समाज

हेमजामा मादल बजाउने तालिम सम्पन्न

महिला सञ्जाल पोखरा २५ को आयोजना तथा वडा कार्यालयको आर्थिक सहयोगमा १० दिने मादल बजाउने तालिम शुक्रबार पोखरा २५ हेमजामा सम्पन्न भएको छ । पोखरा महानगरपालिकाका प्रवक्ता एवं वडा न। २५ का अध्यक्ष मोतीलाल तिमिल्सिनाले महिलाको छेत्रमा धेरै काम गर्न बाँकी रहेको बताउदै महिलाको सक्रियताले उत्साहित भएको उल्लेख गर्नुभयो । कार्यक्रममा पोखरा महानगरपालिका कार्यपालिका सदस्य एवं वडा न। २५ का सदस्य धन कुमारी पोखरेल तिमिल्सिना, नेकपा एमाले पोखरा २५ का अध्यक्ष ऋषिराम पौडेल, सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा… पुरा पढौ

पोखरा स्पोर्ट्स अवार्डलाई ‘मझेरी रिसोर्ट एण्ड स्पा’ को साथ

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा अफिसियल रिसोर्टको रुपमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एण्ड स्पाले सघाउने भएको छ । शुक्रबार रिसोर्टमा मञ्चको टोलीसँग भएको भेटघाट तथा छलफल कार्यक्रम पश्चात अघिल्लो वर्षमा जस्तै यो वर्षको अवार्ड कार्यक्रममा समेत अफिसियल रिर्सोटको रुपमा मझेरी रहने निश्चित भएको हो । मञ्चका अध्यक्ष दीननाथ बराल, महासचिव राजाराम पौडेल, कार्यसमिति सदस्य एमबी आस्था मगर, सदस्य सागरराज तिमिल्सिना, रोहितराज पराजुलीको टोलीले रिर्सोटका अध्यक्ष अर्जुन खनाल तथा जनरल मेनेजर गुप्त गिरीसँग… पुरा पढौ

पोखराको सडकमा आश्रित २५ जनाको उद्दार, २ बर्ष बाववालिका देखि ज्येष्ठ नागरिकको उद्धार

दीननाथ बराल, सडक आश्रित २५ जना व्यक्तिहरुलाई पोखरामा उद्दार गरिएको छ । २ बर्षीय वालबालिका देखि ज्येष्ठ नागरिकसम्मका व्यक्तिहरुलाई विहिबार उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पोखराको पृथ्बीचोक तथा लेकसाइड क्षेत्रमा सडक क्षेत्रमा माग्दै हिड्ने तथा विभिन्न ढंगले सडकमा आश्रित १६ जना पुरुष र ९ जना महिलाको विहिबार उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक तिलक मानन्धरले बताउनु भयो । उद्धार गरिएका मध्य मानव सेवा आश्रम हेम्जा शाखामा ९ जना पुरुष र छोरेपाटन शाखामा ४ जना… पुरा पढौ

विविध कार्यक्रम सहित टप्स इंग्लिस बोर्डिङ स्कुलको ३१ औँ वार्षिकोत्सव सम्पन्न

जया पौडेलपोखरा–१०, रामघाटमा रहेको टप्स इंग्लिस बोर्डिङ स्कुलको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम गरी मनाइएको छ । विद्यालयका संस्थापक÷प्रिन्सिपल रत्नमान गुरुङको अध्यक्षतामा पोखरा सभागृहमा विहिबार विविध कार्यक्रमका बिच बिद्यालयको बार्षिकोत्सव मनाइएको हो । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश शिक्षा विकास निर्देशनालयका निमिक्त निर्देशक अम्बिका प्रसाद आचार्यले कार्यक्रमको उद्घाटन गर्दै अबको शिक्षा व्यवहारिक र सिपमुलक हुनु पर्नेमा जोड दिनु भयो । बिद्यालयले शैक्षिक विकासको साथमा अतिरिक्त कृयाकलापलाई समेत प्रथामिकता दिएकोमा उहाँले प्रशंसा गर्नु भयो । प्याब्सनका कास्कीका अध्यक्ष… पुरा पढौ

सिष्ठेनी मेला वैशाख २ देखी हुने

पोखरा १, चैत, रुपा युवा क्लबको आयोजनमा पोखरा ३२ रुपातालको छेउमा छैटौं रुपा सिष्ठेनी मेला हुने भएको । करिब ६ सय वर्ष अघिदेखी सुरु भएको सिष्ठेनी मेला २०८१ साल वैशाख २ गतेदेखि ५ गतेसम्म हुने भएको रुपा युवा क्लबका अध्यक्ष नमराज खड्काले जानकारी दिए । मेलामा खुल्ला भलिबल प्रतियोगिता, महिला पुरुष रस्साकसी प्रतियोगिता छेलो प्रतियोगिता हुने खड्काले जानकारी दिए । भलिबल प्रतियोगितामा प्रथम हुनेले ६५ हजार ५ सय ६५ रुपैयाँ, दोस्रो हुनेले ३५ हजार ५ सय ३५ रुपैयाँ पुरस्कार स्वरुप… पुरा पढौ

बिहानी मन्टेसोरी ११ वर्षमा प्रबेश

बिहानी मन्टेसोरी प्रिस्कुलको १० औं वार्षिकोत्सव, अभिभावक दिवस तथा दीक्षान्त समारोह बिहीबार सम्पन्न भएको छ । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख लोकनाथ आचार्यले बालबालिकाको सर्वांगीण विकासका लागि अभिभावकसमेत जिम्मेवार बन्नुपर्ने विचार राखे । आचार्यले विद्यार्थीलाई धेरै होमवर्क र घोकन्ते शिक्षा दिनुभन्दा प्रयोगात्मक विधिबाट सिकाई गर्दा त्यस्ता बालबालिका भविष्यमा अब्बल बन्ने औंल्याए । एक शिक्षकले गलत सिकाउँदा बालबालिकाको भविष्यमा ठूलो असर पर्ने हुँदा शिक्षकहरु क्षमतावान्, नैतिकवान र समर्पित हुनुपर्नेमा उनको जोड छ । पोखरा महानगरपालिका शैक्षिक प्रशासन महाशाखा… पुरा पढौ

गल्फ प्रतियोगिताको पूर्व सन्ध्यामा पोखरामा साइकल ¥याली, गल्फको समापनमा प्रधानमन्त्री प्रचण्ड आउनुहुने

दीननाथ बराल, पोखरामा हुने गल्फ प्रतियोगिताको पूर्व सन्ध्यामा विहिबार पोखरामा साइकल ¥याली आयोजना गरिएको छ । पोखराको हल्लनचोक देखि सुरु भएको साइकल ¥याली पोखराका विभिन्न नगर परिक्रमा गरी हिमालयन गल्फ कोर्षमा पुगेर टुंगिएको थियो । उक्त साइकल ¥यालीमा विदेशी पर्यटक देखि बालबालिका हुदै ८१ बर्षका ज्येष्ठ नागरिक समेत सहभागि हुनु भएको थियो । हल्लनचोकबाट सुरु भएको ¥याली सहिद चोक, सभागृह चोक, चिप्लेढुंगा चोक, महेन्द्र पुल, रानी पौवा, चाउथेचोक र मजेरी पाटन हुँदै हिमालयन गल्फ कोर्समा पुगेर सम्पन्न भएको थियो ।… पुरा पढौ

हिमालयन चेस एकेडेमीको उद्घाटन

काठमाडौं , चैत्र १ युवा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित स्थापित हिमालयन चेस एकेडेमीको एक समारोहवीच थापाथली, काठमाडौंमा विहीबार उद्घाटन भएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ, एकेडेमीकी अध्यक्ष मोनालिशा खम्बू र राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका पहिलो विजेता विकासमान लामाले एकेडेमीको लोगो अनावरण गर्दै उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा घिसिङले भने, ‘चेसको विकासको लागि निजी लगानीमा हिमालयन चेस एकेडेमी स्थापना हुनु सह्राहनीय छ । यस एकेडेमीले देशका लागि नाम राख्ने चेस खेलाडी उत्पादन गर्ने विश्वास गरेको छु । सानै… पुरा पढौ

चैत ४ गते पोखरालाई पर्यटनको राजधानि घोषणा हुने

दीननाथ बराल, अन्ततः आउँदो आइतबार निकै तामझामका साथ पोखरालाई पर्यटनको राजधानिको रुपमा घोषणा हुने भएको छ । विगत ७ बर्ष अघि देखि पोखरालाई औपचारिक रुपमा पर्यटनको राजधानि बनाउने चर्चा तथा केही पलक कदमी भए पनि औपचारिक रुपमा पोखरालाई पर्यटनको राजधानिको रुपमा घोषणा हुन नसकेको अबस्थामा अन्ततः यही चैत ४ गते आइतबार पोखरालाई देशकै पर्यटनको राजधानिको रुपमा घोषणा हुने भएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखराक्लिकलाई बताउनु भयो । यस अघि पोखरालाई पर्यंटनको राजधानि बनाउने चर्चा विगत ७÷८ बर्ष अघि देखि… पुरा पढौ

रुपातालका स्थानिय बासि आन्दोलिन, जग्गा अविलम्ब फुकुवा गर्न माग

दीननाथ बराल, कास्कीको रुपाताल क्षेत्रका स्थानिय बासिहरु यति वेला आन्दोलिन हुनु भएको छ । स्थानियको करिब ८ सय रोपनी जग्गा रुपाताल परियोजना अन्र्तगत सरकारले जग्गा रोक्का गर्दा स्थानियले आफ्नो जग्गा अविलम्ब फुकुवा गर्न माग गर्दै आन्दोलित हुनु भएको हो । यसै सन्र्दभमा स्थानियले बुधबार जिल्ला प्रशासन कार्यालय कास्कीको गेट अगाडी धर्ना समेत दिनु भएको छ । साथै स्थानियले अविलम्ब आफ्नो धेरै बर्ष देखि रोक्का रहेको जग्गा तत्काल फुकुवा गर्नुपर्ने अन्यथा उचित मुआव्जा पाउनु माग राख्दै आन्दोलन गर्न बाध्य हुनु परेको… पुरा पढौ

This will close in 20 seconds