पर्यटन

पोखरा रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा, फारम भर्दै धावकहरु

पोखरा, चैत्र २१, नेपाली नयाँ वर्षको अवसर पारेर आयोजना हुन लागेको “पोखरा नाइट स्ट्रिट रेस–२०८३” (रात्रिकालीन सडक दौड) को तयारी अन्तिम चरणमा पुगेको छ । पोखरा क्लिक र पोखरा प्रवद्र्धन केन्द्रको आयोजनामा यही चैत २८ गते पोखरामा हुने उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आज (शनिबार) पोखराको फिस्टेल ड्रिम पार्कमा आयोजित पत्रकार सम्मेलन जानकारी गराइएको हो । पाँच किलोमिटरको उक्त दौड चैत्र २८ गते बेलुका ७ बजे बाराहीघाटबाट सुरु भई सेन्टर प्वाइन्ट, हल्लनचोक, जिरो कि.मि., सिर्जनाचोक, सभागृहचोक, न्यूरोड, चिप्लेढुङ्गा हुँदै… पुरा पढौ

पोखरा रात्रि दौड प्रतियोगितालाई फिस्टेल ड्रिम पार्कको साथ

पोखरा १८, चैत, पोखरामा पहिलोपटक यही चैत २८ गते शनिबार पोखरामा आयोजना हुन लागेको रात्रिकालीन दौड प्रतियोगितालाई भव्य र प्रभावकारी बनाउन फिस्टेल ड्रिम पार्कले साथ दिने भएको छ । पोखरा–१७ सीतापाइला महतगौडामा रहेको उक्त पार्क र प्रतियोगिता आयोजकबीच आज (बुधबार) सहकार्यबारे सम्झौता भएको हो । प्रतियोगिता संयोजक दीननाथ बराल र पार्कका जनरल म्यानेजर अंकित कुमार सिंहबीच भएको सम्झौताअनुसार प्रतियोगितामा सहभागी उत्कृष्ट २० जना धावकलाई जनही १ हजार रुपैयाँ मूल्य बराबरको टिकट निःशुल्क उपलब्ध गराइनेछ । साथै अन्य सहभागी धावकहरूलाई पार्क… पुरा पढौ

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आफ्नो जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै मनाए

पोखरा, जन्मदिनको अवसरमा पोखराका मेयर धनराज आचार्यले मानव सेवा आश्रम पोखरा शाखामा पुगेर आश्रित सहयोगापेक्षी बुवा–आमा, दाजुभाइ तथा बालबालिकासँग भेटघाट गरेका छन्। उनले मंगलबार आश्रममा भोजनको व्यवस्था गर्नुका साथै आश्रितहरूसँग समय बिताउँदै आत्मीयता साटासाट गरेका हुन् । हरेक वर्षजस्तै यस वर्ष पनि जन्मदिनलाई सेवामूलक कार्यमार्फत मनाउने परम्परालाई निरन्तरता दिँदै मेयर आचार्यले आश्रममा रहेका व्यक्तिहरूलाई भोजन गराएका हुन्। उनले आफ्नो सामाजिक सञ्जाल मार्फत यसबारे जानकारी दिँदै सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धता दोहोर्‍याएका छन्। सो अवसरमा उनले आश्रम परिसरमा फलफूल प्रजातिको बिरुवा रोपण समेत… पुरा पढौ

“नाइट रन” सफल बनाउन पर्यटन व्यवसायी एकजुट

पोखरा, १७, चैत, पोखरा प्रवद्र्धन केन्द्र र पोखरा क्लिकको आयोजनामा यही चैत २८ गते हुने पोखरामा हुने “नाइट रन” प्रतियोगिताको तयारी तीव्र पारिएको छ । मंगलबार पोखरास्थित चाइनिज गार्डेन रेस्टुरेन्टमा आयोजित छलफलमा पर्यटन क्षेत्रसँग आबद्ध विभिन्न संघसंस्था, व्यवसायी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूले कार्यक्रमलाई सफल बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष, अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले पोखरामा पहिलोपटक हुन लागेको रात्रिकालीन दौडप्रति उत्साहसँगै सुरक्षा चुनौती पनि उत्तिकै रहेकाले त्यसतर्फ विशेष ध्यान दिन आग्रह… पुरा पढौ

पोखरा नाइट रन र फेवा नववर्ष महोत्सव बीच सहकार्य

पोखरा १६, चैत, नव वर्ष–२०८३ अवसरमा पर्यटकीय राजधानी पोखरामा पर्यटन प्रवद्र्धन सम्बन्धी हुन लागेका दुई इभेन्टबीच आपसी सहकार्य हुने भएको छ । पोखरा क्लिक र पोखरा प्रवद्र्धन केन्द्रको आयोजनामा चैत २८ गते पहिलो संस्करणको नाइट रन (रात्रिकालीन दौड) हुँदैछ भने होटल संघ पोखरा नेपालले चैत २९ देखि वैशाख १ सम्म २१ औं संस्करणको फेवा नव वर्ष महोत्सव गर्दैछ । सो सम्बन्धमा दुवै आयोजक बीच आपसी सहकार्य र आवश्यक प्रचारप्रचार सँगसँगै गर्नेबारे महोत्सव आयोजक होटल संघ पोखरा नेपाल र दौड प्रतियोगिता… पुरा पढौ

पर्यटन प्रबद्र्धनका लागि सिल्भर ट्रयाङ्गलको अवधारणा

पोखरा, १५ चैत, पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकिकृत पर्यटकीय गतिविधि अगाडि बढाउने विषयमा आइतबार पोखरामा छलफल गरिएको छ । होटल संघ पोखरा नेपालले नेपाल पर्यटन बोर्ड गण्डकीसँगको सहकार्यमा आइतबार पोखरामा आयोजना गरेको कार्यक्रममा लुम्बिनी प्रद्रेशका संचारकर्मीसँग गरेको अन्तरसम्बाद कार्यक्रमा उक्त विषय उठान गरिएको हो । उल्लेखित तीन क्षेत्रलाई समेटेर सिल्भर ट्रयाङ्गलको अवधारणा अन्तर्गत पर्यटन प्रबद्र्धन गर्न सकिने विषय सो अवसरमा उठान गरिएको थियो । विगतमा काठमाडौं, चितवन र पोखरालाई समेटेर गोल्डेन ट्रयाङ्गलको चर्चा हुने गरेको स्मरण गराउँदै नेपाल पर्यटन… पुरा पढौ

चैत २८ गते पोखरामा हुने रात्रि दौडलाई खेल संघ संस्थाले सहयोग गर्ने, सुरक्षा र व्यवस्थापनमा ध्यान दिन आग्रह

पोखरा, चैत १३, पोखरामा पहिलोपटक आयोजना हुन लागेको रात्रिकालीन दौड (नाइट रन) प्रतियोगितालाई सफल बनाउन विभिन्न खेल संघसंस्था तथा सरोकारवालाले सुरक्षा र व्यवस्थापनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन् । पोखरा रंगशालामा आज(शुक्रबार) आयोजित छलफल कार्यक्रममा सहभागीहरूले यो इभेन्ट पोखराको नयाँ ब्राण्डका रूपमा स्थापित हुन सक्ने भएकाले यसलाई सुरक्षित, व्यवस्थित र आकर्षक बनाउन सबै पक्षको साथ र सहयोग आवश्यक भएको सरोकारवालाहरुले बताएका हुन् । कार्यक्रममा वोल्दै नेपाल ह्यान्डबल संघका महासचिव केशव पाठकले ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण हुने उल्लेख गर्दै यस अभियानलाई… पुरा पढौ

धार्मिक पदमार्ग विकासमा मन्त्री पौडेलको जोड, “म आफैँ लेखक र पदयात्री, समस्यासँग परिचित छु”

पोखरा, नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल(गनेस) ले पद बहालीसँगै नेपालको पर्यटन क्षेत्रलाई नयाँ ढंगले अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेल बाट राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै उहाँ सिंहदरबारस्थित मन्त्रालय पुगेर कार्यभार सम्हाल्नुभएको हो। वालेन्द्र शाह नेतृत्वको सरकारमा पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका मन्त्री पौडेललाई मन्त्रालयका सचिव, विभागीय प्रमुख तथा कर्मचारीहरूले स्वागत गरेका थिए। पद बहालीपछि कर्मचारीलाई सम्बोधन गर्दै उहाँले पर्यटन क्षेत्रलाई मुलुकको समृद्धिको आधारका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो।… पुरा पढौ

देशमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाह, पर्यटन मन्त्रीमा पोखराका गनेस पौडेल

काठमाडौं, देशमा नयाँ राजनीतिक अध्यायको सुरुवात गर्दै बालेन्द्र शाह को नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ। राष्ट्रपति रामचन्द्र पौडेल ले आज शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा नवनियुक्त प्रधानमन्त्री शाहलाई पद तथा गोपनीयताको शपथ गराउनुका साथै मन्त्रिपरिषद्का सदस्यहरूलाई पनि शपथ गराउनुभएको हो। नवनियुक्त मन्त्रिपरिषद्मा अर्थमन्त्रीमा स्वर्णिम वाग्ले, गृहमन्त्रीमा सुदन गुरुङ, परराष्ट्रमन्त्रीमा शिशिर खनाल, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्रीमा सुनिल लम्साल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीमा विराजभक्त श्रेष्ठ नियुक्त हुनुभएको छ। त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा पोखराका गनेस… पुरा पढौ

रात्रिदौडको अनलाइन फारम खुला

पर्यटकीय राजधानी पोखरामा पहिलोपटक आयोजना हुने रात्रिकालीन दौड प्रतियोगिता (नाइटरन) का लागि बिहीवारदेखि अनलाइन फर्म खुला गरिएको छ । नेपाली नयाँ वर्षको पूर्व सन्ध्यामा “जाग्छ पोखरा, दौडाउँछ पोखरा”उद्घोषका पोखरा क्लिक र पोखरा प्रवद्र्धन केन्द्रको आयोजनामा चैत २८ गते शनिबार हुने प्रतियोगिताका लागि फर्म भर्न पोखरा क्लिकको अनलाइन पोर्टमा क्लिक गर्नुपर्ने छ । प्रतियोगितामा निश्चित संख्या पुगेपछि फारम बन्द गरिने र १२ वर्षभन्दा कम उमेरका बालबालिकालाई प्रतियोगितामा सहभागी नगराइने प्रतियोगिता संयोजक दीननाथ बरालले जानकारी दिए । आयोजकले सहभागी खेलाडीको बीमा गर्ने… पुरा पढौ