पोखरामा कर दिवस मनाउन सुरु, शनिबार प्रभातफेरी सम्पन्न

-


     पोखरा क्लिक     
     मंसिर १ गते २०८१ मा प्रकाशित


पोखरा १, मंसिर

आन्तरिक राजस्व कार्यालय पोखराले राष्ट्रिय कर दिवस शनिबार देखि मनाउन थालेको छ । शनिबार पोखरामा प्रभातफेरीको आयोजना गरी कार सप्ताहव्यापी कार्यक्रमको सुरु वात गरिएको हो ।

पहिलो दिन प्रभावतफेरि गरी राष्ट्रिय कर दिवसको शुरु गरेको छ । कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले कर सप्ताह पछि राज्यले गर्ने व्यवहारमा र व्यवसायीक वातावरणमा फरक पन आउने विश्वास व्यक्त गर्नु भयो । उद्योगी व्यवसायीहरु कर तिर्न तयार रहेको बताउदै उनले कर तिर्ने सहज वातावरण सृजना गर्न माग गर्नु भयो ।

कार्यक्रममा नेपाल अडिटर्स एसोसिएसन कास्कीका अध्यक्ष कमलबहादुर रेग्मी लगायतले करको दर भन्दा दायरा बढाउन सुझाव दिनु भयो । प्रभातफेरीमा उद्योगी व्यवसायीको सहभागीता रहेको थियो ।

मंसिर २ गते कार्यालयबाट सेवा लिने प्रथम करदातालाई सम्मान गर्ने, मंसिर २ गतेदेखि मंसिर ६ गतेसम्म वस्तुगत संघ संगठनसँग अन्तरक्रिया, कर सम्बन्धि प्रशिक्षण कार्यक्रम र संचार माध्यममा अन्तरसम्बाद कार्यक्रम गर्ने भएको आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्माले बताउनु भयो । “करप्रणालीको सार, लगानीको आधार” भन्ने नाराका साथ राष्ट्रिय कर दिवस २०८१ आज देखी मंसिर ७ गते सम्म विभिन्न कार्यक्रम गरी मनाउन लागेको उहाँले जनाउनु भयो ।

मंसिर ७ गते आन्तरिक राजस्व कार्यालय पोखरामा उत्कृष्ट करदाताहरूलाई सम्मान गर्ने तथा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरी जनाएको छ । कर सप्ताहमा आर्थिक ऐन, २०८१ ले गरेका व्यवस्था र छुट सुविधाका विषयमा करदातालाई जानकारी गराउने, करदाता शिक्षा कार्यक्रम, कर सम्बन्धि जनचेतनामूलक कार्यक्रम, आर्थिक ऐनमा भएका कर छुट तथा संशोधित कर कानूनको बारेमा करदातालाई सुसूचित गर्ने लगायतका विभिन्न कार्यक्रमहरू करसप्ताहमा गर्ने प्रमुख कर अधिकृत शर्माले जनाउनु भयो ।



This will close in 20 seconds