खेलकुद

५ औं मोहन मेमोरियल खुल्ला नेपाल अन्तर विद्यालय ब्याडमिन्टन प्रतियोगितामा दिलिसा रानालाई दोहोरो उपाधि

दीननाथ बराल,पोखरा ३, फागुन, यू–१७ राष्ट्रिय च्याम्पियन दिलासा रानाले पोखरामा आइतबार सम्पन्न ५ औं मोहन मेमोरियल खुल्ला नेपाल अन्तर विद्यालय ब्याडमिन्टन प्रतियोगिता २०८२ मा दोहोरो उपाधि जित्नु भएको छ । मदरल्याण्ड सेकेण्डरी स्कुलकी रानाले यू—१७ र यू—१९ छात्रा उमेर समुह तर्फ प्रथम हुदै दोहोरो उपाधि जित्न सफल हुनु भएको हो । उक्त दुबै विधामा मैत्रिय पाठशालाकी यू—१५ राष्ट्रिय च्याम्पियन निभा राई रानासंग फाइनल खेलमा पराजित हुदै दुबै विधामा दोश्रो हुनु भएको हो । यू—१७ तर्फ छात्रा तर्फ ग्यालेक्सी पब्लिक स्कूलका… पुरा पढौ

पोखरामा ६० र ६५ बर्ष माथि उमेर समुह बिच राष्ट्रिय स्तरकै व्याडमिन्टन प्रतियोगिता सम्पन्न, भोजपुरदेखि डोटीसम्मका जेष्ठ खेलाडी पोखरामा

दीननाथ बराल,पोखरा ३, फागुन, खेलकुदको शहर पोखरामा ज्येष्ठ व्याडमिन्टन खेलाडीहरुले नमुना प्रर्दशन गर्नु भएको छ । ६० र ६५ बर्ष माथि उमेर समुहका ज्येष्ठ नागरिकहरुले आफै व्याडमिन्टर प्रतियोगितामा उर्तिदै अन्य उमेर समुहका खेलाडीहरुलाई खेलदकुद प्रतिको लगाव र प्रेरणा दिनु भएको हो । ६० वर्ष प्लस तन्नेरी ब्याडमिन्टन क्लब नेपालको आयोजनामा शनिबारदेखि सुरु भएको प्रतियोगितामा डोटी देखि भोजपुरसम्मका ज्येष्ठ खेलाडीहरु बिच प्रतिष्प्रर्धा हुँदा धादिङका विष्णुलाल श्रेष्ठले पोखरामा आइतबार सम्पन्न तेस्रो ६० प्लस तथा प्रथम ६५ प्लस राष्ट्रिय खुल्ला मेन्स डबल ब्याडमिन्टन… पुरा पढौ

फोटो पत्रकार अक्षयकोषमा फोटो पत्रकार मिलन तमुको २० हजार सहयोग

पोखरा, ३ फागुन, नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा यूकेबाट सञ्चालित गोर्खा मिडियाका प्रवन्ध निर्देशक फोटो पत्रकार मिलन तमुले आर्थिक सहयोग गरेका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका ५ रिभान जन्मथलो भई यूकेलाई कर्मथलो बनाएका तमुले अक्षयकोषका लागि नगद २० हजार रुपैयाँ सहयोग गरेका हुन् । सहारा क्लब पोखराले सञ्चालन गरेको आहा रारा पोखरा गोल्डकपमा सहभागी भएको समयमा तमुले नेपाल फोटो पत्रकार संघ, कास्कीका अध्यक्ष राम गुरुङलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । तमु धिं… पुरा पढौ

पोखरामा जारी मोहन मेमोरियल अन्तरविद्यालय स्तरीय ब्याडमिन्टनको आज फाइनल खेल सहित समापन हुने

पोखरा, ३ फागुन, पर्यटनको राजधानी पोखरामा जारी पाँचौँ खुल्ला राष्ट्रिय मोहन मेमोरियल अन्तरविद्यालय स्तरीय ब्याडमिन्टन प्रतियोगिता–२०८२ को फाइनल खेल सहित आज समापन हुने भएको छ । प्रतियोगिता अन्र्तगत आइतबार क्वाटरफाइनल, सेमिफाइनल र फाइनल खेलहरू सहित समापन हुने भएको प्रतियोगिताका संयोजक बरदान ताङवे लामाले बताउनु भयो । यू—१५ राष्ट्रिय च्याम्पियन निभा राई, यू–१७ राष्ट्रिय च्याम्पियन दिलासा राना, विराट बस्नेत, आश्रुर्ति कार्की, सक्षम गुरुङ, सुरेस राजकोटी र अजेरेन्का शेरचन लगायतका चर्चित खेलाडीहरूले आ–आफ्नो उमेर समूहमा उत्कृष्ट प्रदर्शन गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्नु… पुरा पढौ

फोटो पत्रकार अक्षयकोषमा सहारा क्लब हङकङका अध्यक्षको १५ हजार सहयोग

पोखरा, नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सहारा क्लब हङकङका अध्यक्ष सरोज गुरुङ (खम) ले आर्थिक सहयोग गरेका छन् । नेपाल (लमजुङ) जन्मिएर कर्मथलो हङकङलाई बनाएका गुरुङले अक्षयकोषका लागि नगद १५ हजार रुपैयाँ सहयोग गरेका हुन् । सहारा क्लब पोखराले सञ्चालन गरेको आरारारा पोखरा गोल्डकपमा सहभागी भएको समयमा शुक्रबार गुरुङले नेपाल फोटो पत्रकार संघ, कास्कीका सचिव धनबहादुर गुरुङलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । लमजुङ सेवा समिति हङकङका निवर्तमान अध्यक्ष समेत रहेका गुरुङ आहारारा… पुरा पढौ

पोखरामा जारी ब्याडमिन्टनको आइतबार क्वाटरफाइनलसहित फाइनल खेल हुँदै

पोखरा, २ फागुन पर्यटनको राजधानी पोखरामा शुक्रबारदेखि सुरु भएको पाँचौँ खुल्ला राष्ट्रिय मोहन मेमोरियल अन्तरविद्यालय स्तरीय ब्याडमिन्टन प्रतियोगिता–२०८२ अन्तर्गत आज विभिन्न चरणका खेलहरू सम्पन्न भएका छन्। प्रतियोगिता आइतबार क्वाटरफाइनल, सेमिफाइनल र फाइनल खेलहरूसहित समापन हुने भएको छ। मोहन भूगोल ब्याडमिन्टन फाउण्डेसन र फिट नेपाल स्पोर्ट्सप्लेक्सको आयोजनामा पोखरा–१०, हस्पिटलचोकस्थित फिट नेपाल स्पोर्ट्सप्लेक्समा सञ्चालन भइरहेको प्रतियोगितामा यू–११, यू–१३, यू–१७ र यू–१९ छात्र तथा छात्रा गरी चार मुख्य इभेन्टमा प्रतिस्पर्धा भइरहेको छ।फाउण्डेसनका अध्यक्ष भूगोल गुरुङले शनिबार पनि विभिन्न चरणका खेलहरू जारी रहेको जानकारी… पुरा पढौ

२०औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई, यस बर्ष व्यबस्थापनमा हम्मेहम्मे (भिडियो सहित)

दीननाथ बराल,पोखरा, २, फागुन, पोखरामा आज (शनिबार) सम्पन्न २०औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक जुलियस मुरियूकी वाहोमले जित्नु भएको छ । गत वर्षका उपविजेता जुलियसले ४२.१९५ किलोमिटर दूरी २ घण्टा २३ मिनेट ३९ सेकेण्डमा पूरा गरी उपाधि सहित नगद ४ लाख रुपैया हात पार्न सफल हुनु भयो । https://www.youtube.com/watch?v=eo5Wk6UFwVE त्यसै गरी प्रतियोगितामा नेपाल (डिटुङ) का गजेन्द्र राईले निर्धारित दुरी २ घण्टा २४ मिनेट ४७ सेकेण्डमा दूरी पूरा गर्दै दोस्रो हुनु भयो । उहाँले नगद २ लाख र… पुरा पढौ

पुलिसलाई सडेन डेथको सिकार बनाउदै आयोजक सहारा क्लव आहा ! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा, आइतबार चर्च व्वाइज र जावलाखेल भिड्ने

दीननाथ बराल,पोखरा, २ फागुन, आहा रारा पोखरा गोल्ड कपमा सर्वाधिक सफलता हासिल गरेको नेपाल पुलिस फुटवल क्लवलाई सडेन डेथको सिकार बनाउदनै आयोजक सहारा क्लव २५ औं आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२ को सेमिफाइनलमा प्रबेश गरेको छ । पोखरा रंगशालाको फुटबल मैदानमा आज (शनिबार) भएको पहिलो क्वाटरफाइनल खेलमा सहाराले आहा रारा पोखरा गोल्ड कपमा ६ पटकको विजेता पुलिसलाई सडेन डेथमा (६—५ को टाईब्रेकरको सडेन डेथमा) पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । सहारा र पुलिस बिचको खेल निर्धारित… पुरा पढौ

फोटो पत्रकार अक्षयकोषमा निर्माता एवं अभिनेत्री माया गुरुङको सहयोग

पोखरा, १ फागुन, नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा निर्माता एवं अभिनेत्री माया गुरुङले आर्थिक सहयोग गरेकी छिन् । गुरुङ चलचित्र हुदैं नेपाली चलचित्रमा पाइला चालेकी गुरुङले नगद ११ हजार १११ रुपैयाँ सहयोग गरेकी हुन् । सहारा क्लब पोखराले सञ्चालन गरेको आरारारा पोखरा गोल्डकपमा सहभागी हुन गएको समयमा शुक्रबार अभिनेत्री गुरुङ र उनका छोरा हिमाल गुरुङले नेपाल फोटो पत्रकार संघ, कास्कीका अध्यक्ष राम गुरुङलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।सहारा क्लब हङकङकी सल्लाहकारसमेत रहेकी… पुरा पढौ

फ्रेन्ड्सलाई पराजित गर्दै प्लानिङ व्वाइज यूनाइटेड क्लव आहा ! रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा, शनिबार आयोजक सहारा र पुलिस भिड्ने

दीननाथ बराल, पोखरा, १ फागुन फ्रेन्ड्स क्लवलाई पराजित गर्दै प्लानिङ व्वाइज यूनाइटेड क्लव २५ औं आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२ को क्वाटरफाइनलमा प्रबेश गरेको छ । पोखरा रंगशालाको फुटबल मैदानमा आज (शुक्रबार) भएको अन्तिम प्रि—क्वाटरफाइनल खेलमा प्लानिङ व्वाइजले फ्रेन्ड्स क्लवलाई ४—० को एकतर्फी गोलको अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो । प्लानिङ व्वाइजको जितमा एलेक्स विलियनले एक र पापा अवि केवेले ह्याट्रिक पूरा गर्नु भयो । खेलको २४ औं मिनेटमा एलेक्सले पेनाल्टी मार्फत गोल गरी टिमलाई… पुरा पढौ