पोखरा २४ का वडाध्यक्ष अधिकारीलाई साँढे चार महिनाको कैद र ७५ हजारको जरिवाना
पोखरा ८, मंसिर पोखरा महानगरपालिका वडा नमबर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई जिल्ला अदालत कास्कीले साढे चार महिना कैद र रु ७५ हजार जरिवानाको फैसला गरेको छ । आफ्नै गाँउले माझ जातीय भेदभाव तथा छुवाछुत सम्बन्धी कसुरमा अधिकारीलाई बिहीबार अदालतले सो बमोजिमको आदेश जारी गरेको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयो । जिल्ला न्यायधीश अवनी मैनाली भट्टराईको एकल इजालसले वडाध्यक्ष अधिकारीलाई सो आदेश गरेको हो । जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव सम्बन्धी (कसूर र सजाय) ऐन, २०६८…
पुरा पढौ
क्रिकेट भित्राउने ब्राइनको स्मृतिमा गण्डकी बोर्डिङमा क्रिकेट टुर्नामेन्ट
पोखरा, ८ मंसिर गण्डकी बोर्डिङमा शुक्रबारदेखि ब्राइनउड मेमोरियल क्रिकेट टुर्नामेन्ट तथा एभरेष्ट बास्केटबल टुर्नामेन्ट सुरु भएको छ । विद्यालयको संयोजनमा कक्षा १२ का विद्यार्थीले आयोजना गरेको सो प्रतियोगिता मंसिर ३० सम्म चल्नेछ । प्रतियोगिताको कास्की जिल्ला क्रिकेट संघका निवर्तमान अध्यक्ष देवेन्सन प्रजु, कास्की जिल्ला बास्केटबल संघ अध्यक्ष कृष्ण गुरुङ र विद्यालय प्रिन्पिसल वीरेन्द्र खड्काले संयुक्तरुपमा उद्घाटन गरे । छात्रतर्फ क्रिकेटको छैटौं तथा छात्रातर्फ बास्केटबलको चौंथो संस्करण हो । दुवैतर्फ ६ टिमले भाग लिएका थिए । क्रिकेटमा कक्षा ८ देखि १२…
पुरा पढौ
पोखराको मालेपाटनमा बाइको ठक्करबाट पदैलयात्रीको मृत्यु
पोखरा ८ मंसिर । गए राति सवा १० बजे पोखराको मालेपाटन कालिका फिउल स्टेशन नजिक ग १४ प ९३३२ नम्बको बाइको ठक्करबाट एक पदैलयात्रीको ज्यान गएको छ । पस्र्याङ बाट जिरो किमि तर्फ जादै गरेको बाईकले ठक्कर दिदा खोटाङ जिल्ला घर भई हाल पोखरा ५ पस्र्याङ बस्ने बर्ष ५० का टङबाहदुर समाल मगरको ज्यान गएको जिल्ला ट्राफिक कार्यलय कास्कीले जनाएको छ । ठक्करबाट घाइते भएका उनको टाउकोमा गहिरो चोट लागेको र उनको अस्पताल पुर्याउदै गर्दा मृत्यु भएको हो । घटनामा…
पुरा पढौ
कानुन व्यवसायी बाँस्तोला अभियनयमा
पोखरा, ७ मंसीर अधिवक्ता गोविन्द बास्तोलाको लय शब्द रहेको सत्तरी काटेको बोलको गीत सार्वजनिक भएको छ । झण्डै एक दशक देखि कानुन व्यवसाय गर्दै आएका अधिवक्ता बाँस्तोलाको आफ्नै अफिसिएल युटुब च्यानल एव वि द जेन्टल मार्फत सत्तरी काटेको बोलको गीत भिडियो सहित सार्वजनिक भएको हो । सधैँ जसो कालो कोटमा अदालत परिसरमा देखिने बाँस्तोला यस म्युजिक भिडियोमा भने सेतो धोती लगाई नदीतिरमा ध्यान मग्न अवस्थामा रहेको देख्न सकिन्छ । यस गीतको शब्द तथा लय बाँस्तोलाको नै हो भने स्वरमा सुन्जिता…
पुरा पढौ
अन्नपूर्णमा रङ्गोली उत्सव सम्पन्न
पोखरा, ७ मङ्सिर अन्नपूर्ण गाउँपालिका ९ तिखेढुङ्गामा तेस्रो अन्तरविद्यालय स्तरीय रङ्गोली प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा उल्लेरी आधारभूत विद्यालय प्रथम, भगवती माध्यमिक विद्यालय दोस्रो र झिलिबराङ आधारभूत विद्यालय मोदी पर्वत तेस्रो भए । उत्कृष्ट रङ्गोली बनाउने विद्यार्थी समूहलाई दक्षिण कोरियाका कला शिक्षक कु ह्युम किमले जनही १५ हजार, १३ हजार, ११ हजार र सहभागी समूहलाई उत्सवको रङ व्यवस्थापनका लागि २ हजार नगद पुरस्कार र प्रमाणपत्र दिएका थिए । तिहारमा लक्ष्मीपूजाको दिन लक्ष्मीलाई घर भित्र्याउन बनाइने रङ्गोली नेपालीहरूको मौलिक मण्डेला…
पुरा पढौ
कर सप्ताह सम्पन्न, पोखराका विभिन्न करदाता सम्मानित
दीननाथ बराल पोखरा, ७ मंसिर “स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन” भन्ने नारा सहित बिहिबार एक कार्यक्रमका बिच राष्ट्रिय कर दिवस तथा कर सप्ताह कार्यक्रम पोखरामा पनि सम्पन्न भएको छ । उक्त अवसरमा पोखरामा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, माछापुच्छ्रे मेटल एण्ड मेशीनरी वक्र्स प्रा.लि. र कर्माचार्य वेक्स एण्ड फुड्स प्रा.लि. सम्मानीत भएका छन्। आन्तरिक राजस्व कार्यालय पोखरामा आयकर तर्फ धेरै कर तिर्ने करदाताहरू मध्य बैंक तथा वित्तिय सेवा तर्फ जाल्पा सामुदायिक लघुवित्त,…
पुरा पढौ
केपी ओली कप राष्ट्रिय टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा बागमतीको विजयी सुरुवात
दीननाथ बराल पोखरा ७, मंसिर बागमती प्रदेशले पोखरा रंगशालामा विहिबार देखि सुरु भएको केपी ओली कप राष्ट्रिय टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा बागमती प्रदेशले आयोजक मदन भडारी स्पोट्र्स एकेडेमी (रातो) टिम माथि सान्दार जित हासिल गरेको हो । बागमतीले १ सय ९ रनको बिशाल अन्तरले एकेडेमीलाई पराजित गरेको हो । पहिला टस हारेर पनि व्याटिङ्गको निम्तो पाएको बागमतीले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउदै १ सय ८४ रन जोड्न सफल भएको थियो । १…
पुरा पढौ
पोखरामा आजदेखि शुरु भयो एन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेस
पोखरा, ०७ मंसिर एन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेस आज (बिहीबार) देखि शुरु भएको छ । रेसको उद्घाटन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरे । माउन्टेन बाइक कम्पनी डन टिल डस्कको आयोजनामा मंसिर ९ गतेसम्म पोखरा महानगरपालिका वडा नं. १३ को आर्बा–बिजय डाँडा (महाप्रभु धाम)मा प्रतियोगिता भएको हो । प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै पोखराका मेयर आचार्यले खेल क्षेत्रको विकासको लागि महानगर सदैव तयार रहेको बताए । पोखरालाई खेल पर्यटनको हब बनाउनका लागि प्रशस्त सम्भाव्यता रहेका कारण अन्तर्राष्ट्रिय स्तरका खेल पोखरामा…
पुरा पढौ
प्रदेशले स्थानीय तहलाई दिने अधिकारमाथि शाशन गर्दैन ः मुख्यमन्त्री पाण्डे
पोखरा ६, मंसिर गण्डकी प्रदेश समन्वय परिषद्को छैटौँ बैठक बुधवार सम्पन्न भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा भएको बैठकले १३ बुदेँ निर्णय गरेको छ । बैठकमा सदस्यहरुले स्थानीय तह, प्रदेश र संघको सहकार्य बिना संघियता मजवुत नहुने भन्दै संविधानको मर्म अनुसार सहकार्य, सह अस्तित्व र समन्वय हुनुपर्ने बताए । प्रदेश, स्थानीय तह र संघले संचालन गर्ने योजना, बजेट, योजना बैंक, कानुनहरु निर्माण, स्थानीय तहमा देखा परेका समस्याका बारेमा छलफल केन्द्रित भएको थियो । बैठकमा…
पुरा पढौ
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा खेलकुदकै भरमा चाट्र्ड फ्लाईट
दीननाथ बराल पोखरा ६, मंसिर पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलमा फाट्य फुट्य खेलकुदकै भरमा चाटर्ड फ्लाईट मात्र हुने गरेको छ । चाइनाको ऋणमा करिब २२ अर्बको लागतमा गत पुष १७ गते देखि पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आए पनि हालसम्म पोखरामा नियमति रुपमा अन्तर्राष्ट्रिय हवाई उडान हुन नसके पनि खेलकुदकै भरमा चाटर्ड फ्लाईट मात्र बढी भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको ६ महिनामा चाइनाबाट खेलकुदको माध्यमबाट एउटा चाटर्ड फ्लाईट भए पनि हाल उक्त विमानस्थल संचालनको करिब ११ महिनामा अर्को खेलको माध्यमले…
पुरा पढौ

