समाज

ओझेलमा परेका पर्यटकीय गन्तव्यको राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रचारमा जोड, तीनदिने अध्ययन भ्रमण सकेर पत्रकार टोली पोखरा फर्कियो (भिडियो सहित)

दीननाथ बराल,पोखरा, गण्डकी प्रदेशका ओझेलमा परेका तथा अपेक्षाकृत कम प्रचारप्रसार भएका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको आर्थिक सहयोगमा सञ्चालित तीनदिने अध्ययन तथा अवलोकन भ्रमण सम्पन्न भएको छ। भ्रमणमा सहभागी पत्रकारहरूको टोली पोखराबाट शुक्रबार प्रस्थान गरी तनहुँ, नवलपुर, स्याङ्जाका विभिन्न पर्यटकीय गन्तव्यको स्थलगत अवलोकन, अध्ययन र रिपोर्टिङ गर्दै आइतबार बेलुका पोखरा फर्किएको हो। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पोखरा, अन्नपूर्ण क्षेत्रलगायत विश्वप्रसिद्ध गन्तव्य चर्चामा रहे पनि ग्रामीण तथा नयाँ पर्यटकीय गन्तव्य… पुरा पढौ

शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण

पोखरा, २५ जेठ, एसइईमा वर्षेनी उत्कृष्ट नतिजा ल्याउँदै पोखरामा अब्बल विद्यालय शान्ति निकेतन स्कुलले कक्षा ११ मा पठनपाठन सुरू गरेको छ । यसै शैक्षिक सत्रदेखि विज्ञान र व्यवस्थापन संकायमा पठनपाठन सुरु गरेको हो । पोखरा–५, पस्र्याङमा अत्याधुनिक सुविधासम्पन्न भवन निर्माण गरेको शान्ति निकेतनमा पहिलो वर्ष नै १२० जना विद्यार्थी भर्ना भएका छन् । विज्ञान संकायतर्फ ८० जना र व्यवस्थापनतर्फ ४० जना सीट छुट्याइएकोमा लक्ष्य अनुरुप उच्चतम् ४ जीपीए प्राप्त गरेकासहित स्तरीय विद्यार्थी भर्ना भएको संस्थापक प्राचार्य डा। महेश्वर पराजुलीले जानकारी… पुरा पढौ

बेगनास तालमा डुबेका युवकको सशस्त्र प्रहरीद्वारा उद्धार, अचेत अवस्थामा अस्पताल भर्ना

पोखरा, जेठ २५, पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक युवकलाई सशस्त्र प्रहरी बलको गोताखोर टोलीले उद्धार गरेको छ। सिन्धुली घर भई हाल पोखरा–१८ सराङकोटस्थित मामाघरमा बस्दै आएका करिब २३ वर्षीय कान्छा मगर (नामले चिनिने) आइतबार दिउँसो बेगनास तालको रेस्क्यु टावर नजिक पौडी खेल्ने क्रममा अचानक डुबेर बेपत्ता भएका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हेडक्वार्टर कालिका, कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक कमल वलीको नेतृत्वमा गोताखोर सहित ११ सदस्यीय उद्धार… पुरा पढौ

फेवातालका डुंगा चालक र अब यात्रुको समेत बिमा हुने

जेष्ठ २५,पोखरा, फेवा डुंगा व्यवसायी संगठनले फेवातालमा डुंगा चलाउने चालक तथा डुंगामा सयर गर्ने यात्रुहरुको बिमा गरेको छ । संगठनले शिखर इन्स्योरेन्स कम्पनीसंग आगामी १ वर्षका लागि बिमा गरेको हो । अब फेवातालमा कुनै दुर्घटना भएर घाइते भएमा डुंगा चालक तथा यात्रुले उपचार खर्च १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । मानविय क्षति भएमा परिवारले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । संगठनमा दर्ता भई सञ्चालनमा रहेका डुंगामा यो नियम लागू हुने संगठनका अध्यक्ष बलराम गिरीले जानकारी दिनुभयो । फेवातालमा वर्षेनी विभिन्न… पुरा पढौ

नवलपुरको भिमसेन माविलाई गण्डकी प्रदेश स्तरिय अन्तर विद्यालय क्रिकेट प्रतियोगिताकोे उपाधि

दीननाथ बराल,पोखरा २५, जेठ, नवलपुरको भिमसेन आदर्श माध्यमिक विद्यालयले गण्डकी प्रदेश स्तरिय अन्तर विद्यालय क्रिकेट प्रतियोगिता २०८३ को उपाधि चुमेको छ । पोखरा रंगशालाको क्रिकेट मैदानमा आज (सोमबार) भएको फाइनल खेलमा नवलपुरको भिमसेन आदर्शले स्याङ्जाको भगवती माध्यमिक विद्यालयलाई ६८ रनले फराकिलो अन्तरले पराजित गर्दै उपाधि चुमेको हो । टस जितेर पहिले ब्याटिङ रोजेको भिमसेन आदर्श माध्यमिक विद्यालयले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६४ रनको योगफल जोड्न सफल भयो । खेलमा भिमसेनका पंकज यादवले उत्कृष्ट प्रदर्शन गर्दै ४८ बलमा ५… पुरा पढौ

प्रतिभामा नवआगन्तुक विद्यार्थीलाई स्वागत, शनिबार विज्ञान र आइतबार व्यवस्थापन संकायका लागि कार्यक्रम

पोखरा, जेठ २४, पालिखेचोकस्थित प्रतिभा माविले नवआगन्तुक विद्यार्थीका लागि आइतबार स्वागत तथा उत्प्रेरणामुलक कार्यक्रम आयोजना गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) उत्तिर्ण गरि प्रतिभामा कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि कार्यक्रम आयोजना गरिएको हो । शनिबार विज्ञान संकायमा भर्ना भएका विद्यार्थीका लागि स्वागत कार्यक्रम राखेको प्रतिभाले आइतबार व्यवस्थापन र होटल व्यवस्थापन संकायमा भर्ना भएका विद्यार्थीका लागि कार्यक्रम राखेको थियो । उक्त कार्यक्रमको प्रमुख अतिथि मणिपाल शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडुभिल, विद्यालय संचालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेल… पुरा पढौ

पत्रकारलाई अनुसन्धानमूलक लेख लेखन तालिम

पोखरा, २४ जेठ, नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा आईतबारदेखि अनुसन्धानमूलक लेख लेखन तालिम सुरु भएको छ । जेठ २७ गतेसम्म सञ्चालन हुने तालिमको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरेका हुन् । उद्घाटनपछि मेयर आचार्यले पत्रकारिता क्षेत्रलाई अझ बढी जिम्मेवार र अद्यावधिक बनाउनु पर्ने बताए । उनले नेपालमा डिग्री हासिल गरेपछि वा परीक्षा सकिएपछि सिक्ने प्रक्रिया सकियो भन्ने गलत धारणा रहेको भन्दै यसलाई चिर्नुपर्ने धारणा राखे । विशेष गरी पत्रकारिता जस्तो संवेदनशील र गतिशील क्षेत्रमा आबद्ध व्यक्तिहरूका लागि हरेक मिनेट… पुरा पढौ

महानगरका शिविरमा युआरएलको सहकार्य

पोखरा, २४ जेठ, पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाले महानगरका विभिन्न क्षेत्रमा निशुल्क वृहत स्वास्थ्य शिविर आयोजना गरिरहेको छ । महानगरले पाँच स्थानमा शिविर गर्ने योजना बनाएकोमा आइतबारसम्म चार ठाउँमा शिविर भइसकेका छन् । यी शिविरमा रक्त जाँचमा युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल) र आँखा जाँचका लागि दृष्टि आँखा अस्पतालले सहकार्य गरेका छन् । आइतबार पोखरा–५ को अम्बिका मावि सुइँखेतमा शिविर भएको छ । शिविरमा ४ सय ६५ जना सेवाग्राहीले सेवा लिएका छन् । १ सय ४८ जनाको प्रयोगशाला परीक्षण, आरबिएस जाँच एक… पुरा पढौ

जोण्टा क्लव अफ पोखराको अध्यक्षमा नेलिसा

जेष्ठ २४,पोखरा जोण्टा क्लव अफ पोखराको अध्यक्षमा नेलिसा ठकुरी केसी चयन हुनुभएको छ । जोण्टा इन्टरनेशनल डिष्ट्रिक २५ अन्र्तगत एरिया २ को हालै पोखरामा सम्पन्न सातौं साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि उहाँको अध्यक्षतामा पाँच सदस्यि कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा सिर्जना केसी भट्टराई, सचिवमा बन्दना कार्की केसी, कोषाध्यक्षमा श्रीविद्या रघुनन्दन कायस्थ चयन हुनुभयो । समितिको निवर्तनमान अध्यक्षमा रोजिना रञ्जित बिजुक्छे रहनुभएको छ । समितिको नेमिनेटिङ कमिटिमा मोनिका थापा, एडभोकेसि कमिटिमा अर्चना कर्माचार्य, अवार्ड एण्ड स्कलरशिपमा… पुरा पढौ

कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको सरुवा, कुमानसिंह गुरुङ आउँदै

पोखरा, कास्कीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रुद्रादेवी शर्माको सरुवा भएको छ । गृह मन्त्रालयको हालैको निर्णयअनुसार शर्मा धनकुटाको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा हुनुभएको हो । उहाँको सरुवासँगै सहसचिव कुमानसिंह गुरुङ कास्कीको नयाँ प्रमुख जिल्ला अधिकारीका रूपमा पदस्थापन हुनुभएको छ। गृह मन्त्रालयले नियमित प्रशासनिक सरुवाअन्तर्गत जिल्लाका प्रमुख प्रशासनिक जिम्मेवारीहरू हेरफेर गर्दै गुरुङलाई कास्की पठाएको जनाएको छ।शर्मा करिब एक वर्षदेखि कास्कीमा प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत रहँदै जिल्लाको शान्ति सुरक्षा, सेवा प्रवाह, विपद् व्यवस्थापन तथा प्रशासनिक समन्वयका क्षेत्रमा सक्रिय भूमिका निर्वाह… पुरा पढौ