पर्यटन

फेवाताल किनार क्षेत्रमा पदयात्रा, योग र हाइकिङ जस्ता गतिविधि गर्दै मनाईयो अन्तर्राष्ट्रिय आरोग्य दिवस

पोखरा, पोखरामा “अन्तर्राष्ट्रिय आरोग्य दिवस २०२६” विविध कार्यक्रम सहित मनाइएको छ। गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालयको आयोजनामा, पोखरा पर्यटन परिषद्को समन्वय तथा टान गण्डकी प्रदेशको सह–आयोजनामा स्वास्थ्य, पर्यटन र वातावरणलाई जोड्ने उद्देश्यले पदयात्रा, सरसफाइ तथा सामूहिक ध्यान–योग कार्यक्रम सम्पन्न गरिएको हो। नयाँ वर्ष २०८३ को सुरुवातसँगै मनाइएको दिवसमा “आरोग्य जीवनको आधारः पदयात्रा, प्रकृति र सकारात्मक विचार” भन्ने नाराका साथ ड्यामसाइडबाट सुरु भएको पदयात्रा भ्यू फेवा राउण्ड फेवा पदमार्ग हुँदै अनदुसम्म पुगेको थियो। पदयात्राका क्रममा सहभागीहरूले ट्रेल क्लिनिङ गर्दै… पुरा पढौ

तमु प्ये ल्हु संघ हङकङको क्होलासोंथर भ्रमणः पुर्ख्यौली थलो संरक्षण गर्न आग्रह (भिडियो सहित)

पोखरा, आफ्नो पहिचान, इतिहास र संस्कृतिसँग जोड्ने उद्देश्यका साथ तमु प्ये ल्हु संघ हङकङ ले क्होलासोंथर केन्द्रित विशेष अवलोकन भ्रमण सम्पन्न गरेको छ। तमु (गुरुङ) समुदायको आदिम थलो मानिने क्होलासोंथरसहित विभिन्न ऐतिहासिक तथा सांस्कृतिक स्थलको अध्ययन गर्दै संघले संरक्षण र प्रवर्द्धनको सन्देश दिएको हो। https://www.youtube.com/watch?v=GBVFBxLAwis पोखरामा बुधबार आयोजित पत्रकार भेटघाटमा संघका अध्यक्ष मनबहादुरकोम्छैं तमु ले सम्बोधन गर्दै यो भ्रमण केवल यात्रा नभई आफ्नो पुर्ख्यौली इतिहाससँग पुनःसम्पर्कको अभियान भएको बताए। उनका अनुसार नयाँ पुस्तालाई आफ्नै सभ्यता र संस्कारसँग जोड्न यस्ता भ्रमण… पुरा पढौ

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलबाट निःशुल्क बस सेवा सुरु(भिडियो सहित)

दीननाथ बराल,पोखरा १, वैशाख , नेपाली नयाँ वर्ष २०८३ को अवसरमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिंह चोकसम्म निःशुल्क इलेक्ट्रिक सटल बस सेवा सञ्चालनमा आएको छ । पोखरा महानगरपालिकाको पहलमा विभिन्न वित्तीय संस्था तथा यातायात व्यवसायीहरूको सहकार्यमा मंगलबारदेखि उक्त सेवा सुरु भएको महानगरले जनाएको छ । https://www.youtube.com/watch?v=3odRtCSkLow उक्त बस सेवाको एक कार्यक्रमका बिच उद्घाटन गर्दै पोखरा महानगरका मेयर धनराज आचार्यले पाइलट परियोजनाका रूपमा आगामी असार मसान्तसम्म सेवा पूर्ण रूपमा निःशुल्क उपलब्ध गराइने भएको बताउनु भयो । यसपछि भने न्यूनतम शुल्कमा सेवा निरन्तर… पुरा पढौ

सराङकोटमा आयोजित भेगन फेस्टुमा पर्यटकको घुइँचो

पोखरा, १ वैशाख, नयाँ वर्ष २०८३ को अवसरमा पोखराको पर्यटकीय गन्तव्यस्थल सराङकोटमा पहिलो पटक भेगन फेस्ट भव्यताका साथ सम्पन्न भएको छ । नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज र अन्नपूर्ण केबलकारको सहकार्यमा आयोजना गरिएको सो फेस्टमा एनटीएचएमसीले भेगन खानाको स्टल राखेको थियो । फेस्टमा सराङकोट माउनटेन लज, हिमालयन हाइड वे, अन्नपूर्ण भ्यु सराङकोट, होटल मिस्टिक माउनटेन लगायतका प्रख्यात होटलहरुका खानाका स्टलहरु राखिएको थियो । पर्यटकको उल्लेख्य सहभागिता फेस्टमा आन्तरिक तथा बाह्य पर्यटकहरूको निकै उत्साहजनक उपस्थिति रहेको थियो । विशेषगरी धार्मिक… पुरा पढौ

एगा पोखराको शुभकामना एवम् सामाजिक उत्तरदायित्व कार्यक्रम

पोखरा, ३० चैत, इम्ब्रोइडरी एण्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८३ आगमनको अवसर पारी आज शुभकामना आदानप्रदान तथा सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको एक समारोहका बीच प्रमुख अतिथि एवम् पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, विशेष अतिथि नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछाने र एगा पोखराका अध्यक्ष गोकर्ण लम्सालले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पहारीले एगा पोखराले व्यवसायिक दक्षता अभिबृद्धिसँगै समाजिक उत्तरदायित्वका विभिन्न क्षेत्रमा खेल्दै आएको भूमिकाको प्रशंसा गर्नुभयो… पुरा पढौ

पोखरामा भोलिदेखि निःशुल्क सटल बस सेवा सुरु हुँदै

दीननाथ बराल,पोखरा ३०, चैत, पर्यटनको राजधानि पोखरामा नेपाली नयाँ बर्षको अवसरमा भोलि(मंगलबार) देखि निःशुल्क सटल बस सेवा सुरु हुने भएको छ । नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर पोखरामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अम्मरसिंह चोकसम्म निःशुल्क इलेक्ट्रिक सटल बस सेवा सुरु हुन लागेको महानगरले पोखराक्लिकलाई जनाएको छ । उक्त सेवा मंगलबार औपचारिक रूपमा सुरु हुँदैछ। पोखरा महानगरपालिका को पहलमा विभिन्न वित्तीय संस्था र यातायात व्यवसायीको सहकार्यमा यो योजना अघि बढाइएको हो। पाइलट परियोजनाका रूपमा असार मसान्तसम्म यो सेवा निःशुल्क प्रयोग… पुरा पढौ

फेवा महोत्सवमा पर्यटक बिच रमाइलो दौडमा क्यानडाका मिलरोइ प्रथम

पोखरा, ३० चैत, पोखरामा जारी २१ औं फेवा नव बर्ष महोत्सव २०८३ को दोश्रो दिन सोमबार लेकसाइडमा आयोजित पर्यटक दौड प्रतियोगितामा क्यानडाका दिरेक मिलरोइ प्रथम भएका छन् । यसैगरी स्पेनका अड्रिया फेरर द्वितीय भए भने अष्ट्रेलियाका लाइन्डनले तृतीय स्थान हासिल गरे । लेकसाइड स्थित होटल पिस प्लाजा अगाडिबाट सुरु भएको दौडमा खेलाडीहरु एक हजार आठ सय मिटर दुरीमा रहेको अम्बोटसम्म दौडिएका थिए । दौडमा भारतका आमिरलाई सान्त्वना पुरस्कार प्रदान गरियो । यसैगरी महिलातर्फको छुट्टै मुल्यांकनमा अष्ट्रेलियाकी हान्ना प्रथम भइन् ।… पुरा पढौ

२० वर्षपछि पुनः जोडियो मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीचको मितेरी सम्बन्ध

मुस्ताङ,३० चैत, हिमाल पारीको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको तोगा सिटीबीच विगतमा स्थापित मितेरी सम्बन्ध २० वर्षपछि पुनः सक्रिय गरिएको छ। दुई स्थानबीच विस २०४७ मा सांस्कृतिक आदान–प्रदान र आपसी सहयोगको उद्देश्यले मितेरी सम्बन्ध गाँसिएको थियो। तर समयक्रममा नेतृत्व परिवर्तन, नियमित समन्वयको अभावले पछिल्लो दुई दशकयता सम्बन्ध निष्क्रिय बनेको थियो। सुरूआतका केहि वर्ष भने सम्बन्ध राम्रो विकास भएको स्थानीयको भनाइ छ। टुकुचे गाउँका स्थानीय जनप्रतिनिधि, पर्यटन व्यवसायी तथा जापानस्थित सरोकारवालाहरूको पहलमा पुनः सम्बन्ध सुदृढ गर्ने सहमति… पुरा पढौ

पोखरामा २१ औं फेवा नव बर्ष महोत्सव सुरु (भिडियो सहित), तीन दिन लेकसाइडमा पन्चेबाजा घन्किने

पोखरा, २९ चैत, सांस्कृतिक झाँकी र बाजागाजासहित २१ औं संस्करणको फेवा नव बर्ष महोत्सव २०८३ आइतबारबाट पोखरामा सुरु भएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले स्थानीय अम्बोटमा आयोजित समारोहमा महोत्सवको उद्घाटन गरिन् । यसअघि लेकसाइड स्थित खहरेबाट सुरु भएको विभिन्न जातजातिको झाँकी र पंचै बाजा सहितको लामो र्याली अम्बोट पुगेको थियो । सहिदचोक र खहरे विचको सडकमा तीन दिन सम्म चल्ने महोत्सव आगामी बैशाख १ गते राति सकिने छ । महोत्सव उद्घाटनका अवसरमा सातै प्रदेशका सांस्कृतिक नाचहरु प्रस्तुत… पुरा पढौ

रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागीखुलातर्फ दार्चुलाका मुकेश थापा प्रथम, विदेशीतर्फ फ्रान्सका स्याम्यूल विजेता

पोखरा, २९ चैत, पर्यटनको राजधानी पोखरामा पहिलोपल्ट आयोजना भएको पोखरा रात्रिकालीन सडक दौड (पोखरा नाइट स्ट्रिट रेस) २०८३ मा नेपालसहित पाँच देशका १ सय ४५ धावक सहभागी भएका छन् । फेवाताल किनार बाराहीघाटदेखि पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुलसम्मको ५ किलोमिटरको उक्त दौडमा नेपालसहित, नर्वे, फ्रान्स, थाइल्याण्ड र इङल्याण्डका धावक सहभागी थिए । ‘जाग्छ पोखरा, दौडाउँछ पोखरा’ उद्घोषका साथ शनिबार राति ७ः२९ बजे बाराहीघाटदेखि सुरु भएको दौडमा खुलातर्फ दार्चुला २९ बर्षीय मुकेश थापा प्रथम हुन सफल भए । उनले निर्धारित दूरी… पुरा पढौ