पर्यटन

१८ औं भाइटिका महोत्सव होटल पौवामा हुने

पोखरा, २९ असोज, होटल संघ पोखरा नेपालले तिहारका अवसरमा आगामी कात्तिक ६ गते १८ औं भाइटिका महोत्सव २०८२ आयोजना गर्ने भएको छ । लेकसाइड स्थित होटल पौवामा यो महोत्सव हुन लागेको हो । संस्कृतिका माध्यमबाट पर्यटन प्रबद्र्धन गर्दै पर्यटन क्षेत्रलाई थप चलायमान बनाउने उद्धेश्यले महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष लक्ष्मण सुबेदीले जानकारी दिए । पछिल्लो पटक देशको विषम परिस्थितिका कारण पर्यटन क्षेत्र समेत प्रभावित हुन पुगेको भन्दै अध्यक्ष सुवेदीले महोत्सवले पर्यटनलाई पुरानै लयमा फर्काउन टेवा पुर्याउने विश्वास व्यक्त गरे… पुरा पढौ

पोखरा फेवातालको फुटपाथमा जथभावी व्यापार नगर्न चेतावनी

पोखरा, पोखराको फेवाताल किनार(फुटपाथ) मा जथभावी रुपमा व्यापार नगर्न पोखरा महानगरपालिकाले सूचना जारी गरेको छ । फुटपाथ देखि तालको छेउछाउमा मकै पोल्ने, चटपटे बिक्रि गर्ने देखि चिया पकाउने देखि झिर पोल्ने लगायतका विभिन्न व्यापार व्यावसायी गरी जथभावी फोहोर गरेकोले त्यसलाई नियन्त्रण गर्न पहिलो चरणमा पुनःसचेत गराउने तिहार पर्व लगत्तै अहिलेकै अबस्था रहे फुटपातको व्यवसायलाई हटाउने पोखरा ६ का वडा अध्यक्ष बिष्णुबहादुर भट्टराईले बताए । पटक पटक भन्दा पनि सुनुवाई नभएकोले एक पटक सूचना प्रवाह गरीएको छ अबको केही दिन पछि… पुरा पढौ

पोखरामा फेरि बढ्न थाल्यो पर्यटकको रौनक (भिडियो सहित) होटल अकुपेन्सी ३० प्रतिशत पुग्दा पर्यटन व्यवसायीमा आशा जाग्यो

दीननाथ बराल,पोखरा, २५ असोज, विजयादशमी पर्व सकिएसँगै पर्यटनको राजधानी पोखरामा फेरि पर्यटकहरूको चहलपहल बढ्न थालेको छ। पर्वको बिदा सकिएपछि शनिबारदेखि आन्तरिक र बाह्य दुवै पर्यटकहरूको आगमनमा उल्लेखनीय वृद्धि भएको पर्यटन व्यवसायीहरूले बताएका छन्। https://www.youtube.com/watch?v=F0PAjumfN-k पोखराका प्रमुख पर्यटकीय क्षेत्रहरू — फेवाताल, सराङकोट, विश्वशान्ति स्तूप, पुम्दीकोट बिशाल महादेवको मुर्ति, लेकसाइड लगायतका क्षेत्रमा पर्यटकहरूको भिडभाड देखिन थालेको छ। विशेषगरी फेवातालमा ढुङ्गा सयर गर्नेको लर्को लागेपछि पोखरा पुनः पर्यटकको रौनकले आशा जगाएको छ । फेवा डुंङ्गा व्यवसायी संगठनका अध्यक्ष बलराम गिरीका अनुसार शनिबार बिहानैदेखि… पुरा पढौ

बेलायतबाट साइकल यात्रामा पोखरा आएको जोडीलाई पोखरामा आज पनि स्वागत

पोखरा, २३ असोज, बेलायतबाट साइकल यात्रामा पोखरा आएको जोडीलाई पोखरामा आज पनि स्वागत सहित सम्मान गरिएको छ । सात महिना सात दिनमा २० देश पार गर्दै करिब १४ हजार किलोमिटरको दूरी पूरा गरी मंगलबार पोखरा आइपुगेको ब्रुस जोडीलाई आज पनि पोखरामा स्वागत सहित सम्मान गरिएको हो । ५१ वर्षीय थोस्टर ब्रुस र उनकी श्रीमती डा.एमा ब्रुसलाई विहिबार पोखराका पर्यटन व्यवसायीले स्वागत गरेका हुन् । उनीहरुलाई पोखरा पर्यटन भ्रमर्ण वर्षका संयोजक गोपी बहादुर भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, पोखरा… पुरा पढौ

पर्यटनको विकास र सुरक्षाका लागि होटल संघले बनायो तीन दर्जन उपसमिति

पोखरा, २३ असोज, पर्यटन क्षेत्रको विकास र सुरक्षालाई ख्याल गर्दै होटल संघ पोखरा नेपालले पर्यटकीय लेकसाइड र ड्यासाइट क्षेत्रका विभिन्न सडक, सहायक सडक र टोलहरुलाई लक्षित गरी संयोजकहरु तोकेको छ । विभिन्न २८ वटा स्ट्रिट र छ वटा टोलहरुलाई लक्षित गरी तोकिएका संयोजकहरुले स्थानीय व्यवसायी र टोलवासीसँग छलफल गरी सदस्यहरु तोकेर उपसमिति बनाउने छन् । उल्लेखित स्ट्रिट बाहेक ड्यामसाइड, खहरेचोक, गैह्राचौतारा, हल्लनचोक, जरेबर र ठाडोपसल क्षेत्रमा समेत यस्ता संयोजक तोकिएको हो । संघको कार्यालय डिहिको पाटनमा हालै आयोजित व्यवसायीको भेलाले… पुरा पढौ

२७ औं पोखरा सडक महोत्सवको संयोजकमा गौतम चयन

पोखरा, रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) पोखराको आज वसेको कार्यसमितिसदस्यको वैठकवाट आउँदो पौष १३ गते देखि १७ गते सम्म आयोजना हुने २७ औं पोखरा सडक महोत्सव सम्पन्न गर्न महोत्सव संयोजकमा प्रथम उपाध्यक्ष वसन्त गौतमलाई संयोजकको जिम्मेवारी दिइएको छ । त्यसै गरी बैठकले सह संयोजकमा कार्यसमिति सदस्य सुनिल वहादुर भट्टराई र सुमन भट्टराईलाई मनोनित गरिएको रेवान पोखराले जनाएको छ । त्यसै गरि महोत्सवको स्टेरिङ कमिटीमा अध्यक्ष विश्व राज पौडेल, निवर्तमान अध्यक्ष नरेश भट्टराई, संयोजक वसन्त गौतम, द्धितिय उपाध्यक्ष विकास भट्टराई, महासचिव… पुरा पढौ

वेलायतबाट साइकल यात्रामा निस्किएको जोडी ७ महिना ७ दिनमा पोखरामा(भिडियो सहित)

दीननाथ बराल,पोखरा, २१ असोज, वेलायतबाट साइकल यात्रामा निस्किएको एक जोडी सात महिना सात दिनमा २० देश पार गर्दै करिब १४ हजार किलोमिटरको दूरी पूरा गरी पोखरा आइपुगेका छन् । ५१ वर्षीय थोस्टर ब्रुस र उनकी श्रीमती डा.एमा ब्रुस मंगलबार पोखरा प्रवेश गरेका हुन् । उनीहरूलाई पोखरा लेकसाइडमा रेनबो चिल्ड्रेन होम, नमुना आमा समूह, पर्यटन व्यवसायी तथा स्थानीय बासिन्दाले फूलमाला अर्पण गर्दै स्वागत गरेका थिए । स्वागत कार्यक्रममा चिल्ड्रेन होमकी सञ्चालक गोमा ढकाल, पर्यटन व्यवसायी अग्नि कँडेललगायतले सम्मान गरेका थिए ।… पुरा पढौ

तालवाराही मन्दिरमा दर्शनाथीको भिड

पोखरा, फेवातालको बीच भागमा रहेको धार्मिक एवं पर्यटकीय स्थल तालवाराही मन्दिरमा आज (सोमबार) बर्षकै सबै भन्दा बढी दर्शनार्थी एवं पर्यटकहरुको भिडभाड भएको छ । दशैं पर्वको अन्तिम दिन अर्थात् कोजाग्रतपूर्णिमा पर्वको अवसरमा मन्दिर दर्शन गर्ने भक्तजन र पर्यटकले भिडभाडले ताल क्षेत्र सोमबार भिडभाड भएको स्थानियले पोखराक्लिकलाई बताउनु भयो । बिहानैदेखि दर्शनार्थी एवं पर्यटकहरुले लाइनमा बसेर डुंगाको टिकट काट्न र लाइफ ज्याकेट लिन लामो लाइनमा उभिनु भएको फेवा डुंगा व्यवसायी संगठनका निवर्तमान अध्यक्ष बुद्धिबहादुर नेपालीले बताउनु भयो । अघिल्ला बर्षको तुलनामा… पुरा पढौ

विपद्को बेला होटल सङ्घले पर्यटकलाई छुट सहित, अलपत्र परेकालाई निःशुल्क व्यवस्था मिलाउने उद्घोष

दीननाथ बराल, पोखरा, असोज १९, होटल सङ्घ पोखरा नेपालले हालको प्रतिकूल मौसम र प्राकृतिक विपत्तिका कारण पर्यटनको राजधानि पोखरामा अलपत्र परेका तथा आर्थिक रूपमा बिखर्ची भएका पर्यटकका लागि निःशुल्क खाना र बस्ने व्यवस्था गर्ने घोषणा गरेको छ। संघ द्धारा जारी गरिएको प्रेस विज्ञप्तिमा अलपत्र परेका पर्यटकलाई निःशुल्क खाना तथा होटल आवासको व्यबस्था गरिने उल्लेख गरिएको छ । हाल मनसुनी गतिविधि तीव्र बनेसँगै देशका विभिन्न भागमा बाढी, पहिरो र सडक अवरुद्धका कारण यात्रु तथा पर्यटकहरू आफ्नो गन्तव्यमा पुग्न नसकी अलपत्र परेका… पुरा पढौ

कास्कीमा ३ दिनका लागि लामो दूरीका सवारी आवतजावत बन्द

पोखरा, असोज १८, निरन्तर वर्षाको पूर्वानुमानसँगै कास्की जिल्लामा पनि तीन दिनका लागि लामो दूरीका सवारीसाधन आवतजावतमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय, कास्कीले शनिबार सूचना जारी गर्दै असोज १८ देखि २० गतेसम्म लामो दूरीका साथै काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी सञ्चालन रोकिएको जानकारी दिएको हो। सहायक प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालका अनुसार जल तथा मौसम विज्ञान विभागको प्रक्षेपणअनुसार गण्डकी प्रदेशसहित देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको र त्यसअनुसार बाढी, पहिरो, डुबानजस्ता विपद् जोखिम न्यूनिकरणका लागि यो निर्णय… पुरा पढौ