देश तथा समाज पत्रिका

पोखरामा सम्पन्न ‘फिसटेल रेसिङ कप २०२३’ को उपाधि अजयले जिते

पोखरा १०, मंसिर पोखरामा सम्पन्न फिसटेल रेसिङ कप २०२३ को उपाधि अजय तामाङले जितेका छन् । आइतबार पोखरा रंशगशालामा सम्पन्न ३८ जना वाइकर्सहरुलाई उछिन्दै अजयले उपाधि जितेका हुन् । उनले उपाधि संगै नगद १ लाखसहित ट्रफि र प्रमाणपत्र हात पारेका छ्न् । नेपाल रेसिङ स्पोर्टस एसोसियसनको आयोजना तथा भिआर ४६ को समन्वयमा तिन दिन सम्म भव्य रुपमा सञ्चालन भएको प्रतियोगितामा सुजन थापा मगर दोश्रो भए । उनले नगद रु ७५ हजार हात पार्दा मोहमद फरहान तेश्रो हुँदै नगद रु २५… पुरा पढौ

पुष १२ देखि पोखरा सडक महोत्सव हुने तयारी

दीननाथ बराल पोखरा १०, असार २५ औं पोखरा सडक महोत्सव २०८० यस बर्ष आउदो पुष १२ गते देखि हुने भएको छ । रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेवान) पोखराको आयोजनामा अंग्रेजी नयाँ वर्षको अवसरमा पुष १२ गते देखि १६ गतेसम्म उक्त महोत्सव हुने भएको आइतबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराएको हो । ‘सडकमै खाउँ, सडकमै नाचौं, सडकमै रमाऔं’ भन्ने मुल नारा सहित उक्त महोत्सव लेकसाइडको करिब ३ किलोमिटर क्षेत्रमा सञ्चानल गर्ने तयारीमा जुटेको रेवान पोखराका प्रथम उपाध्यक्ष एवं… पुरा पढौ

अन्तराष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगितामा नेपाली खेलाडीको बर्चोश्व

दीननाथ बराल पोखरा ९, मंसिर अन्तराष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौड प्रतियोगितामा नेपाली खेलाडीहरुले बर्चोश्व कायम गर्न सफल भएका छन्। शनिबार पोखरामा सम्पन्न भएको दोश्रो अन्तराष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगितामा नेपाली खेलाडीको बर्चोश्व कायम गर्न सफल भएका हुन्। करिब ३ बर्ष पछि पोखरामा आयोजना भएको अन्तराष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौड प्रतियोगितामा सबै जसो पुरस्कार नेपाली खेलाडीहरुले जित्न सफल भएका छन्। पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड र नेपालस्थित चिनिया राजदूताबासको संयुक्त आयोजनामा शनिबार पोखरामा सम्पन्न भएको उक्त प्रतियोगिता अन्र्तगत समुह तर्फ र… पुरा पढौ

फेवातालमा डुंगा सयर गर्नेहरुको भिड्

दीननाथ बराल पोखरा ९, मंसिर हिजोआज पोखराको मुख्य पर्यटकीय गन्तव्य फेवातालमा डुंगा सयर गर्नेहरुको भिडभाड बढेको छ । बिभिन्न शैक्षिक भ्रमणमा आउने आन्तरिक पर्यटक सहित विदेशी पर्यटकहरुको सङख्या समेत पोखरामा बढेकोले फेवातालमा डुंगा सयर गर्नेहरुको सख्यामा बृद्धि भएको डुंगा व्यवसायीहरुले एटुजेडलाई बताउनु हुन्छ । पोखराको पर्यटकीय स्थल फेवातालमा हिजो आज दैनिक जसो ३ हजार जना भन्दा बढीले डुंगा सयर गर्ने गरेको फेवा डुंगा व्यवसायी संगठनका निवर्तमान अध्यक्ष बुद्धिबहादुर नेपालीले बताउनु भयो । उहाँका अनुसार दशैं पर्व देखि पोखरामा आन्तरिक पर्यटकको… पुरा पढौ

पोखरा १५ अन्तरविद्यालय दौडमा शुभताराका प्रकाश र भ्यू पोइन्टकी सजिना प्रथम

पोखरा ९, मंसिर पोखरा महानगरपालिका वडा नंं। १५ कार्यालयले शनिबार आयोजना गरेको अन्तर विद्यालय सडक दौड प्रतियोगितामा छात्रतर्फ शुभतारा थ्री एन्जल्सका प्रकाश डाँगी र छात्रातर्फ भ्यू पोइन्ट स्कूलकी सजिना सुनार प्रथम भएकी छन् । वडाका १५ विद्यालयका करिब २५० विद्यार्थीले भाग लिएको प्रतियोगितामा छात्रतर्फ केल्स एकेडेमीका देव कुँवर द्वितीय, एसओएस हर्मन माइनरका टिजन बुढामगर तृतीय भए भने गौरब बुढामगर र गणेश भट्टचनले सान्त्वना स्थान प्राप्त गरे । छात्रतर्फ मात्रै करिब १ सय ५० विद्यार्थी सहभागी थिए । यस्तै, करिब एक… पुरा पढौ

कर्मचारी मिलन केन्द्रका कास्कीमा नयाँ कार्यसमिति सर्वसम्मत

पोखरा, ९ मङ्सिर कर्मचारी मिलन केन्द्र कास्कीको तेस्रो अधिवेशन एवम् पाँचौं साधारणसभाले केन्द्रको नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । पोखरा महानगरपालिका वडा नं ११ कार्कीडाँडामा आयोजित अधिवेशनले जिल्ला शिक्षा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । जिल्लास्थित सरकारी, सार्वजनिक संस्थान लगायत क्षेत्र समेटेर निर्मित समितिको उपाध्यक्षमा नवराज गौतम, सचिवमा सन्तोष ढुुङ्गाना, सह सचिवमा सागर भण्डारी, कोषाध्यक्षमा मञ्जु अधिकारी र सह कोषाध्यक्षमा डा.प्रकाश अधिकारी रहनुुभएको छ । समितिका सदस्यहरूमा मुकुन्दराज पौडेल, बद्री आचार्य,… पुरा पढौ

रक्तदान कार्यक्रमबाट १८८ युनिट रगत संकलन

पोखरा, मंसिर ९ पोखराबाट प्रशारण हुने एभरेस्ट एफएम ९३ मेगाहर्जले शनिबार पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा १८८ युनिट रगत संकलन भएको छ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमले आफ्नो वार्षिकोत्सवको अवसर पारेर शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा १५७ जना पुरुष र ३१ जना महिलाले रक्तदान गरेका हुन् । ‘नियमित रक्तदान गरौं, जीवन बचाउने अभियानमा सहभागी बनौं’ भन्ने मूल नाराका साथ आयोजित एफएमको रक्तदान कार्यक्रममा ३१ जनाले पहिलो पटक रक्तदान गरेका छन् । रक्तदानमा सशस्त्र… पुरा पढौ

पोखरामा पाँचौ युनिप्स खेल महोत्सव मंसिर ११ गतेबाट सुरु हुने

पोखरा ९, मंसिर पोखरामा पाँचौ युनिप्स खेल महोत्सव यहि मंसिर ११ गतेबाट पोखरा रंगशालामा सुरु हुने भएको छ । संस्थागत एवं निजी विद्यालयहरुको छाता संस्था ९युनिप्स नेपाल०को आयोजनामा हुने पोखरा रंगशालामा सञ्चालन हुने उक्त खेल महोत्सव मंसिर १६ गते सम्म सञ्चालन हुनेछ । महोत्सव अन्तर्गत छात्ररछात्रा भलिबल, छात्र फुटबल, छात्रारछात्रा खोखो, कवड्डी र एथलेटिक्सका खेलहरु सञ्चालन हुने युनिप्सका अध्यक्ष शान्ता बहादुर गुरुङले जानकारी दिएका छन् । प्रतियोगिता अन्तर्गत मावी स्तरिय ९कक्षा ९–१००,छात्र फुटबल छात्ररछात्रा मावी स्तरिय भलिबल, मावीस्तरिय छात्रा खोखो,… पुरा पढौ

संघीय शिक्षा ऐनले शिक्षक कर्मचारीका सबै माग सम्बोधन गर्नेछः वर्षमान पुन

काठमाडौं ९, मंसिर नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले शिक्षक कर्मचारीका सबै माग सम्बोधन हुनेगरी संघीय शिक्षा ऐन संसदबाट पारित हुने दाबी गरेका छन् । संघीय शिक्षा विधेयकमा शिक्षकका छुटेका माग समेटिने गरी पार्टीका तर्फबाट सांसदहरुले संशोधन होलेकोसमेत पुनले स्पष्ट पारे । एकीकृत अखिल नेपाल शिक्ष संगठन(युएण्टो)को कागमती प्रदेश समितिले आयोजना गरेको विशेष प्रशिक्षण एवं विस्तारित बैठकलाई सम्बोधन गर्दै उपमहासचिव पुनले इसिडि शिक्षक, विद्यालय कर्मचारी, राहत, उमावि शिक्षकलगायत सबैको मागको संसदबाट पारित हुने संघीय शिक्षा ऐनले न्यायोचित सम्बोधन गर्ने… पुरा पढौ

भारतबाट आएका सात वटा मुर्रा राँगा पोखरामा

दीननाथ बराल पोखरा ९, मंसिर भारतबाट आएका सात वटा मुर्रा राँगा पोखरामा आईपुगेको छ । छिमेकी मुलुक भारतले नेपाललाई उपहारको रुपमा उपलब्ध गराएको उन्नत जातका मुर्रा राँगा मध्ये सातवटा शुक्रबार राति पोखरामा ल्याईएको हो । भारतले नेपाललाई दिएको १५ वटा उन्नत जातका मुर्रा राँगा मध्ये सातवटा पोखरा ल्याइएको राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराका प्रमुख डा.जगदीश पाण्डेले बताउनु भयो । कृषि तथा पशुपन्क्षीको क्षेत्रमा दुई देशबीचको सहकार्य अनुरुप भारतले दिएका मध्ये सात वटा राँगाबाट अब यस क्षेत्रको भैली पालनमा कोषेढुंगा सािवत… पुरा पढौ