पूर्ब कर्मचारी सेवा परिषदको बृहत् स्वास्थ सेवा तथा सचेतना कार्यक्रमबाट २ सय जना लाभान्वित

-


     पोखरा क्लिक     
     चैत्र २३ गते २०८० मा प्रकाशित


पूर्ब कर्मचारी सेवा परिषद कास्कीको आयोजनामा बृहत् स्वास्थ सेवा तथा सचेतना कार्यक्रममा सम्पन्न भएको छ । कार्यक्रममा करिब २ सय जना भन्दा बढीको सहभागिता रहेको परिषदका अध्यक्ष नरहरी बरालले बताउनु भयो ।

गण्डकी प्रदेशका सचिब तिर्थ भट्टराईले कार्यक्रमको उद्घाटन गर्दै उक्त कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नु भयो । कार्यक्रममा पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानका पूर्ब उपकुलपति डा. बुद्धि बहादुर थापा , ॐ अस्पतालका अध्यक्ष डा.मुकुन्द आचार्य, प्रतिष्ठानका डा.शरद बराल ,ग्यालेक्सी अस्पतालका डा.कल्याण बराल,डा.श्रृजना शर्मा ,डा.सन्दिप पौडेल , नर्श सहितका प्राबिधिक टोली, डा.कमल चपाई प्रमुख पश्चिमाञ्चल डेण्टल होम यु.आर एल का ठाकुर पन्त लगायतका प्राबिधिकहरु,परिषदबाट ब्यबस्थापनमा खटिनु भएको अध्यक्ष बरालले जनाउनु भयो ।

बृहत्त स्वास्थ्य सेवा तथा सचेतना कार्यक्रम अन्र्तगत सामान्य चिकित्सा सेवा, उच्च रक्तचाप, मधुमेह उपचार सेवा, प्रसूति सेवा, हाड जोर्नी सेवा, मौखिक स्वास्थ्य परीक्षण सेवा, स्वास्थ्य ल्याव सेवा उपलब्ध गराईएको परिषदले जनाएको छ ।