा पढौ

२७ औं संस्करणको पोखरा सडक महोत्सव पुष १३ देखि हुने, यस बर्ष थप परिस्कृत गछौंः अध्यक्ष पौडेल

मंसिर १८,पोखरा, पर्यटकिय राजधानी पोखराको लेकसाइडमा अंग्रेजी नयाँ वर्षको अवसरमा २७ औं संस्करणको पोखरा सडक महोत्सव हुने भएको छ । महोत्सवको तयारी तिब्ररुपमा अघि बढेको आयोजक रेवान पोखराले बिहीबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको छ । पुष १३ गतेदेखि १७ गतेसम्म लेकसाइडको साढे तीन किलोमिटर क्षेत्रफलमा महोत्सवको आयोजना गरिने सो अवसरमा जानकारी दिइयो । ‘सडकमै खाउँ, सडकमै नाचौं, सडकमै रमाउँ’ भन्ने नाराका साथ आयोजना हुँदै आएको महोत्सवले पोखरालाई आन्तरिक तथा बाह्य पर्यटकलाई अंग्रेजी नया वर्षको गन्तव्य स्थलका रुपमा… पुरा पढौ