समाज

प्रथम केपी ओली कप टि–२० राष्ट्रिय क्रिकेटका लागि उपसमिति गठन

पोखरा÷कार्तिक, २५ मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनमा पोखरामा आयोजना हुने ‘प्रथम केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिता’का लागि उपसमितिको गठन गरिएको छ । यहि मंसिर ७ गते देखि १६ गते सम्म पोखरा रंगशालामा आयोजना हुने प्रतियोगिता कास्की जिल्ला मदन भण्डारी स्पोर्टस एकेडेमीको ब्यवस्थापनमा हुने भएको हो । एकेडेमीका केन्द्रिय अध्यक्ष ध्रव आचार्यको प्रमुख आतिथ्यतामा तथा कास्की एकेडेमीका अध्यक्ष रामजी प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भेलाले १३ सदस्यिय विभिन्न उपसमिति गठन गरेको एकेडेमीले जनाएको छ । सो अनुसार तिलक बहादुर अधिकारीको… पुरा पढौ

नेपालीको दोस्रो ठूलो चाड तिहार पर्ब सुरु ः आज काग तिहार

पोखरा २५ कात्तिक। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदैछ । कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यमपञ्चकको पहिलो दिन आज काग तिहार परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिनुभयो । बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुन्छ ।कार्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ । यसैले शनिबारदेखि नै यमपञ्चक सुरु हुने… पुरा पढौ

आज देखि यमपञ्चक अर्थत तिहार पर्व सुरु

पोखरा २५, कार्तिक आज (शनिबार) देखि यमपञ्चक अर्थत तिहार पर्व सुरु भएको छ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व देशै भरी तथा नेपालीहरुले हर्स र उल्लाहसमय ढंगले तिहार पर्व मनाउदै हुनुहुन्छ । कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले उल्लेख गरेको छ । यमपञ्चकको पहिलो दिन आज काग तिहार परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान… पुरा पढौ

कास्कीमा पनि रातको ९ः०० बजेसम्म मात्र देउँसी भैली खेल्न प्रशासनको अनुरोध

पोखरा २५, कार्तिक पोखरा सहित कास्कीमा रातको ९ः०० बजेसम्म मात्र देउँसी भैलो कार्यक्रम गर्न जिल्ला प्रशासन कार्यालय कास्कीले अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले जिल्लाभर तिहार पर्वको अवसरमा सञ्चालन हुने देउँसी भैलो कार्यक्रमलाई मर्यादित, अनुशासित एवं सवारी साधन आवागमनमा अवरोध नहुने गरी रातको ९ः०० बजे सम्म मात्रै देउँसी भैलो कार्यक्रम चलाउन गर्न अनुरोध गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीले सूचना जारी गर्दै शुभ दिपावली एवं छठ पर्वमा विभिन्न किसिमका पटका, आतसवाजी, लगायत विष्फोटक पदार्थजन्य सामग्रीको ओसारपसार, वेचविखन… पुरा पढौ

विश्व शान्ति स्तूपमा बार्षिक पूजा सम्पन्न

पोखरा २४, कार्तिक पोखरा २२ अनदुमा रहेको विश्व शान्ति स्तूपमा शुक्रबार २४ औं बार्षिकोत्सवको अवसरमा बार्षिक पूजा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । विश्व शान्ति स्तूप समिति पोखरा–२२ को संयोजनमा भएको उक्त कार्यक्रम शुक्रबार सम्पन्न भएको समितिका अध्यक्ष उत्तममान बुद्धाचार्यले एटुजेडलाई बताउनु भयो । विधि पूर्वक भगवान गौतम बुद्धको पूजा सहित शान्ति स्तुपमा पूजा आराधना गरिएको उहाँले जनाउनु भयो । शुक्रबार स्तुपमा आन्तरिक तथा बाह्यि पर्यटक तथा दर्शनार्थीहरुको निकै भिड लागेको समितिले जनाएको छ । समितिले हरेक बर्ष बर्षको… पुरा पढौ

एलजी एसोसिएसन र एन टु कफी सप प्रथम लामाचौर कप फुटबलको फाइनलमा

पोखरा २४, कार्तिक एलजी एसोसिएसन र एन टु कफी सप प्रथम लामाचौर कप फुटबल प्रतियोगिताको फाइनल पुगेका छन् । एल सी ब्रदर्श युनाइटेड पोखरा लामाचौरको आयोजनामा पोखरा १९ लामाचौर फुटबल मैदान गोष्ते घाटमा कार्तिक १९ गते देखि जारी फुटबल प्रतियोगितामा एलजी एसोसिएसनले शितल ज्योती युवा क्लबमाथी ४–१ गोल अन्तरको सहज जित हासिल गर्दै फाइनलको यात्रा तय गरेको छ। खेलको सुरुवात देखि नै शितल ज्योतीलाई दवावमा राखेको एलजीका लागी खेलको १२औं मिनेटमा रमेश थापा मगरले गोल गर्दै अग्रता दिलाएका थिए भने… पुरा पढौ

गण्डकीका मुख्यमन्त्री र सिपीसीका सेक्रेटरी विच भेटवार्ता, कोरोला नाका कात्तिक २७ गते खोल्ने

पोखरा २४, कार्तिक गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी सीपीसीका तिब्बत स्वायत्त क्षेत्रका सेक्रेटरी वाङ छुङछेङ विच भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रवार उहाँहरुबिच भेटवार्ता भएको हो । भेटमा गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशसँग जोडिएका मनाङ, मुस्ताङ र गोरखा जिल्लाको तिब्बती नाकाहरु नियमित संचालन गरि प्रदेशबासीको दैनिकीलाई सहज बनाउनमा आवश्यक सहयोग गरिदिन अनुरोध गरे । कोरोला नाकामा नेपाल तर्फ आवश्यक पूर्वाधार निर्माणकालागि सघाउन, कोरोला–पोखरा जोड्ने दुई लेनको दु्रत मार्ग निर्माण,… पुरा पढौ

पोखराको पर्यटन विकासमा प्राविधिक परामर्श सेवा सम्बन्धी समझदारी

पोखरा, २४ कात्तिक पोखरा महानगरपालिका र अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग ९यूएसएआईडी० बिच कृषि, पर्यटन र आइटी क्षेत्रको विकासलाई प्रोत्साहन गर्न प्राविधिक परामर्श सेवा सम्बन्धी समझदारी भएको छ । समझदारी पत्रमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र ९यूएसएआईडी० को तर्फबाट परियोजना प्रमुख एगनेस लुजले बिहीबार हस्ताक्षर गर्नुभएको हो । समझदारी अनुसार पोखरालाई पर्यटकीय हबका रूपमा विकास गर्न सहयोग पु¥याउने उद्देश्यले युएसएआइडी टी एन्ड सिले २ वर्षसम्म प्राविधिक परामर्श सेवा प्रदान गर्नेछ । आगामी नोभेम्बर १, २०२३ देखि डिसेम्बर ३०, २०२५ सम्म… पुरा पढौ

पोखरामा मौलिक देउसी भैलो महोत्सव हुने

पोखरा, कार्तिक २४ पोखरामा पहिलो पटक मौलिक सस्कृति झल्कने देउसी भैलो महोत्सव हुने भएको छ । पोखरा टेलिभिजनको आयोजनामा हुन लागेको महोत्सवमा बिभिन्न जातजाती बिषेश तथा समुदाय बिषेशको देउसीभैलो प्रर्दशन हुने भएको पोखरामा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । पछिल्लो समय नक्कल गर्ने सस्कृतीका कारण हाम्रा संस्कृति र परम्पराहरुको अस्तित्व नासिने खतरा बढ्दै गएको छ । पछिल्लो समय तिहारको समयमा खेलिने देउसीभैलो विकृतिमुक्त हुन सकेको छैन, यसको मौलिकता हराउँदै गएको आभाष हुन थालेको छ । त्यसैले देउसीभैलोलाई ब्यापक… पुरा पढौ

गण्डकी प्रज्ञा–प्रतिष्ठान र दि स्पिक इन साइलेन्स स्विजरल्याण्डले सहकार्य गर्ने

कार्तिक २४ पोखरा गण्डकी प्रज्ञा–प्रतिष्ठान र स्विजरल्याण्डको दि स्पिक इन साइलेन्सबीच बिहीबार सहकार्य गर्ने विषयमा सम्झौता भएको छ । दुई संस्थाबीच कला, संगीत र संस्कृतिको आदान–प्रदान गर्ने उद्धेश्यले एक कार्यक्रमकाबीच समझदारी पत्र (एम.ओ.यू.)मा हस्ताक्षर गरिएको हो । एम.ओ.यू.मा गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठ तथा दि स्पिक इन साइलेन्स स्विजरल्याण्डका प्रमुख मेलिना दी लमर्लिएरले हस्ताक्षर गरेका छन् । गण्डकी प्रज्ञा–प्रतिष्ठानमा आयोजित समझदारी पत्रमा हस्ताक्षर गरे पश्चात बोल्दै दि स्पिक इन साइलेन्सकी प्रमुख मेलिनाले अब दुई संस्थाबीचको सहकार्यमा कला, संगीत र… पुरा पढौ