पोखरा, ९ जेठ, पोखरा महानगरपालिका वडा नं ४, गैह्रपाटनमा रहेको कुमुदिनी होम्स बिद्यालयले पहिलो पटक विद्यालयमा कुमुदिनी कार्नभल तथा लिटरेचर फेस्टिभल आयोजना गर्यो । विद्यालयले शिक्षाका साथसाथै विद्यार्थीलाई भविष्यमा आफ्नै खुट्टामा उभिन, आत्मविश्वासी बन्न अतिरिक्त क्रियाकलाप र यस्तो कार्निभल प्रेरक हुने बताएको छ । विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले कार्निभलमा विद्यार्थीले ४५ वटा स्टल राखेको बताए ।स्टलहरुमा विभिन्न खानाका परिकार, फास्टफुड, खेलविभिन्न हस्तकलाका सामग्रीहरू समावेश गरिएको थियो । कोही मःमः, कोही लस्सी, कफि, सेलरोटी र कोहि पेन्टिङमा झुम्मिएका थिए ।…
पुरा पढौ