पोखरा, १८ साउन, रोटरी क्लब अफ पोखरा फिस्टेलको आयोजनामा पोखराको लामाचौंरस्थित पश्चिमान्चल इन्जिनियरिड.क्याम्पस र गण्डकी वोर्डिङ स्कुलमा बिहीबार वृक्षरोपण गरिएको छ । दुुबै स्थानमा गरि अमला, मेवा, क्युँ काफल,सीतल चिनी, पैयुँ, बर्रो, अशोका, मसला अगरहुड, कलकी फुल लगायत विभिन्न जातका पाँच सय विरुवा रोपिएको हो । रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का रोटरी इयर २०२४–२५ का डिष्ट्रक गभर्नर इलेक्ट विनोद कोइरालाको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि कोइरालाले रोटरी क्लवको वार्षिक कार्ययोजना अनुसार हुने गरेको बृक्षारोपण कार्य आगामी…
पुरा पढौ