
पोखरा ३०, कार्तिक
गण्डकी प्रदेश सभा सदस्य एवं नेपाली कांग्रेस, गण्डकी प्रदेश सदस्य विमला गौचनको हृदयाघातवाट भएको असमायिक निधनप्रति गण्डकी प्रदेश सरकारले गहिरो दुःख व्यक्त गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेद्धारा हस्ताक्षरित शोक वक्तव्यमा सांसद गौचनको निधनले गण्डकी प्रदेश सभा, गण्डकी प्रदेश सरकार तथा नेपाली कांग्रेस, गण्डकी प्रदेश समितिलाई अपूरणीय क्षति भएको उल्लेख गरिएको छ ।
उहाँले समग्र गण्डकी प्रदेश, प्रदेश सभा, पार्टी र समग्र म्याग्दी जिल्लाको विकासमा पुरÞ्याउनु भएको योगदानलाई उच्च सम्मान सहित स्मरण गर्दै उहाँको निधनप्रति मुख्यमन्त्री पाण्डेले भावपूर्ण श्रद्वाञ्जली अर्पण गर्नु भएको छ । उहाँको आत्माको चिर शान्तिको कामना सहित यस दुःखद घडीमा शोक सन्तप्त सम्पूर्ण परिवारजन तथा इष्टमित्रहरुमा धैर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन भनी उहाँले समवेदना समेत व्यक्त गर्नु भएको छ ।
नेपाली कांग्रेसका तर्फबाट समानुपातिक प्रदेश सभा सदस्य मा चयन हुनु भएको थियो ।
उहाँको काठमाडौँको ग्राण्डी अस्पतालमा कार्तिक २८ गते राति उपचारका क्रममा निधन भएको स्थानियले बताउनु भयो । गौचनको ६३ वर्षको उमेरमा निधन भएको हो । म्याग्दी घर हुनु भएको गौचन गण्डकी प्रदेशमा नेपाली कांग्रेसबाट समानुपातिक सांसदमा चयन हुनु भएको थियो ।



