समाज

पोखरामा पाँच दिने राष्ट्रिय ह्याण्डबल रेफ्रि प्रशिक्षण सुरू

पोखरा, पोखरामा राष्ट्रिय ह्याण्डबल ह्याण्डबल रेफ्रि प्रशिक्षण सुरू भएको छ । नेपाल ह्याण्डबल संघको आयोजना, बुढानिलकण्ठ नगर पालिकाको सहकार्य एवं गण्डकी प्रदेश ह्याण्डबल संघको व्यवस्थापनमा सो प्रशिक्षण कार्यक्रम सुरू भएको हो । पोखरा रंगशालास्थित बहुउद्धेश्यिय कभर्डहलमा बुधबार आयोजित एक कार्यक्रमका बीच जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरूङले सो प्रशिक्षण कार्यक्रमको शुभारम्भ गरे । सो अवसरमा उनले पछिल्लो समयमा ह्याण्डबलका गतिविधि बढ्नुले पनि यहाँको खेलकुद चलायमान बनाउन सहयोग पुगेको जनाउँदै दक्षिण एशियामा उत्कृष्ट नेपाली ह्याण्डबल खेलको विकासका लागि रेफ्रि… पुरा पढौ

पोखरामा एक्सटेपको नयाँ आउटलेट उद्घाटन, पोर्टर र गाइडलाई निःशुल्क जुत्ता वितरण (भिडियो सहित)

दीननाथ बराल,पोखरा, वैशाख १५, पोखराको न्यूरोड क्षेत्रमा अन्तर्राष्ट्रिय खेल सामग्री ब्रान्ड एक्सटेप को नयाँ आउटलेट सञ्चालनमा आएको छ । यो आउटलेट पोखराको दोस्रो तथा नेपालभरको १५औँ शाखा रहेको एक्सटेप नेपालका अध्यक्ष गणेश श्रेष्ठले बताउनु भयो । https://www.youtube.com/watch?v=VrnAFAvAykU पोखराको बुद्धबिशाल बजारमा रहेको पहिलो शाखासंगै पोखरामा यसको माग भएकोले पोखराको व्यस्त बजार न्यूरोडमा नयाँ आउटलेट संचालन गरिएको उहाँले जनाउनु भयो । उद्घाटनको अवसरमा एक्सटेप नेपालले सामाजिक उत्तरदायित्व अन्तर्गत हिमाली क्षेत्रमा कार्यरत पोर्टर तथा टुर गाइडहरूलाई निःशुल्क जुत्ता र टिसर्ट वितरण गरेको छ… पुरा पढौ

बेगनास तालमा ४२५ केजी माछाका भूरा छाडियो

लेखनाथ, १५ बैशाख, कास्कीको दोस्रो ठूलो बेगनास ताल मा जलारी समुदायको जीविकोपार्जन सुदृढ गर्ने उद्देश्यले माछाका भुरा छाड्ने कार्यलाई निरन्तरता दिइएको छ। यसैक्रममा चालु आर्थिक वर्षको प्रारम्भिक चरणमा विभिन्न प्रजातिका करिब तीन हजार माछाका भुरा तालमा छोडिएको छ भने वार्षिक रूपमा यहाँ करिब चार लाख भुरा छाडिँदै आएको छ। बेगनासताल मत्स्य व्यवसायी समितिको आयोजना तथा पोखरा महानगरपालिका वडा नं ३१ को आर्थिक सहयोगमा सम्पन्न कार्यक्रममा १०० देखि ३०० ग्राम तौलका करिब ४२५ केजी माछा तालमा छाडिएको हो। माछाको संख्या र… पुरा पढौ

अन्नपूर्ण सहितका पदयात्रा पर्यटनलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन र तत्काल सबै टिम्स चेकपोष्ट अनिवार्य गर्न टान गण्डकीको माग

पोखरा, १५ वैशाख, ट्रेकिङ एजेन्सीज् एशोसिएसन अफ नेपाल (टान) गण्डकीले पदयात्रा पर्यटन क्षेत्रलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन माग गरेको छ । टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्य नेतृत्वको टोलीले गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमाल समक्ष ध्यानाकर्षण पत्र बुझाउँदै अन्नपूर्ण क्षेत्रसहितका प्रमुख पदमार्गहरूमा देखिएका समस्या समाधानका लागि प्रभावकारी कदम चाल्न आग्रह गर्दै पदयात्रा पर्यटन क्षेत्रलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन माग गर्नु भएको हो । तत्काल सबै टिम्स चेकपोष्टहरू सञ्चालनमा ल्याई अनिवार्य गर्न गण्डकी प्रदेश सरकारसँग टान… पुरा पढौ

१० औं रारा पोखरा स्पोर्टस् अवार्डमा स्पेशल अवार्डका लागि नेलम्बो नेपालको सहयोग

पोखरा, विपन्न समुदाय र जैविक विविधता साझेदारी संस्था ९नेलम्बो० नेपालले १० औं रारा पोखरा स्पोर्टस अवार्डमा सहकार्य गर्ने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आगामी वैशाख ३१ गते पोखराको इभेन्ट सेन्टरमा सम्पन्न हुने १० औं संस्करणको पोखरा स्पोर्टस् अवार्डमा प्रदान गरिने स्पेशल अवार्डमा सहयोग गर्ने गरी नेलम्बो नेपालले सहयोग गर्ने भएको हो । पोखरा स्पोर्टस अवार्ड आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था र नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटा बीच पोखरा स्पोर्टस् अवार्डलाई सहयोग गर्ने… पुरा पढौ

प्रदेश बक्सिङ संघको साधारण सभा सम्पन्न, प्रदेश स्तरीय बक्सिङ तथा यू–१९ अन्तर विद्यालय स्तरीय बक्सिङ प्रतियोगिता गर्ने निर्णय

दीननाथ बराल,पोखरा, १५ वैशाख, गण्डकी प्रदेशमा बक्सिङ खेलका विभिन्न गतिविधि हुने भएका छन् । प्रदेश बक्सिङ सङ्घको आज (मंगलबार) पोखराको लेकसाइडस्थित माउन्ट कैलास रिसोर्टमा सम्पन्न सङ्घको दोस्रो साधारण सभाले यस खेलको विकास र प्रबद्र्धन गर्न विभिन्न गतिविधि गर्ने निर्णय गरेको संघ गण्डकीका अध्यक्ष बिद्या प्रसाद मर्सानीले बताउनु भयो । केही समय पश्चात प्रदेश स्तरीय बक्सिङ प्रतियोगिता तथा यू–१९ अन्तर विद्यालयस्तरीय बक्सिङ प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको उहाँले जनाउदै खेलाडी उत्पादन र दक्षता अभिवृद्धिका लागि प्रशिक्षक प्रशिक्षण कार्यक्रम पनि सञ्चालन गरिने… पुरा पढौ

क्षत्री समाजद्वारा विज्ञ समूह गठन

पोखरा, क्षत्री समाज नेपाल ले संविधान संशोधन समितिसमक्ष उपयुक्त राय सुझाव पेस गर्न विज्ञ समूह गठन गरेको छ । राष्ट्रिय हित, आमजातिको एकतासहित क्षत्री जातिप्रतिको विभेद अनत्यका लागि आवशयक राय सुझाव पेस गर्न उक्त समिति गठन गरिएको समाजका महासचिव कृष्णबहादुर थापाले जानकारी दिए । उक्त समिति संयोजकमा नेपाल बार एसोसिएसनका पूर्व उपाध्यक्ष वरिष्ठ अधिवक्ता वीरेन्द्र केसी, सदस्यमा समाजका कानून विभाग प्रमुख अधिवक्ता यमबहादुर क्षत्री र केन्द्रीय सल्लाहकार प्राध्यापक सूर्य खड्का विखर्ची रहेका छन् ।समाजको दोस्रो कार्यकारिणी बैठक तथा चौथो केन्द्रीय… पुरा पढौ

दयाशंकर पालिखे पत्रकारिता सम्मान सूर्यचन्द्र र कृष्णमणिलाई

पोखरा, वैशाख १५, नेपाल पत्रकार महासंघ कास्कीले सञ्चालन र दयाशंकर पालिखेका परिवारद्वारा स्थापना गरिएको प्रजातन्त्र सेनानी दयाशंकर पालिखे पत्रकारिता सम्मानबाट पत्रकार सूर्यचन्द्र बस्नेत र कृष्णमणि बराललाई सम्मान गरिने भएको छ । पत्रकार महासंघ कास्कीका अध्यक्ष माधवप्रसाद बरालको अध्यक्षतामा सोमबार बसेको बैठकले प्रतिभा छनोट समितिले २०८१ बाट पत्रकार बस्नेत र २०८२ बाट पत्रकार बराललाई सम्मान गर्न गरेको सिफारिसलाई अनुमोदन गरेको हो । पुरस्कारको राशि १ लाख १ हजार १ सय ११ रुपैंयाँ, दोसल्ला र सम्मान पत्र छ । पत्रकारद्वयलाई आगामी वैशाख… पुरा पढौ

कास्कीका स्थानीय तहका जनप्रतिनिधिसंग बिमा तथा पन्जिकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

बैशाख १४, पोखरा. स्थानीय तहका जनप्रतिनिधि संग बिमा तथा पन्जिकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सोमबार पोखरामा सम्पन्न भएको छ।कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नुभएको थियो। पौडेलले बिमा सचेतनामूलक उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको उल्लेख गर्दै आम कृषक समेत मा बिमा सम्बन्धि सचेतना बढाउन सबै बिमा सेवा प्रदायक संस्था हरू कटिबद्धताका साथ लाग्नु पर्ने बताउनुभयो । बिमा दाबी ,भुक्तानीमा जटिलता देखिएको आम सर्बसाधारणहरूको गुनासो रहेको उल्लेख गर्दै प्रमुख पौडेलले सो प्रक्रिया सरलिकृत बनाउनेतर्फ ध्यान दिन सरकारी निकाय र… पुरा पढौ

सुब्बा नाथु प्रल्हाद प्रतिष्ठान रजत जयन्ती, राष्ट्रिय विभूति घोषणा गर्न माग

पोखरा, सुब्बा नाथु प्रल्हाद प्रतिष्ठानले विविध कार्यक्रमको आयोजना गरी रजत जयन्ती समारोह मनाएको छ । प्रतिष्ठान स्थापना भएको २५ औँ वर्ष उपलक्ष्यमा सोमबार नाथु प्रल्हाद स्मृति भवन पोखरा–२५ हेमजा याम्दीको सभा हलमा विविध कार्यक्रमको आयोजना गरी रजत जयन्ती मनाएको हो । कार्यक्रममा प्रतिष्ठानले सुब्बा नाथु गुरुङ र सुब्बा प्रह्लाद गुरुङका विषयमा केन्द्रित रहेर प्रकाशन गरेको रजत स्मारिका २०८३ को विमोचन गरिएको थियो । कार्यक्रममा प्रतिष्ठानलाई सहयोग गर्ने विभिन्न व्यक्तिलाई सम्मान गरेको छ । यसरी सम्मानीत हुनेहरुमा गण्डकी प्रदेश भौतिक पूर्वाधार… पुरा पढौ