दीननाथ बराल,
पोखरा १, फागुन,
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अबको चैत्र महिना भित्र पोखरालाई पर्यटनको राजधानिको रुपमा घोषणा गर्ने आन्तरिक तयारी भएको बताउनु भएको छ । गण्डकी प्रदेश सरकार स्थापना दिवस २०८० को सन्दर्भमा मंगलबार पोखरामा आयोजित प्रदेश सरकार गठन पछिका उपलब्धी विषयक परिसंवाद कार्यक्रममा वोल्दै उहाँले पोखरामा पर्यटनको धेरै सम्भावना भएकोले यहाँको थप पर्यटनको विकास गर्न पनि चैत भित्र पर्यटनको राजधानिको रुपमा घोषणा गर्ने अन्तिम तयारी भएको बताउनु भएको हो ।
प्रदेशको आर्थिक समृद्धिको आधार नै पर्यटन भएकोले पर्यटनको राजधानि घोषणा गरेर अघि बढेको खण्डमा यहाँ धेरै पर्यटकीय गन्तव्यको प्रमोशन हुने भएको मुख्यमन्त्री पाण्डेले जनाउनु भयो । फेवातालको मापदण्ड ६५ मिटर कायम गर्दै अवैध भौतिक संरचना हटाउने बिषयमा र्वोच्च अदालतले दिएको निर्देशन पालना गर्ने उहाँले बताउनु भयो । पोखरामा अन्तराष्ट्रिय विनमास्थल संचालन गर्न गराउन संघिय सहित अन्य निकायसंग समन्वय गर्ने मुख्यमन्त्री पाण्डेको भनाई थियो । प्रदेश सरकार गठन भएको ६ बर्षमा जनताले अपेक्षा गरे अनुसारको धेरै काम गर्न नसके पनि केही कामको सुरुवात राम्रै भएको उहाँको दाबी छ ।
केन्द्रीकृत मानसिकता अझै हटाउन नसक्ने अबस्था रहेको दाबी गर्दै मुख्यमन्त्री पाण्डेले देशमा संघियता ल्याए पनि संघियताबादी हुन नसकेको गुनासो गर्नु भयो । प्रदेश सरकार भएरसंचालनको ६ बर्ष हुदा अझै पनि प्रहरी चलाउने बिषयमा आफुहरुसंग लाठी भन्दा सिठा चलाउने समेत अधिकार नभएको उहाँले जनाउनु भयो । गाँउको बस्तीलाई रोक्दै युवालाई विदेशबाट केही हदसम्म रोक्न पनि गाँजा र मदिरालाई कानूनी मान्यता दिने तयारी गरेको मुख्यमन्त्री पाण्डेले बताउनु भयो । गाँजा औषधीजन्य,उधोगजन्य लगायतको लागि निकै उपयोगी हुने भएको उहाँको भनाई थियो ।
प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं प्रमुख प्रतिपक्ष दलका नेता खगराज अधिकारीले अब गण्डकी प्रदेशले आफ्नो भुमिको लागि अन्य प्रदेश र संघिय सरकारसंग लड्नुपर्ने समय आएको दाबी गर्नु भयो । एकल र साझा अधिकारका बिषयमा छलफल गर्नु पर्ने उल्लेख गर्दै उहाँले प्रदेश लुटिएको जनाउनु भयो । अन्य प्रदेशको तुलनामा गण्डकी प्रदेशमा पूजिगत बढी खर्च हुने गरेको बताउदै उहाँले जुन प्रदेशमा बढी राजश्व संकलन हुन्छ त्यसलाई बढी अधिकार दिनुपर्ने राय राख्नु भयो ।
प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा।कृष्णचन्द्र देवकोटाले प्रदेशको समृद्धि हासिल गर्न दिगो लक्ष्यले दिएका १७ वटा लक्ष्य अनुरुप अघि बढ्ने क्रममा पहिलो पन्च बर्षीय योजनामा १० खर्ब १२ अर्बको बजेज आवश्यक भए पनि मुस्किलले एक तिहाई मात्र लगानी भएको बताउनु भयो । प्रदेशको दिगो विकासको लक्ष्य पुरा गर्न कोरोना सहितको आर्थिक मिन्दरले निकै प्रभाव परेको उहाँको भनाई थियो ।
नेपाल उधोग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले प्रदेशमा औधोगिककरण निकै कम हुदा यहाँ आर्थिक कृयाकलाप निकै कम भएको दाबी गर्नु भयो । प्रदेशका नागरीकको जीवनस्तर सुधारको लागि दृर्ण भयर काम गर्न सरकारका निकायलाई आग्रह गर्दै उहाँले यो वा त्यो गठवन्धनमा भाग बन्डाले गर्दा विकाश नभएको दाबी गर्नु भयो । चुनावका वेला पार्टीले घोषणा गरेको सोही अनुसार कार्यान्वयन गर्न उहाँको सुझाव थियो । नेपालमा राजनीति संस्कार आवश्यक रहेको मुल्मीको भनाई छ ।
र्लैगिक बिषेशज्ञ प्रा।डा। चन्द्रा भद्राले संघियताले महिला माथी प्रति घात भएको दाबी गर्दै महिला बिकास कार्यालय सुटुक्क खारेज भएको उहाँको गुनासो थियो । सहकारीका कारण केही महिलालाई देह व्यापार गरेर भए पनि कर्जा तिर्न दबाब आउन थालेको उहाँले जनाउनु भयो । महिलाको पहिचानको लागि लड्दै गरेको प्रा।डा।भद्राले जनाउनु भयो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मण्डकी प्रदेश, नीति तथा योजना आयोग गण्डकी प्रदेश र नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा गण्डकी प्रदेश सरकार गठन पछिका उपलब्धी विषयक परिसंवाद भएको हो । कार्यक्रममा महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीर पत्रकार बासुदेव मिश्रले सहजीकरण गर्नु भएको थियो ।