देश तथा समाज पत्रिका

तेश्रो मनुश्रीरभिग्नाजित जुनियर टेनिस स् यू–८ गर्ल्सतर्फ अमेरा च्याम्पियन, अन्य खेल जारी

तेश्रो मनुश्रीरभिग्नाजित जुनियर टेनिस यू–८ गर्ल्स सिंगल्समा अमेरा गुप्ता च्याम्पियन बनेकी छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस सेन्टरमा जारी प्रतियोगितामा अमेराले श्रेयाश्री पाण्डेलाई सुपर टाइव्रेकमा १०–३, १०–४ ले पराजित गरेकी हुन् । जारी प्रतियोगितामा यू–१६ व्वाइज सिंगल्स ओपनतर्फ फाइनलमा दर्शिल र सृजन भट्टराई फाइनलमा आमने सामने हुनेछन् । सम्पन्न सेमीफाइनलमा दर्शिलले अमन नेपालीलाई ६–०, ६–१ ले र सृजनले शास्वत बज्रचार्यलाई ७–६, ६–४ को सोझो सेटमा पराजित गरेका थिए । यता गर्ल्सतर्फ सुनिरा थापाले आयशा म्याक्ग्लानलाई ६–०,… पुरा पढौ

सुपर भ्वाईस अफ त्रिवेणीको फाइनल शनिबार, उपाधिका लागि २० प्रतिस्पर्धी भिड्ने

सुपर भ्वाईस अफ त्रिवेणीको फाइनल शनिबार हुने भएको छ । जसमा उपाधिका लागि २० प्रतिस्पर्धी भिड्ने भएका छन् । त्रिवेणी संगीतालय पोखराद्वारा आयोजित गण्डकी प्रदेश स्तरीय गायन रियालिटी शो सुपर भ्वाईस अफ त्रिवेणीका लागि प्रतियोगीहरु भिडने भएका हुन् । पोखरा उद्योग बाणिज्य संघ गैह्रापाटनको सभाहलमा हुने फाइनलमा प्रतियोगीहरुको सांगीतिक प्रतिस्पर्धा हुने आयोजक संस्थाका निर्देशक नवराज बरालले जानकारी गराए । उनका अनुसार माघ महिनाबाट सुरु भएको सुपर भ्वाईस अफ त्रिवेणाीमा १०५ जना प्रतियोगीहरुको सहभागिता थियो । जसबाट २० जना प्रतियोगी फाइनलमा… पुरा पढौ

प्रदेश प्रमुख शर्मा र नगर प्रमुख आचार्य बिच भेतवार्ता

बाग्मति प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य बिच भेतवार्ता भएको छ । भेतवार्ताका क्रममा पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गर्न सफल भएको भन्दै प्रमुख आचार्य लगायत सम्पूर्ण पोखरेलीहरुलाई प्रदेश प्रमुख शर्माले बधाई ज्ञापन गर्नुभयो । आफुहरुको लामो समयको निरन्तर प्रयत्न पछि पोखरेलीहरुको चाहाना र भावना अनुसार पोखरालाई पर्यटन राजधानी घोषणा गरिएको प्रमुख आचार्यले सुनाउनुभयो । यस क्षेत्रमा हुने असंख्य पर्यटन गतिविधिहरुले पोखरा पर्यटनलाई चलायमान बनाउन र संसार भरीका पर्यटकहरुलाई पोखरासम्म ल्याइपुर्याउनका महत्वपूर्ण सहयोग पुगेको उहाँले… पुरा पढौ

पोखराको काहुँडाँडामा दोस्रो अन्तर्राष्ट्रिय योग फेस्टिवल शुरु

पोखराको काहुँडाँडामा दोस्रो अन्तर्राष्ट्रिय योग फेस्टिवल शुरु भएको छ । पोखरा महानगरपालिका वडा नं। ११ स्थित काहुँडाँडामा शुक्रबार देखि योग फेस्टिवल सुरु भएको हो । तीन दिनसम्म चल्ने योग फेस्टिवलमा तीन दर्जन भन्दा बढी विदेशी नागरिकको सहभागिता छ । योग कनेक्शनको आयोजनामा भएको महोत्सवको इभेन्ट म्यानेजमेन्ट प्रचार नेपाल र स्पेक्स फोर्टिनले गरेको छ । नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद् र पोखरा वडा नं। ११ को सहयोगमा भएको दोस्रो संस्करणको महोत्सव पनि पहिलो संस्करण जस्तै सफल रुपमा सम्पन्न… पुरा पढौ

फेवा महोत्सवको तयारी अन्तिम चरणमा, रैथाने खाना महोत्सव पनि हुने

पोखरा, २३ चैत नेपाली नयाँ बर्षका अवसरमा पोखराको फेवा किनारमा आयोजना हुने १९ औं संस्करणको फेवा नव बर्ष महोत्सवका अवसरमा नेपाली रैथाने खाना महोत्सव समेत समावेश गरिने भएको छ । तीन दिने महोत्सव यही चैत २९ गतेदेखि आगामी बैशाख १ गतेसम्म तीन दिन संचालन हुने छ । होटल संघ नेपाल केन्द्रको सहयोग र सेफ एसोसियसन अफ नेपालको सहकार्यमा पोखरा ६ गौरीघाट स्थित होटल ग्लेसियर एण्ड स्पामा गण्डकी प्रदेशस्तरीय खाना महोत्सव आयोजना गर्न लागिएको होटल संघ पोखरा नेपालका महासचिव एवं फेवा… पुरा पढौ

सहकारी पिडितले पूर्वप्रधानमन्त्री एवं एमाले पार्टी अध्यक्ष ओलीलाई पोखरामा ज्ञापन पत्र बुझाउनु भयो

दीननाथ बराल, पोखरा २२, चैत, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पोखरामा सहकारी पिडितहरुले ज्ञापन पत्र बुझाउनु भएको छ । एमाले कास्कीको ११ औं अधिवेशनबाट निर्वाचित पदाधिकारीको शपथ ग्रहण कार्यक्रममा आउनु भएको पूर्वप्रधानमन्त्री ओलीलाई कास्कीका सहकारी पिडितहरुले ज्ञापनपत्र बुझाउनु भएको हो । सहकारी पिडितहरुले सहकारीको रकम हिना मिना गर्नेहरुको कार्वाही सहित आफुहरुको रकम फिर्ता गराउन पहल गर्न आग्रह गरेको सहकारी प्रभावित मध्यका एक राजेन्द्र प्रसाद तिमिल्सिनाले बताउनु भयो । सहकारी पिडितहरु कार्यक्रम स्थल अगाडी पोखरा सभागृह गेट अगाडी… पुरा पढौ

पूर्ब कर्मचारी सेवा परिषदको बृहत् स्वास्थ सेवा तथा सचेतना कार्यक्रमबाट २ सय जना लाभान्वित

पूर्ब कर्मचारी सेवा परिषद कास्कीको आयोजनामा बृहत् स्वास्थ सेवा तथा सचेतना कार्यक्रममा सम्पन्न भएको छ । कार्यक्रममा करिब २ सय जना भन्दा बढीको सहभागिता रहेको परिषदका अध्यक्ष नरहरी बरालले बताउनु भयो । गण्डकी प्रदेशका सचिब तिर्थ भट्टराईले कार्यक्रमको उद्घाटन गर्दै उक्त कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नु भयो । कार्यक्रममा पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानका पूर्ब उपकुलपति डा. बुद्धि बहादुर थापा , ॐ अस्पतालका अध्यक्ष डा.मुकुन्द आचार्य, प्रतिष्ठानका डा.शरद बराल ,ग्यालेक्सी अस्पतालका डा.कल्याण बराल,डा.श्रृजना शर्मा ,डा.सन्दिप पौडेल , नर्श सहितका प्राबिधिक टोली,… पुरा पढौ

अन्तर्राष्ट्रिय खेलकुद दिवस ः खेलकुदको बहुआयमिक पक्षलाई आत्मसात गरौं–अध्यक्ष श्रेष्ठ

अन्तर्राष्ट्रिय खेलकुद दिवसका अवसरमा पोखरामा आयोजित एक कार्यक्रममा नेपाल ओलम्पिक कमिटि (एनओसी)का अध्यक्ष जिवनराम श्रेष्ठले खेलकुदको बहुआयमिक पक्षलाई सबैले आत्मसात गर्नु पर्ने बताएका छन् । नेपाल भुतपुर्व खेलाडी मञ्चले आयोजनामा बिहिबार खेलकुद सम्बन्धी गोष्ठीमा बोल्दै अध्यक्ष श्रेष्ठले उक्त कुरा बताएका हुन् । विकास र शान्तिका लागि खेलकुद दिवसको अवसरमा आयोजित गोष्ठीको सम्बोधन गर्दै श्रेष्ठले दिवसलाई मनाउन लुम्बिनीमा विशेष कार्यक्रमको आयोजना गरिएको बताए । ‘शान्ति’ भगवान् बुद्धसँग जोडिएको मात्रै नभई लुम्विनी नेपाली खेलकुदको जग समेत भएकोले उक्त दिवस लुम्बिनीमा मनाउन लागेको… पुरा पढौ

पोखरा ६ मा क्षमता अभिवृद्धि तथा उद्धघोषण तालिम सम्पन्न

पोखरा चैत्र २२, पोखरा महानगरपालिका वडा नम्वर ६ महिला संजाल को आयोजनामा भएको क्षमता अभिवृद्धि तथा उद्धघोषण तालिम सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नम्वर ६ को सहकार्यमा तालिम सम्पन्न भएको हो । समापन समारोहलाई संबोधन गर्दै पोखरा महानगरपालिका वडा नम्वर ६ का अध्यक्ष विष्णु बहादुर भट्टराईले वडाले महिला तथा युवा लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेर कार्ययोजना बनाएको बताउनुभयो । उहाँले वडावासीको सेवा सुविधाका लागि वडा कार्यालय सधै तत्पर रहेको बताउनुभयो । वडा सदस्य पवित्रा थापाले समाज परिवर्तनमा महिलाको ठूलो… पुरा पढौ

तेश्रो मनुश्री र भिग्नाजित जुनियर टेनिसमा भोली सेमीफाइनलका खेल हुने

पोखरा २२, चैत, पोखरामा जारी तेश्रो मनुश्रीरभिग्नाजित जुनियर टेनिसमा भोली ९शुक्रबार० सेमीफाइनलका खेल सञ्चालन हुने भएका छन् ।कास्की जिल्ला टेनिस संघको आयोजना उक्त प्रतियोगिता पोखरा रंगशालास्थित टेनिस सेन्टरमा जारी प्रतियोगितामा दोश्रो दिन विभिन्न उमेर समुहका २१ खेलहरु सम्पन्न भए संगै भोली सेमीफाइनलका खेलहरु सञ्चालन हुने भएका हुन् । प्रतियोगितामा यू–१२ गर्ल्स सिंगल्समा सारा पन्त र ऐरा खत्री र अनुश्री धोजु र जिवाश्री भट्टराई समेीफाइनलमा आमने सामने हुनेछन् । यू–१६ गर्ल्स सिंगल्समा आइशा म्याक्ग्लान र सुनिरा थापा सेमीफाइनलमा भिड्नेछन् । यू–१०… पुरा पढौ