देश तथा समाज पत्रिका

बाँदरका कारण बढ्दो समस्या र विकल्प बारे छलफल

पोखरा, १९ साउन ग्रिन गभर्नेन्स नेपालको आयोजना एवम् युएसएआइडीको सहयोगमा आज पोखराको पचभैयामा आयोजित कार्यक्रममा बाँदका कारण बढ्दो समस्या र यसको विकल्प सम्बन्धमा छलफल गरिएको छ । सिड फाउन्डेशन नेपालको स्थानीय संयोजनमा गरिएको कार्यक्रममा बक्ताहरूले बाँदरको समस्याका कारण गाउँ बस्तीमा खेतीपाती लगाउने क्रम घट्दै गएको बताए । ग्रिन गभर्नेन्स नेपालका कार्यक्रम अधिकृत अर्जुुन भुुषालले देशव्यापी रुपमा बाँदरको समस्या रहेको बताउँदै यसको विकल्पमा विभिन्न खेती गर्न सकिने बताउनुुभयो । ग्रिन गभर्नेन्स नेपालले मानव वन्यजन्तुु नियन्त्रणमा नवप्रवर्तन कार्यक्रम अन्तर्गत आवाजका माध्यमबाट बाँदरलाई… पुरा पढौ

शनिबार पनि पोखरामा माइक्रो बसहरुको प्रदुषण परिक्षण ( भिडियो सहित)

दीननाथ बराल, पोखरा १९, साउन, पर्यटकीय नगरी पोखरामा शनिबार पनि पोखरामा संंचालन हुने माईक्रो बसहरुको यात्रीक परिक्षण तथा प्रदुषण जाचपास गरिएको छ । अन्य दिनमा सवारी साधनहरुको जाच गर्ने ठाँउको अभावले गर्दा शनिबार बिदाको दिनमा यातायात व्यवस्था कार्यालय सवारी कार्यालय परिसरमा उक्त परिक्षण गर्न लागिएको कार्यालयका निमित्त प्रमुख गौतम अशोकले पोखराक्लिकलाई बताउनु भयो । भिडियो सामाग्रि । https://www.youtube.com/watch?v=Ke0lth921B8 पोखरा यातायात प्रा.लि. अन्र्तगत पोखरामा संचालन हुने माइक्रो बसहरुले बजारमा बढी धुलो फाल्ने गरेको जनगुनासो आएकोले पहिलो चरणमा माईक्रोबसबाट उक्त परिक्षण गर्न… पुरा पढौ

गुफा पर्यटकीय विकास समितिमा ईन्द्र

पोखरा १९ साउन, महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिको संयोजकमा ईन्द्र प्रसाद सुवेदी चयन भएका छन्। विन्ध्यवासिनी माध्यमिक विद्यालयको संरक्षण, व्यवस्थापन तथा स्वामित्वमा सञ्चालित गुफाको समग्र विकासका लागी विद्यालय व्यवस्थापन समितिले सदस्य सुवेदीलाई जिम्मेवारी दिएको हो । समितिको सदस्यमा भरत वहादुर वस्नेत, प्रेम तिमिल्सिना, ओममाया नेपाली, एक वहादुर नेपाली, विनोद पौडेल, मनकला नेपाली, विजय सापकोटा, पदेन सदस्यमा निवर्तमान संयोजक एवम् विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य गुरूदत्त भट्टराई, गुफा क्षेत्र संरक्षण तथा सामुदायिक विकास संस्था र समितिको सदस्य सचिवमा शिशिर… पुरा पढौ

भदौ १५ मा पोखरामा ‘चमेली’

पोखरा, १९ साउन, हरितालिका तीजको अवसरमा पोखरामा आगामी भदौ १५ मा ‘चमेली’ नाम दिएर महिला केन्द्रीत भव्य कार्यक्रमको तयारी गरिएको छ । महिला सशक्तिकरण र उद्यमशीलतालाई जोड दिएर पोखराको बुलौँदीस्थित पोखरा इभेन्ट सेन्टरमा एक दिनको कार्यक्रम हुने आयोजक एअरलाइन्स फ्लाइट एटेन्डी एकेडेमी इभेन्टस पोखराले जानकारी दिएको छ । ‘तिमी सुन्दर छौ हरेक तरिकाले, आफूलाई माया गर’ भन्ने नारा दिएर महिला र यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय केन्द्रीत बहस, फेसन डिजाइनिङ र सांगीतिक प्रस्तुति हुनेछ । त्यसबाहेक महिलाले उत्पादन गरेका हस्तकला,… पुरा पढौ

पोखराको मदरल्याण्ड र एसओएसका दुई विद्यार्थीले कक्षा १२ को परीक्षामा उत्कृष्ट अंक ल्याएको दाबी

पोखरा १९, साउन, पोखराको मदरल्याण्ड मावि र एसओएस हर्मन माइनरका दुई विद्यार्थीले कक्षा १२ को परीक्षा फलमा उत्कृष्ट अंक ल्याएको दाबी गरेका छन्। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार सार्वजनिक गरेको नजिता अनुसार मदरल्याण्डकी सदीक्षा क्षत्री र एसओएसका कुशल तिवारीले समान ३.९६ जिपिए ल्याउदै नेपालकै उत्कृष्ट अंक (नेपाल टप) गर्न सफल भएको बिद्यालयले दाबी गरेको हो । पर्वतको कुष्मा १० का तिवारीले विज्ञान संकायमा उत्कृष्ट जिपिए ल्याएका हुन् त्यसै गरी विज्ञान संकायकी पोखरा १७ निवासी सदीक्षा क्षत्रीले ३.९६ जिपिए… पुरा पढौ

युवा रेडक्रस सर्कल विन्ध्यवासिनीमा कविता प्रतियोगिता

पोखरा १९, साउन, पोखराको बाटुलेचौर िस्थत विन्ध्यवासिनि माध्यमिक विद्यालयमा खुला कबिता वाचन प्रतियोगिता सम्पन्न भएको छ । युवा रेडक्रस सर्कल विन्ध्यवासिनी मा विको आयोजनामा भएको प्रतियोगितामा नम्रता पुन प्रथम, एञ्जिला भट्टराई द्वितीय, नितिसा भट्टराई तृतीय र प्रतिक गौतम,कृतिका अधिकारी, अनिता थापाले सान्त्वना स्थान प्राप्त गरेका छन् । उत्कृष्ट विद्यार्थीलाई प्रअ एवम् संरक्षक शिक्षक कृष्णप्रसाद आचार्य , स प्रअ राम बहादुर बानियाँले पुरस्कार वितरण गर्नुभयो।कार्यक्रममा बोल्दै प्रधानाध्यापक आचार्यले विद्यार्थीको शैक्षिक तथा व्यक्तित्व विकासमा यस्ता कार्यक्रमले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो। कार्यक्रममा… पुरा पढौ

सामाजिक सुरक्षामा सामुहिक प्रयास आवश्यक

गण्डकी, १८ साउन समाजमा शान्ति सुरक्षाको प्रत्याभूतिका लागि सवै पक्षको सामुहिक प्रयास हुनु पर्नेमा यहाँ आयोजित एक कार्यक्रमका सहभागिले जोड दिइएको छन् । पर्यटकीय राजधानी पोखरास्थित वडा प्रहरी कार्यालय बैदामद्धारा आयोजित छलफल कार्यक्रमका सहभागिले सुरक्षाको विषयमा सामुहिक जिम्मेवारी र दायित्व भएकोमा जोड दिएका हुन । कार्यक्रममा सहभागिहरुले यस क्षेत्रमा दिनप्रतिदिन बढेको चोरी, लागुपदार्थ सेवन तथा बिक्री वितरण लगायत विभिन्न खाले विकृति विसंगती नियन्त्रणमा प्रहरीले गर्ने प्रत्येक अभियानमा स्थानीय स्तरबाट सहयोग गर्ने प्रतिवद्धता जनाए ।वडा प्रहरी कार्यालय बैदाममा हालै जिम्मेवारी लिएर… पुरा पढौ

फलोअपः पोखरामा स्कुल बस दुर्घटनामा परी मृत्यु हुनु भएका आमा र छोराको शव ५ दिन पछि आफन्तले बुझे

दीननाथ बराल,पोखरा १८, साउन, पोखरामा स्कुल बस दुर्घटना परी मृत्यु हुनु भएको आमा र छोराको शव ५ दिन पछि मात्र आफन्तले बुझ्नु भएको छ । पोखरा पार्दीविरौटाको एलपी देवकोटा मेमोरियल स्कुलकी कर्मचारी ३३ बर्षकी आरती बि.क.(आमा) र उहाँका छोरा ६ बर्षका प्रिन्स बि.क.को पोखरा २१ को मट्टिखान नजिक गिङ्कुको भिरबाट बस पल्टदा मृत्यु भएकोमा आज ५ दिन पछि सहमती भए पश्चात उहाँका आफन्तले शव बुझ्न्ु भएको हो । आमा र छोराको पोखराको तुल्सीघाटमा शुक्रबार अन्तिम दाहसंस्कार समेत गरिएको छ ।… पुरा पढौ

पोखरा आउँदै गरेको बुद्ध एयरको विमान पुनः काठमाडौँ फर्कियो

काठमाण्डौं १८, साउन, पोखरा आउँदै गरेको बुद्ध एयरको विमान पुनः काठमाडौँ फर्किएको छ । उक्त विमानमा प्राविधिक समस्या देखिएको भन्दै शुक्रबार ‘नाइन एन एएमडी’ कलसाइन भएको उडान नं. ६५५ को विमान काठमाडौँको त्रिभुवन अन्तराषर््िट्रय विमानस्थलम नै अवतरण गराइएको गराइएको छ । काठमाडौंबाट पार हुने क्रममा उक्त विमानको इन्डिकेटरमा समस्या देखिए पछि विमानका पाइलटले जोखिम सामना नगरी काठमाण्डौंमै सुरक्षित अवतरण गराइएको हो । उक्त विमानमा सवार यात्रुहरूलाई पुनः अर्को विमानबाट पोखरा लैजाने तयारी गरिएको बुद्ध एयरले जनाएको छ । अवतरण गरिसकेपछि… पुरा पढौ

अवैध रुपमा गर्भपन गराउदा महिलाको स्वास्थ्य जोखिममा

पोखरा,१८ साउन, अवैध रुपमा गर्भपन गराउदा महिलाको स्वास्थ्य जोखिममा परेको एक कार्यक्रमका वक्ताहरुले दाबी गरेका छन्। सूचीकृत स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीबाट गर्भपतन सेवा लिनुपर्नेमा जथभावी रुपमा गर्भपन गराउने औषधि सेवन गर्दा महिलाको स्वास्थ्यमा गम्भिर असर सहित कहीले काहिँ मृत्यु समेत हुने गरेको हालै पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले दाबी गर्नु भएको हो । गर्भपन गराउनेको सङ्ख्या गण्डकी प्रदेशमा वृद्धि हुँदै गएको गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय अन्र्तगत स्वास्थ्य निर्देशनालयका अस्पताल नर्सिङ प्रशासक अञ्जु पौडलले बताउनु भयो । उहाँका… पुरा पढौ