प्रदेश खेलकुद परिषद गण्डकीको छैटौं बोर्ड बैठकमा खेलकुदको संस्थागत विकासका लागि जोड
पोखरा, असोज २२ प्रदेश खेलकुद परिषद गण्डकीको छैटौं बोर्ड बैठक सोमबार परिषदको कार्यालयमा सम्पन्न भएको छ । परिषदको बोर्ड बैठकले खेलकुदको संस्थागत विकासमा जोड दिने विषयलाई प्राथमिकतामा राख्दै विभिन्न निर्णयहरु गरि सम्पन्न भएको हो । परिषदकी अध्यक्ष एवं सामाजिक विकास तथा स्थास्थ्य मन्त्री शुसिला सिंम्खडाको अध्यक्षतामा भएको बैठकमा दुई वटा कार्यविधि संगै खेल संघ दर्ता, नविकरण तथा संचालन सम्वन्धि मापदण्ड २०८० पारित गरेको छ । बैठकले पारित गरेका दुई वटा महत्वपूर्ण कार्यविधिमा गण्डकी प्रदेश खेलकुद पदक स्थापना तथा संचालन कार्यविधि २०८०…
पुरा पढौ
पुम्दी भुम्दीमा असोज २६ देखि २८ गते सम्म ३ दिने निःशुल्क स्वास्थ्य शिविर हुने
दीननाथ बराल पोखरा २२, असोज पोखरा ४ गैह्रापाटनमा रहेको नेलम्बो नेपालको आयोजनामा यही असोज २६ देखि २८ गतेसम्म पोखरा २२ (पुम्दी—भुम्दी) मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । पोखरा महानगरपालिका वडा नम्बर २२ को कार्यालय र स्वास्थ्य चौकीको समन्वयमा तीन दीनसम्म वडा कार्यालयमै निःशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको नेलम्बो नेपालका अध्यक्ष एकदेब देबकोटाले बताउनु भयो । उक्त स्वास्थ्य शिविरमा स्त्रीरोग, हाडजोर्नी, छाला, नाक, कान, घाँटी, सामान्य जाँच, दन्त रोग लगायतको उपचार गरिने भएको उहाँले बताउनु भयो ।…
पुरा पढौ
साङ्गीतिक व्याण्ड ‘एक्सिस’ एक दशक पछि किङस लाउन्ज पोखरामा
दीननाथ बराल पोखरा २२, असोज साङ्गीतिक व्याण्ड ‘एक्सिस’ले करिब एक दशक पछि पोखरामा पुनः प्रस्तुतीः राख्ने भएको छ । यही असोज २५ गते (विहिबार) लेकसाइड स्थित किङस लाउन्ज पोखरामा एक्सिस व्याण्डको बिषेश प्रस्तुती हुने तयारी गरिएको छ । पोजेटिभ भाईभ इन्टरटेनमेन्ट नेटवकको व्यवस्थापनमा हुने उक्त कार्यक्रममा एक्सिसको प्रस्तुतीःले पोखरेलीहरुलाई भरपूर्ण मनोरन्जन दिलाउने भएको पोजेटिभ भाईभ इन्टरटेनमेन्ट नेटवकका निर्देशक विकेस कायस्थले बताउनु भयो । उहाँले भन्नुभयो“ हामीलाई विश्वास छ, पोखरा यस्तो शहर हो जहाँ प्राकृतिक, सांस्कृतिक सहित साङ्गीतिक व्याण्डहरुलाई उत्तिकै साथ…
पुरा पढौ
मुस्ताङमा भेंडा–च्यांग्राको स्वास्थ्य परिक्षण गरी पोखरा तर्फ आउदै
पोखरा २२, असोज हिमालपारीको जिल्ला मुस्ताङमा हुर्काइएका भेंडा च्यांग्राको स्वास्थ्य परिक्षण गरी पोखरा तर्फ ल्याईदै छ । मुस्ताङमा हुर्काइएका भेंडा च्यांग्राको बिक्रि वितरणको लागि दशैं पर्व लक्षित गरी पोखरा तर्फ भेंडा च्यांग्रा ल्याउन सुरु भएको व्यवसायीहरु बताउनु हुन्छ । स्थानिय किसानहरुले हुर्काएका भेंगा च्यांग्रा यस बर्षको लागि बिक्रि गर्ने उद्धेश्यले मुस्ताङबाट बाहिरिने भेंगा च्यांग्राको स्वास्थ्य परिक्षण गरेर मात्र पठाउन सुरु भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र मुस्ताङका डा.लालमणि अर्यालले एटुजेडलाई बताउनु भयो । भेंडा च्यांग्राको स्वास्थ्य परिक्षण हालसम्म करिब…
पुरा पढौ
चाडपर्वको बेला सरकार उपभोक्ता हित संरक्षणका सवालमा सचेत छ स् मुख्यसचिव डा। अर्याल
काठमाडौ २२, असोज नेपाल सरकारका मुख्यसचिव डा। वैकुण्ठ अर्यालले उपभोक्ता सचेत बन्न सकेमात्र बजार अनुगमन प्रभावकारी हुने बताए । नेपालीहरुको महान् चाड बडादशैं, शुभ दिपावली तथा छठ पर्व नजिकिँदै गर्दा कालाबजारी तथा विचौलियाहरुले चामल, तेल, चीनी, माछा मासु, लत्ताकपडाको मूल्यमा अस्वाभाविक मूल्य बृद्धि हुनुका साथै कृत्रिम अभाव सिर्जना भईरहेको अवस्थालाई मध्यनजर गर्दै आज तराई विकास तथा सञ्चार केन्द्र नेपालले विजुलीबजारस्थित एक कार्यक्रमको आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यसचिव अर्यालले सो कुरा बताएका हुन् । उनले बजार मूल्य नियन्त्रण गर्न, अखाद्य…
पुरा पढौ
इजरायलमा १० नेपालीको मृत्यु, अलपत्र परेका नेपालीले सम्पर्क गर्न परराष्ट्र मन्त्रालयको आग्रह
पोखरा २२, असोज इजरायलमा १० जना नेपालीको मृत्यु भएको छ । इजरायलमाथि प्यालेस्टिनी विद्रोही हमासले गरेको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको एजेन्सिहरुले जनाएका छन्। इजरायलमा अध्ययनका लागि गएका विद्यार्थीहरू आक्रमणमा परेका बताइएको छ भने आक्रमणमा परेका विद्यार्थीहरूले टिपाएको नामावलीमा १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, सपही–६, धनुषाका आनन्द साह र मधुवान–१, सुनसरीका राजेशकुमार स्वर्णकार छन् । त्यसै गरी लामिखाल–८ डोटीका पदम…
पुरा पढौ
गण्डकी प्रदेशमा संसदीय समितिमका ४ जना सभापतिमा चयन
पोखरा, २१ असोज गण्डकी प्रदेश संसदीय समितिका ४ वटा सभापतिहरू चयन भएका छन् । दलले भागबन्डा गरेर कांग्रेसले २, एमाले र माओवादीले एक÷एक समिति सभापति बाडफाँड भएको छ । शनिबार मनोनयनमा एक÷एक जनाको मात्र उम्मेदवारी परेपछि उनीहरू निर्विरोध निर्वाचित भएको घोषणीत भएका छन् । अर्थ तथा विकास समिति सभापति कांग्रेसका भोजप्रसाद अर्याल, प्रदेश मामिला तथा कानुन समितिको सभापतिमा नेपाली काग्रेस कै चम्पादेवी खड्का, सार्वजनि लेखा समितिको सभापतिमा एमालेका सुधीरकुमार पौडेल र सामाजिक विकास तथा कृषि समितिको सभापति माओवादीले पाएको कोटामा…
पुरा पढौ
वीर अस्पतालका स्वास्थ्यकर्मी हटाउने निर्णय फिर्ता लिन साम्सद भट्टराईको संसद मार्फत सरकारको ध्यानाकर्षण
असोज २१ , काठमाडौ कास्की क्षेत्र न। २ बाट निर्बाचित प्रतिनिधि सभा सदस्य बिद्या भट्टराईले वीर अस्पतालका स्वास्थ्यकर्मी हटाउने निर्णय फिर्ता लिन संसद मार्फत सरकारको ध्यानाकर्षण गराउनु भएको छ । साम्सद भट्टराईले आइतबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै वीर अस्पतालमा कार्यरत २३० जना स्वास्थ्यकर्मीलाई सरकारले हटाउने निर्णय गरेको प्रती बिरोध जनाउदै उक्त निर्णय तत्काल सच्याउन आग्रह गर्नु भएको हो। भट्टराईले वीर अस्पतालको सेवा बिस्तार भइ ३५० शैयाबाट ९०० शैयामा वृद्धि गरेर ८३१ नयाँ दरबन्दी स्वीकृत गरिसकेको तर्फ इङ्गित गर्दै…
पुरा पढौ
कास्की क्रिकेट क्लव र अरण्यज्योती विजयी
असोज २१,पोखरा पोखरा महानगर खेलकुद विकास समितिको आयोजना पोखरा रंगशालामा जारी पोखरा महानगर स्तरिय अन्तर क्लव टी–२० क्रिकेट प्रतियोगितामा आइतबारका खेलहरुमा कास्की क्रिकेट क्लव र अरण्यज्योती क्रिकेट क्लव विजयी भएका छन् । पहिलो खेलमा कास्कीले राइजिङ्ग क्रिकेट क्लवलाई ७ विकेटले पराजित ग¥यो । टस जितेर व्याटिङ्ग गरेको राइजिङ्गले १३ ओभरमा सम्पूर्ण विकेट गुमाएर ४७ रन बनाएको थियो । राजइजिङ्गका अनिल गुरुङ्गले १८ रन जोेडे । कास्की क्रिकेटका बलरहरु नितेश गिरी र आदित्य थापाले समान ३ विकेट लिए । ४७ रनको…
पुरा पढौ
आठौं पोखरा स्पोट्र्स अवार्डलाई सहयोग गछौंः मुख्यमन्त्री पाण्डे
पोखरा २१, असोज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरामा आयोजना हुने आठौं संस्करणको पोखरा स्पोट्र्स अवार्ड २०८० लाई सहयोग गर्ने बताउनु भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको एक टोली आइतबार मुख्यमन्त्री पाण्डेको कार्यकक्षमा भेटघाट गर्ने क्रममा उक्त कुरा बताउनु भएको हो । मुख्यन्त्री पाण्डेले यस अघि विनियोजन भएको बजेट रातो कितावबाट हट्न नहुन तर यस बर्ष हटेकोमा आश्चार्य मान्दै आगामी आठौं संस्करणको उक्त अवार्डको लागि अघिल्ला बर्षको जस्तै गरी सहयोग गर्ने वचन दिनु भएको हो । मञ्चका अध्यक्ष…
पुरा पढौ
