देश तथा समाज पत्रिका

केन्द्रिय सदस्य बराललाई कास्की इन्चार्जको जिम्मेवारी

पोखरा २२, चैत, नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) कास्कीको इन्चार्जमा रामजी प्रसाद बराल(जीवन) जिम्मेवारी दिइएको छ । पार्टीको केहीदिन अघि बसेको बैठकले नेताहरुको कार्यविभाजन गरेको र कास्कीको इन्चार्जको जिम्मा बराललाई तोकिएको पार्टीका गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङले बताउनु भयो । विसं २०४७ सालमा कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्नु भएका बराल २०४८ मा संयुक्त जनमोर्चा नेपाल गाउँ इकाइको अध्यक्ष र ४९ मा जिल्ला सदस्य बन्नु भएको थियो । जनयुद्धको २०५९ को अन्त्य तिर पहिलोपटक कास्की जिल्लाको इन्चार्ज र सेक्रेटरीको जिम्मेबार वहन गर्नु… पुरा पढौ

महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को टोली सिरुवारीमा

पोखरा, २२ चैत पर्यटन क्षेत्रमा कृयाशिल महिलाहरूको संस्था महिला पर्यटन व्यवसायी मञ्च(ओटेफ) को टोली बुधबार स्याङजाको पर्यटकीय गाउँ सिरुवारी आइपुुगेको छ । २०७४ सालदेखि पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा कृयाशिल ओटेफले आफ्नो वार्षिक कार्ययोजना अनुसार विभिन्न पर्यटकीय गाउँहरूमा कार्यक्रम गर्दै आएकोमा सिरुवारीमा कार्यक्रम गर्न लागिएको ओटेफका अध्यक्ष उमा रेग्मीले जानकारी दिनुुभयो । पर्यटन क्षेत्रमा कृयाशिल व्यवसायी, सञ्चारकर्मी सहितको टोली सिरुवारी आएको जानकारी दिदै अध्यक्ष रेग्मीले बिहीबार आँधिखोला गाउँपालिकाका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत लगायतको सहभागितामा “गाउँ पर्यटन प्रवद्र्धनका लागि स्थानीय समुदायको… पुरा पढौ

गण्डकी प्रदेशमा चैत २७ गतेभित्र सरकार गठन गर्न आह्वान

दीननाथ बरालपोखरा २१, चैत, गण्डकी प्रदेशमा यही चैत २७ गतेसम्म नयाँ सरकार गठनको लागि आव्हान गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज बिहान राजीनामा दिएपछि गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्न संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले एक साताको समय सिमा दिदै सरकार गठनको लागि आव्हान गर्नु भएको हो । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई… पुरा पढौ

पोखरा रोयल सहकारीद्धारा १ लाख ११ हजार सहयोग

पोखरा २१, चैत पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले जिल्ला सहकारी संघ लिमिटेड कास्कीलाई सहयोेग रकम हस्तान्तरण गरेको छ । ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा उक्त सहकारीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ अक्षयकोषको लागि सहयोग गरेको हो । पोखरामा आयोजित एक कार्यक्रममा संस्थाका अध्यक्ष रुद्रकुमारी गुरुङ्गले जिल्ला सहकारी संघ लि.कास्कीका अध्यक्ष एवं ६७औं राष्ट्रिय सहकारी दिवस मूल समारोह समिति कास्कीका अध्यक्ष सावित्रा कोईरालालाई हस्तान्तरण गर्नुभएको हो ।कास्की जिल्लामा क्रियाशिल सहकारी संस्थाका अध्यक्षहरु मध्ये उत्कृष्ट… पुरा पढौ

पोखरामा पनि पठाओको सेवा बिस्तार हुँदै, बाइक राइडरको दर्ता सुरु

काठमाडौँ २१, चैत, राइड सेयरिङ व्यवसायमा लोकप्रिय कम्पनी पठाओले पोखरासँगै मुलुकभर थप १७ सहरमा ुबाइक राइडु सेवा बिस्तार गर्ने भएको छ । मुलुकभर सेवा बिस्तार गर्ने नीतिअनुसार बागमती प्रदेशको काठमाडौँ उपत्यका र चितवनमा मात्रै सीमित पठाओको सेवा छिट्टै थप सहरमा उपलब्ध गराउन लागिएको पठाओ नेपालका प्रबन्ध निर्देशक असिम मान सिंह बस्न्यातले जानकारी दिए । बस्न्यातका अनुसार राइड सेयरिङ सेवाको पर्याय बनेको पठाओको सेवा अब कोशी प्रदेशका नौ सहरहरु बिराटनगर, दमक, उर्लाबारी, बिराटचोक, इटहरी, इनरुवा, धरान, बिर्तामोड, भद्रपुरमा उपलब्ध हुनेछ ।… पुरा पढौ

आलु महोत्सवको तयारी अन्तिम चरणमा

पोखरा, २१ चैत, १२ औं राष्ट्रिय हेमजा आलु महोत्सवको उद्घाटन दिन नजिकिदै गर्दा यसको तयारी अन्तिम चरणमा पुगेको छ ।जस अन्तर्गत हालसम्म ९० प्रतिशत तयारी भइसकेको छ । स्टल निर्माण लगभग सकिएको छ भने हेमजाका बुद्ध चोक, मेलवोट, साँझा लगायत गरी कुल ७ स्थानमा स्वागतद्वार निर्माण गरिसकिएको छ । स्टलतर्फ कुल एक सय ४० मध्ये कृषिका लागि ३०, रेष्टुरेन्टका लागि १० तथा अन्य व्यापारी प्रयोजनका लागि १ सय स्टल निर्माण गरिसकिएको छ ।त्यस्तै स्थानीय पास वितरण सुरु हुनुका साथै बाल… पुरा पढौ

कानुन मन्त्री गिरीले भेटे, दम्पत्ति हत्याका परिवारलाई

२१ चैत, पर्वत पर्वत जिल्लाको जलजला गाउँपालिका वडा न २ मा ६९ बर्षका सूर्यबहादुर जिसी र उनकी श्रीमती ६७ बर्षिया कमला जिसीका हत्या भएको छ । हत्याबाट मृत्यु भएका जिसी दम्पत्तिको परिवारलाइ आज कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले भेटघाट गरेका छन् । पिडित परिवारको घर जलजला २ दहमा पुगेका गिरीले परिवारका सदस्यहरुलाई भेट गरेका हुन् । हत्या भएको २ दिनसम्म पनि प्रहरीले हत्यारा पक्राउ गर्न सकेको छैन् । परिवारसंगको भेटमा कानुन मन्त्री गिरीले हत्यारा छिट्टै पक्राउ पर्ने… पुरा पढौ

पोखरामा मनुश्रीरभिग्नाजित जुनियर टेनिस सुरु

पोखरामा तेश्रो संस्करणको मनुश्रीरभिग्नाजित जुनियर टेनिस प्रतियोगिता सुरु भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजना उक्त प्रतियोगिता पोखरा रंगशालास्थित टेनिस सेन्टरमा सुरु भएको हो । प्रतियोगिताको पहिलो दिन गर्ल्स र ब्वाइजतर्फ गरी सात खेल सम्पन्न भएको टुर्नामेन्ट डाइरेक्टर प्रिती बरालले जानकारी दिएकी छन् । पहिलो दिन यू–१० ब्वाइजतर्फ इभान भट्टारई जित निकालेका छन् । उनले रजन खडका लाई ६–३, ६–० ले पाखा लगाए । त्यसै गरी यू–१० तर्फनै संघर्ष फौदारले ओमयूग थापालाई ६–०, ६–१ ले पराजित गर्दा सोही उमेर… पुरा पढौ

जगदम्बा ट्राभल्सलद्धारा पोखरा काठमाण्डौ रुटमा सोफासिटको लक्जरियस बस सेवा सुरु(भिडियो सहित)

दीननाथ बरालपोखरा २१, चैत पोखरा जगदम्बा ट्राभल्सले पोखरा काठमाण्डौं रुटमा लक्जरियस बस सेवा पुनः संचालन गर्ने भएको छ । विगत केही बर्ष देखि अत्याधुनिक बस सेवा संचालन गर्दै आएको जगदम्बा ट्राभल्सले यसपाली हालसम्मकै बढी सेवा सुविधा सहितको बस सेवा संचालनमा विहिबार देखि ल्याउने भएको जगदम्बा ट्राभल्सका अध्यक्ष युवा व्यवसायी केशव प्रसाद अधिकारीले बताउनु भयो । उक्त बस सेवा संचालन हुनु पूर्व अवसरमा बुधबार पोखराको प्रस्याङ देखि हेमजा हुदै फेदीसम्मको यात्रा गरिएको उहाँले जनाउनु भयो । यात्राको क्रममा सहभागि यात्रुलाई हजाई… पुरा पढौ

पोखरामा नयाँ विषयमा नाटक मञ्चन हुँदै

पोखरा, २१ चैत रेनाँसा थिएटरको प्रस्तुतीमा पोखरामा नयाँ नाटक मञ्चन हुने भएको छ । नयाँ वर्षको शुरु ९वैशाख १० देखि १५ दिनसम्म नाटक मञ्चन हुने निर्देशक धु्रव पौडेलले जानकारी दिए । साहित्यकार बुद्धिसागरको कथालाई नाटकमा रुपान्तरण गरेर नाटक मञ्चन गरिनेछ । स्मृति बिक्रि केन्द्र शिर्षकको कथालाई ऋतेशले नाट्य रुपान्तरण गरेका हुन् । नाटकले विज्ञान र प्रविधिको क्षेत्रमा भविष्यमा हुनसक्ने चमत्कारिक विकासलाई उठान गरेको निर्देशक पौडेलले बताए । ‘विज्ञान र प्रविधिको क्षेत्रमा दैनिक जसो चमत्कारहरु भईरहेका छन् । निकट भविष्यमा हामीले… पुरा पढौ