सहकारी पिडितले पूर्वप्रधानमन्त्री एवं एमाले पार्टी अध्यक्ष ओलीलाई पोखरामा ज्ञापन पत्र बुझाउनु भयो

-


     पोखरा क्लिक     
     चैत्र २३ गते २०८० मा प्रकाशित


दीननाथ बराल,
पोखरा २२, चैत,

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पोखरामा सहकारी पिडितहरुले ज्ञापन पत्र बुझाउनु भएको छ । एमाले कास्कीको ११ औं अधिवेशनबाट निर्वाचित पदाधिकारीको शपथ ग्रहण कार्यक्रममा आउनु भएको पूर्वप्रधानमन्त्री ओलीलाई कास्कीका सहकारी पिडितहरुले ज्ञापनपत्र बुझाउनु भएको हो ।


सहकारी पिडितहरुले सहकारीको रकम हिना मिना गर्नेहरुको कार्वाही सहित आफुहरुको रकम फिर्ता गराउन पहल गर्न आग्रह गरेको सहकारी प्रभावित मध्यका एक राजेन्द्र प्रसाद तिमिल्सिनाले बताउनु भयो । सहकारी पिडितहरु कार्यक्रम स्थल अगाडी पोखरा सभागृह गेट अगाडी धर्ना समेत दिनु भएको थियो । कास्कीमा करिब १० वटा सहकारीहरु समस्यामा हुँदा करिब ६ अर्ब भन्दा बढीको आम पोखरेलीको रकम हिनामिना भएको सहकारी पिडितहरुले पोखराक्लिकलाई बताउनु भएको छ ।

सहकारीको मुद्धामा एमालेहरु यस बिषमया खासै नवोल्ने गरेको पिडितहरुको भनाई छ ।

पूर्व प्रधानमन्त्री ओली समक्ष उक्त ज्ञापन पत्र तथा निवेदन दिन समय नमिलाएको कारण सहकारी पिडिहरुले आफै स्वतस्फुर्त रुपमा पोखरा सभागृहमा बुझाउनु भएको ज्ञापन पत्र ।



This will close in 20 seconds