देश तथा समाज पत्रिका

अम्मरसिंह माविमा जोण्टा क्लवको मनोसामाजिक सुरक्षा कार्यक्रम

असोज २४,पोखरा ‘इन्टरनेशनल गल्र्स चाइल्ड डे’ का अवसरमा जोण्टा क्लव अफ पोखराले मेण्टल हेल्थ सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । पोखराको अम्मरसिंह माविमा कक्षा ९ मा अध्यायनर छात्रछात्राहरुमाझ उनीहरुले यो कार्यक्रम गरेका हुन् । कार्यक्रममा बोल्दै आयोजक क्लवका अध्यक्ष मोनिका थापाले नेपालमा पनि किशोरावस्थाका बालबालिकाहरुका लागि मनोसामाजिक सुरक्षा कार्यक्रम अत्यन्तै महत्वपूर्ण भएको बताउनुभयो । कार्यक्रममा बोल्दै कोपिला नेपालका बिना सिल्वालले नेपालमा १३ देखि १९ वर्ष सम्मका किशोर किशोरीहरुमा मनोसामाजिक शिक्षाको खाँचो रहेको औंल्याउनुभयो । यो उमेरमा नकारात्मक सोंचको विकास… पुरा पढौ

पत्रकार अधिकारी माथि दुव्र्यवहार

पोखरा २४, असोज पोखराका क्रियाशील पत्रकार एवं गोरखापत्र तथा समाधान दैनिकका संवाददाता फडिन्द्र अधिकारी माथी दुव्र्यवहार भएको छ । बुधबार पोखरा सभागृहमा समाचार संकलनको क्रममा क्रियटिभ ब्रोर्डकास्टिङ मिडिया प्लसका सञ्चालक मिलन प्रतीकले दुव्र्यवहार गरेका हुन । पोखरा सभागृहमा भएको एक कार्यक्रममा समाचार संकलन प्रयोजनका लागि केही जिज्ञासा राख्ने क्रममा कार्यक्रम आयोजक समेत रहेका क्रियटिभ ब्रोर्डकास्टिङ मिडिया प्लसका सञ्चालक मिलन प्रतीकले अपशब्द प्रयोग गर्दै दुव्र्यवहार गरेको पत्रकार अधिकारीले बताए । पूर्व राष्ट्रपति पूर्व मुख्यमन्त्री, मेयर आफ्नो साथमा रहेको भन्दै अप शब्द… पुरा पढौ

किङस लाउन्ज पोखरामा ‘एक्सिस’ ब्याण्डको बिहिबार बिषेश प्रस्तुती हुने

पोखरा २४, असोज नेपालकै चर्चीत ब्याण्ड ‘एक्सिस’ले करिब एक दशक पछि पोखरामा भोलि(बिहिबार) बिषेश प्रस्तुतीः राख्ने भएको छ । बिहिबार बेलुका लेकसाइड स्थित किङस लाउन्ज पोखरामा एक्सिस व्याण्डको बिषेश प्रस्तुती हुने भएको हो । पोजेटिभ भाईभ इन्टरटेनमेन्ट नेटवकको व्यवस्थापनमा हुने उक्त कार्यक्रममा एक्सिसको प्रस्तुतीःले पोखरेलीहरुलाई भरपूर्ण मनोरन्जन दिने भएको पोजेटिभ भाईभ इन्टरटेनमेन्ट नेटवकका निर्देशक विकेस कायस्थले बताउनु भयो । एक्सिसको टोली बिहिबार बिहान पोखरामा आउने कार्यक्रम तय भएको आयोजकले जनाएको छ । उक्त कार्यक्रमको अन्तिम तयारी पूरा भएको निर्देशक कायस्थले… पुरा पढौ

विश्व शान्तीको कामना गर्दै कास्कीकोटमा नवदुर्गा महोत्सव हुने, फुलपातीमा सैन्य अभ्यास प्रर्दशन

कास्की २४, असोज कास्कीकोट दरबारमा रहेको गुप्तकालीका मन्दिरमा विश्व शान्तीको कामना गर्दै नवदुर्गा महोत्सव हुने भएको छ । गुप्तकाली काश्यप धार्मीक क्षेत्रविकास समितिको आयोजनामा बडा दशैंको अवसरमा घटस्थापनादेखि नवमीसम्म उक्त महोत्सव हुन लागेको हो । परापुर्व कालदेखि तान्त्रीक तथा वैद्धिक पुजा हुदै आएको मन्दिरमा यस वर्ष विश्वमा भैइरहेको युद्ध तथा प्राकृतीक प्रकोप वाट मानवीय तथा भौतीक क्षती नहोस् भन्दै शान्तीको कामनार्थ घटस्थापनादेखि दशमीसम्म पुजारीहरू मन्दिरमा नै बसेर गुप्तकालीकाको पूजा गरिने धार्मीक क्षेत्रविकास समितिका अध्क्षय दिलिप विक्रम शाहीले बताए । घटस्थापनाको… पुरा पढौ

पोखरामा तोरीपानीबाट पुनःप्याराग्लाईडिङ गर्ने अन्तिम तयारी

दीननाथ बराल पोखरा २४ ,असोज दुरीका हिसावले केही टाडा र अभ्यस्त नएको स्थानमा स्थान्तरण भएको पोखराको प्याराग्लाईडिङलाई पहिलाकै अबस्थामा फर्काउन पहिलाकै स्थान पोखरा १८ स्थित तोरीपानी बाहकोटबाट पुनः साहसिक खेल प्याराग्लाईडिङ संचालन हुने भएको छ । पोखरा अन्तरास्ट्रिय विमानस्थल संचालन भएसंगै पहिलाको प्याराग्लाईडिङ गर्ने स्थान तोरीपानीको विकल्पमा हाल पोखरा २४ को मान्द्रेढुंगाबाट हुदै आएकोे प्याराग्लाईडिङ पहिलाकै ठाँउ तोरीपानीबाट हुने अन्तिम तयारी भएको नागरिक उड्डयन प्राधिकरण हवाई सुरक्षा प्रमुख राजु श्रेष्ठले शुधबार पोखरामा आयोजित एक कार्यक्रममा बताउनु भयो । नेपाल हवाई… पुरा पढौ

कास्की पनि डेंगु संक्रमण बढ्दो, सचेत रहन सुझाव

डि.एन.बी. पोखरा २४, असोज कास्कीमा पनि डेंगु संक्रमण दर बढ्दो रुपमा रहेको छ । कास्कीमा हाल १ हजार ४ सय भन्दा बढी जनामा डेंगु संक्रमण देखा परेको स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बद्री आचार्यले बताए । कास्कीमा डेंगु संक्रमण दर बढ्दो रुपमा रहेकोले अझै केही समय यस रोगबाट बच्न र बचाउन सचेतना आवश्यक भएको उनको भनाई छ । कास्कीमा हालसम्म १ हजार ४ सय ८१ जनामा डेंगु संक्रमण देखा परेको गण्डकी प्रदेशको सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ । गण्डकी… पुरा पढौ

नगरप्रमुख आचार्य र जापानका राजदूत किकुता बिच भेटवार्ता

पोखरा, २४ असोज नेपालका लागि जापानी राजदूत किकुता युताका र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यबिच भेटवार्ता भएको छ । प्रमुख आचार्यको कार्यकक्षमा भएको भेटवार्तामा दुईपक्षिय मित्रवत् सम्बन्ध, सहयोग तथा साझेदारी लगायतका विषयहरुमा छलफल भएको छ । छलफलका क्रममा प्रमुख आचार्यले महामहिम राजदूत किकुताको पोखरा भ्रमण दुई देशहरु जापान र नेपालबिचको चिरस्थायी मित्रताको लागि महत्वपूर्ण पक्षका रूपमा लिएको बताउनुभयो । “हाम्रा राष्ट्रहरू वर्षौँ देखि मित्रता र सहयोगको बन्धनमा एकाकार हुँदै आएका छन्, जुन पारस्परिक सम्मान र भलाइका लागि सँगै काम गर्ने… पुरा पढौ

मणिपाल शिक्षण अस्पताल र माछापुच्छ«े बैंकबीच सम्झौता

असोज २३,पोखरा पोखराको मणिपाल शिक्षण अस्पताल पोखरा र माछापुच्छ«े बैक लिमिटेडबीच सम्झौता भएको छ । कर्पोरेट स्वास्थ्य परीक्षण सुबिधा योजना अन्तर्गत दुई संस्थाबीच सम्झौता भएको हो । अस्पतालले ल्याएको नयाँ स्वास्थ्य प्याकेज ‘व्यावसायीक प्रतिष्ठान तथा संघ, संस्था स्वास्थ परिक्षण योजना’मा अस्पताल र बैकबीच सहमति भएको हो । मणिपाल शिक्षण अस्पताल पोखराका अस्पताल प्रमुख अनिल ओड्विल र माछापुच्छ«े बैक बैक लिमिटेडका गण्डकी प्रदेश प्रमुख निलम गौतमले सहमती पत्रमा हस्ताक्षर गरेका छन् । हरेक क्षेत्र र वर्गका ग्राहकहरुलाई सरल र सहज बैंकिङ्ग… पुरा पढौ

कास्की क्रिकेटलाई पोखरा महानगरस्तरि अन्तर क्लव क्रिकेट उपाधी

असोज २३,पोखरा कास्की क्रिकेट क्लवले पोखरा महानगरस्तरिय अन्तर क्लव टी–२० क्रिकेट प्रतियोगिताको उपाधी जितेको छ । पोखरा महानगर खेलकुद विकास समितिको आयोजना तथा पोखरा महानगर क्रिकेट संघको व्यवस्थापनमा मंगलबार भएको फाइनल खेलमा साँग्रिला क्रिकेट क्लवलाई ५७ रनले पराजित गर्दै कास्की क्लवले सो उपाधी रक्षा गरेको हो । टस जितेर व्याटिङ गरेको कास्कीले पुरा २० ओभर खेल्दै ६ विकेटको नोक्सानीमा १ सय ४१ रन बनाएको थियो । कास्कीका लागि रिजन प्रजुले ३५ तथा आयुष सैंजुले ३४ रन जोडे । साँग्रिलाका बलरहरु… पुरा पढौ

इजरायल घटनाप्रति होटल संघद्वारा दुःख व्यक्त

पोखरा २३, असोज पोखरा, हालै हमासको आक्रमणमा परी इजरायलमा १० नेपालीको निधन भएको घटनाप्रति होटल संघ पोखरा नेपालले गहिरो दुःख व्यक्त गरेको छ । संघका अध्यक्ष लक्ष्मण सुवेदीले मंगलबार एक शोक विज्ञप्ति जारी गरी मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् । साथै इजरायमा रहेका नेपालीको उद्धार यथाशीघ्र गर्न र घाइतेहरुको उपचारका लागि कुटनीतिक पहल गर्न समेत संघले सरकारसँग आग्रह गरेको छ । मृतकहरुको शव नेपाल ल्याउने व्यवस्थाका लागि आबश्यक कदम चाल्न समेत संघले सरकारको ध्यानाकर्षण… पुरा पढौ